पाठेघर बिक्रिमा सरोगेट आमाको कथा | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

पाठेघर बिक्रिमा सरोगेट आमाको कथा







संसार पर्याप्त विकास भएछ, हरेक वर्ष, हरेक मौसम अनि हरेक आयाममा । अब बच्चा पाउन तपाँईले ९ महिना गर्भ पनि बोक्न पर्दैन, पैसो भएमा भाँडामा अर्काको पाठेघरमा आफ्नो वालवच्चालाई उमार्न सक्नुहुनेछ । उमार्न, शायद त्यती सुहाँउदो शब्द भएन्, तर फेरि अर्थ यस्तै छ, उमार्न । आउनुहोस्, यसै गरि आफ्नो गर्भमा अरुको वालवच्चा हुर्काएकाी सरोगेट आमाको आत्मवृतान्त लिएर हामी आएका छौ, केवल हाम्रो पात्रोमा ।

के तपाँई आफ्नो गर्भमा अर्काको वच्चा हुर्काउनु हुन्छ ? गएको दशकमा सरोगेसी एउटा महत्पूर्ण मुद्धा भएको छ तर यसका वारे छलफल अनि कुराकानी खासै भएको भने छैन । विदेशमा कहिँकतै कानुनतः सरोगेसी उपलब्ध छ भने कतै कानुन चुप छ अनि कतै गैरकानुनी मानिन्छ । नेपालको हकमा लुकिछिपी सरोगेसी हुँदै आएको छ । पाठेघर भाँडामा ९ महिना दिएपछी प्रसब बेदना सहेर अर्काको वच्चालाई आफ्नो गर्भवाट निकालिदिने ब्यवसाय नै सरोगेसी हो । यस्तो कुराले सरोगेसी आमाहरुको यौन तथा प्रजजन अधिकारमा हानी पूर्याउने कुरा एकातर्फ छ भने अर्कोतर्फ प्रबुद्ध ब्यक्तिहरु जस्तै भारतका चलचित्र क्षेत्रका नायक शाहरुख खान लगायत सुप्रसिद्ध संगीतकर्मीहरु निकोले किडम्यान अनि सराह जेसिका पार्करले पनि आफ्नो परिवार पूर्ण गर्न सरोगेसीकै मार्फतवाट वच्चा पाएका हुन् । स्मरण रहोस, सरोगेसीमा पाठेघर मात्र भाँडामा हुन्छ, भ्रुण अनि जैविक रसायनहरु सरोगेसी गर्ने दम्पतीकै हुनेगर्दछ । आफ्नै वशंज तर अरुहरुको पाठेघरवाट प्रसव बेदनाको सहन विनानै उपलब्ध हुने भएकाले अबको समयमा ब्यस्त संसारमा यो प्रविधी धेरै प्रयोग गरिने प्रष्ट छ ।
नेपाल जस्तो गरिब अनि बिकासोन्मुख देशले पनि सरोगेसी उपर कानुन नबनाए बेरोजगार महिलाहरुको फाईदा उठाँउदै मानव तस्करले नेपालमा रा जगर्न सक्ने भय जगजाहेर छ है ।
हामी सरोगेसीको विरुद्धमा छैनो तथापि यसको उचित प्रयोग अनि कानुनतः सदुपयोग हाम्रो चासो हो ।
नेपालमा पनि आजभोली धेरै वटा सुप्रसिद्ध होटलका कोठाहरु एकैफेर महिनौकलागी बुक हुने क्रम वढ्दो छ, गुपचुप सरोगेसीको कारणले विदेशीहरुले फर्कदा वच्चा लिएर जाने अनि भारत हुँदै तेश्रो मुलुक जाने विदेशी दम्पतीको सख्याँ वढिरहेको छ । जिल्ला वाल कल्याण समितीमा लागेको विदेशीहरुको फेरिहिस्त सहित फाईलको लिस्ट पनि यसको प्रमाण हो ।
केही अमेरिकन वेवसाईटहरुमा हेरे हामीले दुईजना सरोगेट आमाहरुको वयानको संक्षेप प्रतुत गर्न जाँदैछौ है त ।
रोबिन कोउफर ५० , सिएटल वासिंगटन
७ वर्षे छोरा र ९ वर्षे छोरीकी सरोगेट आमा
सबै ठिक थियो र भयो । रोजगारी आफ्नो ठाँउमा थियो तर सबैभन्दा दुख्खदायी पाटो चाँही त्यतीबेला लाग्यो जब उनिहरुले मैले जन्माएको वच्चा लिएर गए ।

नतासा स्कीनर , ३७
मेरिल्याण्ड, अनापोलिस, अमेरिका
१४ वर्षके छोरा अनि क्रमश ११, ८, ५ र २ वर्षकी सरोगेट वच्चाहरुकी आमा
केही कुरा लिनु र केही कुरा दिनु दुबै महत्पूर्ण हुन्छ । तिनीह्रुले वच्चाको अनुहारमा हेर्दा भएको खुशी देखेर म खुशी हुन्छु, सन्तान सुद दिनु पुण्यको काम हो ।


हरेक कुराको राम्रो र नराम्रो पाटो हुन्छ, सरोगेसी आँफैमा नराम्रो हैन् । सरोगेसीले पाठेघर नभएका र पाठेघरका समस्या भएका दम्पतीहरुलाई सन्तान सुख दिन्छ । अर्कोतर्फ सरोगेसीहरुलाई रोजगार पनि दिन्छ तर ब्यवस्थित रुपमा गरेमा मात्र ।
विकासोन्मुख देश चाँही मानव उत्पादनको कारखाना नबनोस्, सरकार अनि समाजले यसतर्फ प्रभावकारी निती अनि कार्यविधी कार्यान्वयन गरिदिओस् ।

हाम्रो पात्रोकालागी विभिन्न वेबसाईटको अध्यनका आधारमा
सुयोग ढकाल







Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.