बेदमा महिलाहरुको स्थान | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

बेदमा महिलाहरुको स्थान




   Suyog Dhakal - Jan 10 2018

मनुस्मृती र पुराणहरु थोरै ज्ञान भएका पुरुषहरुको ज्ञान सिमीतताको उपज हो । यिनमा धेरै अपव्याख्या, भेदभाव र त्रुटिहरु छन् । उपनीषध र गीताहरु चाँही सत्य सनातन ग्रन्थहरु हुन्। स्वामी बिवेकानन्द



पछिल्लो समयमा बिश्वभरिनै बैदिक कर्ममा महिलाहरुलाई बर्जित गरिएको अनि सनातन सस्कारमा महिलाहरुलाई समानता नभएको तर्कहरु चलिरहेको छ । यसै तर्क अनि अल्पज्ञानलाई आधार बनाएर धर्म परिवर्तन,आलोचना अनि निकृष्ट बचनहरु हिन्दु सनातन परम्परा माथि लगाइरहेको अवस्था छ ।
आउनुहोस आज थोरै शास्त्रार्थ गरौं कि के साच्चीकै सनातन सस्कारमा महिलाहरुलाई बेद पाठमा बर्जित गरिएकै हो त ? शास्त्रले के भनेको छ त ?  
बेद पाठ गर्दा महिलाहरुको सन्तान उत्पादन क्षमतामा कमी आउने अनि भार पर्ने लगायतका फगत धारणाहरु ल्याइएको पाइन्छ जबकी यि कुराहरुमा कुनै सत्यता छैन् । बेदमा रहेको ताण्डेय ब्रह्मणा मन्त्र त झन महिलाहरुले मात्रै पाठ गर्नुपर्ने मन्त्र हो, बेदमा त्यस्तो कुनै प्रकारको लैगिंक भेदभाव छैन भनी द हिन्दु टाइम्सले समेत पटक पटक प्रकाशीत गरेको छ ।
हरिद्धारको आचार्यकुलमका उपप्रधान आचार्य कृष्ण भट्ट स्वयमले बिवाह पश्चात आफ्नी धर्मपत्नीलाई बेद सिकाएको बताएका छन् । द हिन्दु टाइम्सलाई बताँउदै आफ्नी श्रीमतीले बिवाहपछि नै सस्कृत अनि बेद ज्ञानमा मास्टर्स अनि एमफील गरेकी स्पष्ट पारेका छन् । उन्का अनुसार हरिद्धारको आचार्यकुलममा जुनै जात, धर्म या कुलका बालबालिका या बिधार्थीलाई पनि निसन्देह अनि समानरुपले बेद अनि सस्कृत सिकाइने गरेको छ ।
उनका अनुसार बेद ज्ञानमा त झन बैज्ञानीक रुपमा ग्रह, दीशा, गुरुत्वाकर्षण अनि ब्रह्माण्डका बारेमा सिकाइन्छ । उता अर्थव बेदमा त झन नैरोग्यताका लागि बिभिन्न जडीबुटी अनि पद्धतीका प्रयोग पनि सिकाइन्छ । बिभिन्न अध्ययनहरुले पनि बैद्धिककालमै पनि महिलाहरुले समानरुपमा बेद अध्ययन गर्ने गरेको पाइएको छ । त्यसपछि ईशपूर्व २००० बर्षमा आएको मनुस्मृती सुत्रका कारणले बेद अध्ययनमा केही सिमा कोरिएको या कोरिन गएको अनि गलत धारणाको बिकास हुन गएको भनि बिभिन्न अध्ययनकर्ताहरुले लेखेका छन् । मनुस्मृती र पुराणकै बिषयमा स्वामी बिवेकानन्दको धारणा जस्ताको तस्तै प्रस्तुत गर्न चाह्यौं । 

मनुस्मृती र पुराणहरु थोरै ज्ञान भएका पुरुषहरुको ज्ञान सिमीतताको उपज हो । यिनमा धेरै अपव्याख्या, भेदभाव र त्रुटिहरु छन् । उपनीषध र गीताहरु चाँही सत्य सनातन ग्रन्थहरु हुन्।

शुक्ल यर्जुबेदा को २६ को २ मा स्पष्टसंग लेखिएको छ कि पुरुष महिला दुबैका लागि बेद समान छ भनेर।

यथेमां वाचं कल्याणीमावदानि जनेभ्यः।
ब्रह्मराजन्याभ्यां शूद्राय चार्याय च स्वाय चारणाय॥


अर्थात जसरी मैले यि आशिषका शव्दहरु कुनै भेदभाव बिना भनें त्यसैगरि श्रोता या अध्यनकर्ताले पनि यी ज्ञानका बचनलाई हरेक पुरुष या महिलासमक्ष बाँढ्नु । ति व्यक्तिहरु ब्राह्मण, क्षेत्रिय, बैष्य, शुद्र, बिदेशी या अन्य ग्रहवाट आएका प्राणी किन नहुन् । 


यर्जुवेदको १३ को २६ ले पनि त्यस्तै कुरा उजागर गरेको छ ।
महिलालाई सम्बोधन गर्दै महिलाहरु लाई कुनै पनि चुनौती या अफ्ठेराहरुले पराजय गर्न नसक्ने र महिलाहरुसंगको शक्तिले जस्तासुकै भयावह शक्तिलाई पनि पराजित गर्न सक्ने उल्लेख गरिएको छ । हजारौं मानव बरावरको सार्मथ्य एकै महिलाहरुमा हुने कारणले आफूसंग भएको शक्तिलाई जागृत र पहिचान गर्दे अगाडी बढ्न आग्रह गर्दछ । बिश्वले महिलावाट अदम्य साहसको अपेक्षा गरेको छ भन्ने अर्थ यस श्लोकले लगाँउदछ ।

उता अर्थव वेदकै ११ को ५ को ८ मा रहेको ब्रह्मचर्य शुक्तमा महिलाहरुले पनि आफूलाई पुरुष सरह बिधार्थीका रुपमा बिधा आर्जनका लागि तयार हुन आव्हान गरिएको छ । यस शुक्तले महिला र पुरुषलाई समान अवसरका लागि पैरवी गरेको स्पष्ट पाइन्छ ।
अर्थव वेदकै ७ को ४७ को १ मा महिलाहरुलाई सकल ज्ञान को भण्डार अनि सम्पूर्ण कर्महरुको ज्ञानको श्रोतका रुपमा व्याख्या गरिएको छ ।

यत्तिका आदर अनि सम्मानका साथ वेदमा महिलाहरुलाई बैवीको स्थान दिइएको छ । एकएक गर्दै अध्ययन गर्ने हो भने समानता अनि सदभावको लहर अनि श्रोतका रुपमा वेदलाई लिन सकिन्छ ।महिलाहरुले वेद पाठ गर्न नपाउने कपोलकल्पित कुराहरु केवल भ्रम फैलाइएका मात्र हुन् ।
महिला अनि पुरुष दुबैलाई बैदिक ज्ञानको सागरमा स्वागत छ ।

सुयोग ढकाल
हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.