"थ्याकंस् गिभिगं डे" धन्यवादको दिन | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

"थ्याकंस् गिभिगं डे" धन्यवादको दिन




   Suyog Dhakal - Nov 23 2017

यस बर्षको हिँउदले तुषारो, कुईरो, शित अनि केही थान प्रीत लिएर आइसकेको छ । यसै साथ सन् २०१७ को समापन हुने क्रम आयो भनें २०१८ लाई स्वागत, सन् २०१७ अब ११ औं महिनाको फेदमा पुगेको छ अनि यसै साथ बिभिन्न अन्तराष्ट्रिय चाडहरु जून मूलत ईसाई धर्मसंग समबन्धीत छन् ती चाडहरु शुरु हुँदै छन् ।



नोभेम्बर २३ मा यस बर्षको धन्यवादको दिन अर्थात थ्याकंस गिभिगं डेमा स्वागत छ ।आउनुहोस् आज यसै दिवससंग समबन्धीत केही जानकारी बटुलौं, हुन्न र ? सर्वप्रथम त यस दिवसलाई केवल इसाई धर्मसंग मात्र नजोडी छुट्याउन चाहें, पश्चिमा सभ्यतासंग नै यस दिवसको उपस्थितीलाई जोड्दै कुरा गर्न उपयूक्त हुन्छ ।



साप्ताहीक पार्टी या गेटटुगेदर बाहेक अत्यन्त थोरै चाडपर्वहरु पाइन्छ पश्चिममा पूर्वको तुलनामा । हामी पूर्वीय दर्शनका अशंहरु हरेक औशीं, पूर्णे या एकादशीलाई महत्वका साथ मनाँउदछौं भनें पश्चिममा यस्तो हुँदैन् ।



उत्पादन र उपयोगीता अनि प्रगतीउन्मुख जिवनशैली र व्यस्त दैनिकी का कारणले पनि पश्चिमी लहराहरु उति रसिला नलाग्न सक्छन् तर जती छन् त्यती चाडहरु अत्यन्त सांस्कृतीक, सामाजिक अनि सहकार्य उन्मुख छन् ।



थ्याकंस गिभिगं डे देशहरु अनुसार फरक फरक दिनमा मनाउने चलन पनि छ, अमेरिकामा भनें नोभेम्बर २३ लाई यस दिवसका रुपमा मनाइन्छ भनें अमेरिका लगायत अन्य धेरै देशहरुमा आजकै दिनलाई थ्याकंस गिभिगं डे मानेर मनाउने चलन छ ।



आज बिभिन्न शपीगं मलहरु लगायत पसलहरुमा छुट अनि अन्य अफरहरु रहने गर्दछ, एकअर्कालाई धन्यवाद दिने बिभिन्न तरिकाहरु हुन्छन र त्यसमा उपहारहरु साटासाट गर्नु एउटा उत्कर्ष मानिन्छ ।



क्यानडामा अक्टोबर महिनाको दोश्रो सोमबार अनि अमेरिकामा अक्टोबर महिनाको चौथो बिहिवार लाई थ्याकंस गिभिगं डे का रुपमा मनाउने चलन छ । अक्टोबरको चौथो बिहिवारको यो चलन भने अमेरिकाका पूर्व राष्ट्रपती लिकंनले थालनी गरेका हुन् ।



त्यसो त यसै दिवसका लागि छुटै दिनहरुमा जर्मन अनि जापान मा पनि सरकारी बिदा नै घोषणा गरिने चलन छ । स्मरण रहोस् जापान पनि पूर्वीय सभ्यता कै एउटा बिशाल धरोहर हो भने जर्मन सस्कृत अनि हिन्दु ग्रन्थ अन्वेषणमा हामीभन्दा पनि धेरै अगाडी छ ।



हरेक धर्म अनि सभ्यतामा हिँउदमा बाली भित्राएपछि बिभिन्न नाममा प्रकृती अनि समाजलाई धन्यवाद दिने चलन छ । हामी पनि त तुलसीको बिवाह या भूमेपाथीको पूजाका नाममा नयाँ धानको चामल अनि चिउरा प्रकृतीलाई अर्पण गरेरै हिँउद पछि नयाँ बाली ग्रहण गर्ने गर्दछौं, हैन त  ?



धन्यवाद दिने आआफ्नै चलन छन्, हाम्रो धन्यवाद अध्यात्म अनि दर्शनमा रहेको छ भने पश्चिमा देशहरुको धन्यवाद भेला, भेटघाट अनि उपहार भोजन लगायतका कुरामा । थ्याकंस गिभिगं डे को शुरुवात औपचारीक रुपमा भने सन् १६०६ बाट भएको पाइन्छ, यो धन्यवाद दिने चलन औपचारीक भएको त आज लगभग ४०० बढि बर्ष भएको रहेछ ।



अनौठो कुरा के छ भने थ्याकंस गिभिगं डे का लागि भनेर बिश्वभरि करोडौं को सख्याँ मा टर्की चराहरु काटिने गरिन्छ । धेरै ठाँउमा थ्याकंस गिभिगं डे लाई टर्की डे पनि भनिन्छ । यि चराहरु अरुभन्दा ठूला अनि अण्डा नपार्ने चरा भएकाले पनि बढि काटिइने पाइन्छ । कराँउदा खेरि या हास्दा खेरि कता कता मान्छेहरु झैं यि चराको आवाज हुने गर्दछ ।



अर्कोतर्फ थ्याकंस गिभिगं डे मा फर्सिको केक अथवा रोटी पनि बिशेष परिकारका रुपमा बनाएर खाने चलन रहन्छ ।



एतिहासिक पक्ष हेर्ने हो भनें अमेरिकाको प्लाईमाउथ भन्ने ठाँउमा अत्यन्त उव्जाउ जमिनमा बालीनाली रोपेपछि बेलायती उपनीवेशकहरु ले स्थानीय रेड ईन्डियनहरु लाई भोजन र भातृत्वका लागि आमन्त्रण गरेको सम्झना स्वरुप यस दिवस रहेको पाइन्छ ।



यो सन् १६२१ को कुरा हो । सन् १६२१ अघि बेलायती उपनीबेशकहरु ले चारपटक गरेको बाली रोपाई यस ठाँउमा उव्जिएको थिएन । आधा भन्दा बढि बेलायती हरुको खाना नपाएर मृत्यू पनि भइसकेको अवस्थामा अमेरिकी भूमिमा बाली उव्जिएको सन् १६२१ नै थ्याकंस गिभिगं डे को अर्को कोशेढुगां साबित भयो ।



उतिबेर अमेरिकामा बेलायती हरुलाई पिलग्रिमेज भनिन्थ्यो, बेलायतीहरु ले स्थानीयहरु लाई बोलाएर कसरी बाली लगाउने भन्ने ज्ञान पनि बटुलेका थिए । स्थानीय वामपोनागं कबिलाका मान्छेहरु लाई बेलायतीहरु लाई अमेरिकी भूमिमा कृषीकार्य गर्ने स्थानीय तवरहरु सिकाएका थिए ।



थ्याकंस गिभिगं डे लाई एकदिन संग मात्र जोडिएपनि पछिसम्म यो ३ दिने भोजभत्तेर र नाचगानको कार्यक्रम रहेको पाइन्छ । यसक्रममा जरायो, समुन्द्री जिवहरु लगायतका कुराहरु खाने चलन थियो ।



सन् १६२१ मा बेलायती एडवार्ड बिन्स्लो नामक बेलायती ले अमेरिकी भूमिबाट लेखेका पत्रमा थ्याकंस गिभिगंमा जरायो, समुन्द्री जिवहरु लगायत टर्की चरा पनि जगंलवाट शिकार गरेर ल्याई खाएको उल्लेख गरेका छन् ।



इतिहासले जे सुकै भनोस् भन्यवाद दिन र लिन दिन चाहिदैन । नेपालीहरु पनि धन्यवाद दिन लिन कम छैनन, हामी पनि धन्य छौं सगरमाथा अनि तराईक फँटहरुका लागि । अर्घाखाँची देखि ओखलढुगां सम्मका उकालीओराली हरु अनि मेची देखि महाकाली सम्मका पानीका फोहोराहरुमा धन्यवाद अनि साधुवादको सञ्चार छ ।



थ्याकंस गिभिगं डे को शुभकामना ।



सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.