टाइफाइड रोगबाट बचाउन खोप अभियान | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

टाइफाइड रोगबाट बचाउन खोप अभियान





टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान देशैभर सञ्चालन हुँदैछ। बालबालिकालाई नजिकैको खोप केन्द्रमा लगी टाइफाइड खोप अनिवार्य लगाऔँ। खोप लगाउने निश्चित मिति र स्थानको बारेमा जानकारी लिन स्वास्थ्य संस्था, विद्यालय वा वडा कार्यालयमा सम्पर्क गरौँ।



यो खोप कसले लगाउनु हुँदैन?
यो खोप विगतमा कुनै खोप लिँदा गम्भीर प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा दिनु हुँदैन। साथै हाल उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा दिनु हुँदैन, तर बिरामी ठिक भईसकेपछि यो खोप लिन सकिन्छ। साधाराण बिरामी भएको अवस्था जस्तैः हल्का ज्वरो आएको, रुघा खोकी लागेको, कुपोषण भएको अवस्थामा यो खोप लगाउन मिल्छ।

खोप निःशुल्क पाईन्छ। खोप सुरक्षित छ। खोपले जीवन रक्षा गर्छ।

#VaccinesWork #Typhoid



यसमा तपाईँको के प्रतिक्रिया छ?


39 Likes

3 Dislikes

  Save
प्रतिक्रियाहरु18 Liked by
Liked by
0 /600 characters
Krishna B Shrestha ३ बर्ष अघि
स*!,
 REPLY  LIKE   DISLIKE
Mamata Bhandari ३ बर्ष अघि
ok, thank you so much, hami sahabhagi hunechaun👍🙏
1 REPLY  LIKE1  DISLIKE
Manisa Thami ३ बर्ष अघि
wow
 REPLY  LIKE   DISLIKE
Bishnu Bhujel ३ बर्ष अघि
good
 REPLY  LIKE   DISLIKE
नेचर हेल्थ इन्टरप्राईजेज ३ बर्ष अघि
जबर्जस्त उर्दी किन🤔? १५ बर्ष मुनिका बालबालिकाहरुलाई अहिलेसम्म कोरोनाको भ्याक्सिन लगाएको थिएन। त्यसैले कोरोनाको भ्याक्सिनलाई "टाइफाइड" को भ्याक्सिन भनेर ट्याग गरि जबर्जस्त लगाउन उर्दि गरेको छ। किनभने सिधै कोरोनाको भ्याक्सिन भन्यो भने अधिकांश अभिभावकले भ्याक्सिन लगाउदैनन किनकि, पछिल्लो समयमा कोरोना महामारी फेक थियो भन्ने आम मानिसहरूको बुझाइ छ। यदि कोरोना महामारी थियो भने कोरोनाको भ्याक्सिन नलगाएका १५ बर्ष मुनिका अधिकांश बालबालिकाहरुको मृत्यु भैसकेको हुनेथियो। दु:खद र दुर्भाग्यपूर्ण कुरा त मेडिकल माफियाहरुले अब जबर्जस्त बालबालिकाहरुलाई पनि भ्याक्सिन घोच्ने भए😪😪😪 सबैमा चेतना होस्।
 REPLY  LIKES2  DISLIKES
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.