विवाहको सरलीकरण | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

विवाहको सरलीकरण




हुन त सुन, चाँदी अनि गरगहनालाई सम्पत्तिका रुपमा पनि लिइन्छ, लगानीका रुपमा तर भविष्यमा यी कुराले लगानीका रुपमा जे जत्ति कार्य गरेपनि वर्तमानमा विवाहका आयोजक पक्षलाई बोझ त हो नै । दाईजो प्रथाबाट माथि उठ्दै आएको नेपाली समाजमा विवाहलाई यसरी व्यवसायिकरणको लेप नलगाइयोस् ।



गत महिना जब समीर र सन्तोषीको विवाह भयो, तब उनीहरुले निधो गर्नुपर्ने धेरै कुराहरु थिए । विवाह कहाँ गर्ने ठाँउ छान्नपर्ने थियो, हुन त न समीर न सन्तोषी दुवै धार्मिक त हैनन् तथापि विवाहमा हुने धार्मिक रित अनि तिनका विभिन्न पाटाहरुका चाँजोपाँजो पनि उनीहरुले नै मिलाउनुपर्ने थियो ।
अझ विशेष कुरा त के थियो भनें, विवाह पछिको भोज अर्थात पार्टी । अहिले नेपाली समाजमा मात्र नभईकन विश्वव्यापी रुपमै विवाह भोज अनि पार्टीले एउटा उपभोक्तासीपको हुरी नै ल्याएको छ ।
फलानाको विवाहमा यस्तो पार्टी, बेहुला बेहुलीको डिजायनर्स लुगा, महँगा ड्रिकंस, पार्टी प्यालेश लगायत थुप्रै अन्य कुराहरु । साथीको विवाहमा गएको पैँचो आफ्नो विवाहमा तिर्ने अनि विवाहलाई पैंचो तिर्ने अनि भोज र भत्तेरसंग मात्र दाँज्ने एउटा रवाफीलो चलन आएको छ, हैन र ?

समीर र सन्तोषीले एक अर्कालाई दुई वर्ष अघि एउटा सार्वजनिक कार्यक्रममा भेटेका हुन् र पछि गएर काम विशेषले विदेश जादाँ सगैं उनीहरुको प्रेम झनै झँगिएको हो । पार्टी सभ्यतामा विवाहपछि धेरैजसो छोरा पक्षलाई आयोजक मानिन्छ, समीर अहिले विवाह पछि पार्टी भन्दा भविष्यको लागि पैसो जोगाउन चाहन्छ ।
हुन त न्यूयोर्क टाइम्सले आफ्नो फेब्रुअरीको संस्मरणमा सन् २०१८ मा लेखेको छ कि विदेशमा पनि अहिले आएर विवाहको पार्टी संस्कार अत्यन्त घट्दै आएको छ भनेर । न्यूयोर्क टाइम्स थप्दछ– पार्टी कल्चर विवाहका लागि एउटा सम्मान भन्दा पनि झन्झट हुन थालेको छ ।
तर हाम्रो विश्वमा भने त्यस्तो छैन, पार्टी कल्चर सभ्यताको चरममा छ । विवाह पछिको भोज अर्थात पार्टीमा जाने अविवाहीतहरु आफ्नो विवाहमा पैंचो तिर्ने सोचमा हुन्छन् अनि अभिभावकहरु आफ्नो सन्तानको विवाहमा पैंचो तिर्ने सोचमा हुन्छन् । अझ फिल्मी दुनिँयाले झन रौस थपेको छ, विवाहलाई एक्सक्लुसीभ्ली देखाएको पर्दाले सबैको मष्तिष्कमा विवाहलाई उपभोत्ताशीपको आधारभूत अपेक्षामात्र बनाएको छ । विवाह भनेको त सामान्य रुपमा दुईजनाको आपसको समझदारीमा तय गरिने सामाजिक बन्धन हो जसलाई केवल उपभोक्ताशीपको लेप लगाएर संस्कार अनि सभ्यता नै भाँड्नु चाँही गलत हो । के ठूलो पार्टी प्यालेसमा भएको अनि ठूला ठूला क्यामेरामा कैद गरिएका रंगिन विवाहहरु मात्र जिवनपर्यन्त भाराकान्तसम्म सुमधुर रहिरहन्छन् त ? विवाहलाई क्रय अनि विक्रयको धरातलबाट माथि उठाएर अब सहज अनि सरल प्रक्रियाका रुपमा बुझाउन र बुझ्न जरुरी छैन र ? यसरी विवाहलाई व्यवसायिक बनाँउदा मान्छेहरुलाई विवाह एउटा जीवनको सहज पाटो भन्दा पनि जोखिमका रुपमा लाग्न थाल्दैन र ?
न्यूयोर्क टाइम्समा समाजशास्त्रकी प्राध्यापक डाक्ट एन्जीला एल थम्पसन लेख्दछिन्– सामान्यतया अमेरीकि विवाहहरुमा न्यूनतम खर्च १२०० देखि १८०० डलर सम्म हुन्छ । यो मुल्य नेपाली रुपैयाँमा करिब १ लाख देखि २ लाख सम्म हुन्छ । विकसित देशको औसत विवाह मुल्यलाई नेपाली विवाहको औसत मुल्यसंग तुलना गर्दा यसको दुईगुणा त जत्तिकै कम गरेपनि सामान्य खर्च लाग्ने देखिन्छ । सिन्दुर पोते बाहेकका हामीले थप्दै गएका सुन, चाँदी, भेटी, जन्ती पर्सने अनि भोज लगायतका खर्चमा हामीले सामान्य भन्दा सामान्य विवाहमा लाखौं खर्च गर्ने गर्दछौं । अब तुलना गरौं अमेरिका र हाम्रो प्रतिव्यक्ति आय, जुन आकाश र पाताल जत्तिकै छ ।
हुन त सुन, चाँदी अनि गरगहनालाई सम्पत्तिका रुपमा पनि लिइन्छ, लगानीका रुपमा तर भविष्यमा यी कुराले लगानीका रुपमा जे जत्ति कार्य गरेपनि वर्तमानमा विवाहका आयोजक पक्षलाई बोझ त हो नै ।
दाईजो प्रथाबाट माथि उठ्दै आएको नेपाली समाजमा विवाहलाई यसरी व्यवसायिकरणको लेप नलगाइयोस् । विवाह सरल होस् अनि सामान्य, समाजको अर्थपूर्ण सहभागिता अनि वरवधुको लागि आशिर्वाद विवाहको कडी हो । सक्नेले शहरलाई नै बोलाएर भोज गर्नु नराम्रो हैन, रहर सबैको हुन्छ । सुन भन्दा पनि सुन जस्तै समबन्ध अनि विश्वासको वरवधुबिच भावना कायम होस् भन्ने आर्शिवाद जरुरी छ । विवाहपछिका दिनहरु पनि विवाह समारोहले सहज बनाउन सक्नुपर्दछ । विवाह आर्थिक भार या बोझ नहोस् । यस कुराहरुमा कर्मकाण्ड निर्धारक देखि समाजका हरेक अवयवहरु सचेत रहन जरुरी छ ।
सामान्य विवाहले असामान्य माया बढोस् न, हैन र ?


हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.