यसवर्ष २०८१ सालको ज्येष्ठशुक्ल एकादशीको व्रत कहिले लिने भन्ने विषयमा विभिन्नव्यक्तिबाट परश्नहरू आएका हुँदा यसविषयमा संक्षिप्त रूपमा केही कुरा प्रस्तुत गर्दछु। | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

यसवर्ष २०८१ सालको ज्येष्ठशुक्ल एकादशीको व्रत कहिले लिने भन्ने विषयमा विभिन्नव्यक्तिबाट परश्नहरू आएका हुँदा यसविषयमा संक्षिप्त रूपमा केही कुरा प्रस्तुत गर्दछु।





यसविषयमाा विचार विमर्श गर्दा
एकादशीको व्रत गर्ने विषयमा विभिन्न मतमतान्तर छन्। हामी पाञ्चायन देवता मान्दछौं ।पाञ्चायनदेवतामा गणेश ,सूर्य , देवी, शिव र विष्णुसमेत पञ्चदेवतालाई पाञ्चायनदेवता वा पञ्चायतनदेवता पनि भनिन्छ। पाञ्चायन देवतामध्ये कतिपयले विष्णुलाई प्रधान मानेर विष्णुपाञ्चायन मान्दछौं ,कतिपयले शिवलाई प्रधान मान्दछौं ,कतिपयले देवीलाई प्रधान मान्दछौं , कतिपयले गणेशलाई प्रधान मान्दछौं भने कतिपयले सूर्यलाई प्रधान मान्दछौं। जसलाई प्रधान माने पनि कुनै देवताप्रति पनि हाम्रो भेदभाव छैन। आफ्ना प्रधानदेवतालाई माझमा राखेर सबैको समानभावले आदर गरेर आराधना गर्दछौं। पञ्चायनदेवतापूजा गर्ने हामी वैष्णवपरम्पराका भक्त हौं। त्यसैले वैष्णवानाम् एकादशीव्रत लिने हाम्रो परम्परा छ। कसैको स्मार्तानाम् एकादशीलिने परम्परा छ। त्यो परम्परा पनि शास्त्रीय परम्परा नै हो। जसजसले जुन परम्परा मान्दै आउनुभएको छ , ती ती व्यक्तिले त्यही त्यही परम्परा अनुसार व्रत लिनुपर्दछ। हाम्रो परम्परा वैष्णव परम्परा हो।

एकादशीका धेरै धेरै भेदहरूछन्। वैष्णवानाम् एकादशीका १८ भेद छन्। त्यस्तै स्मार्तानाम् एकादशीका पनि १८ भेद नै छन्। यसरी छत्तीस मध्ये कुन चाहिँ भेदलाई मानेर एकादशीको व्रत बस्ने भन्ने विषयमा मतमतान्तर भयो र भेद छुट्याउन नसक्ने परिस्थिति भयो भने एकादशीलाई छाडेर द्वादशीमा एकादशीको व्रत लिनुपर्दछ भन्ने शास्त्रीय वचन छ। जुन वचन यसप्रकार छ।--

´´बहुवाक्यविरोधेन ब्राह्मणेषु विवादिषु ।
एकादशीं परित्यज्य द्वादशीं समुपोषयेत्।।``


धर्मसिन्धु सुधा-३० धर्मसि• हेम-३३
द्वादशी अधिक भएमा वैष्णव परम्परा मान्नेले एकादशी छाडेर द्वादशीमा एकादशीको व्रत लिनुपर्दछ भन्ने छ भने स्मार्तपरम्परा माान्नेले एकदशीमा नै व्रत लिनुपर्दछ भन्ने छ। यसवर्षको निर्जला एकादशीमा पनि भेद छुट्याउन नसकिने परिस्थिति छ। त्यसैले वैष्णवानाम् एकादशी मान्ने हाम्रो परम्परा भएको हुँदा यसवर्षको ज्येष्ठशुक्ल एकादशी निर्जला एकादशीको व्रत स्मार्तानाम् एकादशी व्रत लिने परम्परा मान्नेगरेकाले ३ गते व्रत लिनुपर्दछ भने

वैष्णवानाम् एकादशी मान्ने परम्परा भएका हामीहरूले आषाढ ४ गते द्वादशीकादिनमा एकादशीको व्रत लिनुपर्दछ र तुलसीको बिउछर्ने काम पनि आषाढ ४ गते नै गर्नुपर्दछ।
ॐ हरये नमः।।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.