Video Challenge We Will Rise Butwal | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

भिडियो च्यालेन्ज अभियान बारे भैरहवामा अन्तरक्रिया




कुनै पनि भिडियो नदोहोरियोस् र कसले कुन ठाउँ वा विषय उठान गर्दैछ भन्ने जानकारीका निम्ति फाउन्डेसनको वेवसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी (www.wwrf.org.np) मार्फत अनलाइन फम भर्नुपर्ने छ ।



काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसारमा सहयोग गर्ने उद्धेश्यका साथ देशका नयाँ गन्तव्यको प्रवर्द्धन गर्न भिडियो च्यालेन्ज अभियानको प्रचार प्रसार तिब्रगतिमा भइरहेको छ ।

वी विल राइज फाउन्डेसन (हामी उठ्ने छौं) ले घोषणा गरेको ‘मेरो गाउँ, मेरो ठाउँ’ नामक भिडियो च्यालेन्जबारे पहिलो र दोस्रो चरण गरेर देशका सातै प्रदेशमा अभियानको बारेमा जानकारी गराएपछि पछिल्लो पटक भैरहवामा सरोकारवाला समुहहरुसँग अन्तरक्रिया सम्पन्न भएको छ ।

भैरहवामा आइतबार सम्पन्न अन्तरक्रियामा सिद्धार्थनगर उद्योग बाणिज्य संघका पदाधिकारी, नेपाल एसोसियसन अफ ट्राभल एण्ड टुर्स एजेन्ट्स (नाटा) प्रदेश नम्बर ५ का पदाधिकारीहरु, सिद्धार्थ यातायातका पदाधिकारीहरु, सामाजिक अभियन्ता र पत्रकारहरुले अन्तरक्रियामा भाग लिदै भिडियो च्यालेन्ज अभियानलाई सबै खाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले भिडियो अभियान सुरु गरेकोमा आयोजकलाई धन्यवाद दिदै लुकेका पर्यटकीय स्थललाई बाहिर ल्याउने यो अभियानको उद्धेश्य राम्रो रहेको बताए । यसले भैरहवासहित देशका विभिन्न क्षेत्रका पर्यटकीय स्थानहरुलाई प्रचारमा ल्याउने विश्वास गर्दै सिद्धार्थनगर उद्योग वाणिज्य संघले यस अभियानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै नाटा प्रदेश ५ का अध्यक्ष विष्णु शर्माले यस अभियानलाई ह्रदयदेखि नै सहयोग गर्ने बताउँदै यस्तो कार्यक्रम सरकारले ल्याउने पर्नेमा वि विल राइजले ल्याएर राम्रो काम गरेको बताए ।

कार्यक्रममा नाटा प्रदेश ५ का उपाध्यक्ष संजय बजिमयले देशको पर्यटन क्षेत्रको विकासका लागि सरकारले डिजिटल भुक्तानीको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताए । बजिमयले यो अभियानलाई आफुहरुले सबै खाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै लुकेका ठाउँहरुलाई बाहिर ल्याउन यस अभियान कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ पत्रकार एवं सामाजिक अभियन्ता चेतन पन्तले यो अभियान आफ्नो क्षेत्रको पर्यटकीय ठाउँलाई बाहिर ल्याउने अवसर भएको बताउदै मिडियाकर्मी, उद्योगी, व्यवसायी सबैले यस अभियानलाई सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । पन्तले कार्यक्रमको संचालन समेत गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा अभियानका निर्देशक निर्मल श्रेष्ठ भिडियो च्यालेन्ज बारे जानकारी गराउँदै अहिलेसम्मको यस भिडियो च्यालेन्ज अभियानको गतिविधि बारे जानकारी गराएका थिए ।

निर्देशक श्रेष्ठले यस अभियानसँग सम्बन्धित जानकारी लिन या कुनै किसिमका अन्तरक्रिया गर्न इच्छुक भएमा फाउन्डेसनमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् । निर्देशक श्रेष्ठले आगामी दिनमा अन्य विभिन्न संघ संस्थाहरुमा पनि यस्ता अन्तरक्रिया गर्ने तयारी गरिरहेको बताए ।

भिडियो संकलनका निम्ति फाउन्डेसनले ‘जब चिनिने छ तपाईको गाँउठाँउ तब खुल्ने छ तपाईको आफ्नै पहिचान, मौका यही हो आफ्नो गाँउठाँउ संसारभर चिनाउने, मेरो गाउँ मेरो ठाउँ’ भन्ने नारालाई समाजका प्रतिष्ठित व्यक्तिबाट प्रचार गरिरहेको छ ।

यस अभियानको प्रचार प्रसारको लागि अहिलेसम्म देशका सातै प्रदेशका विभिन्न शहरहरुमा पत्रकार भेटघाट तथा अन्तरक्रिया सम्पन्न गरिएको छ भने फिल्म सम्बन्धि अध्ययन हुने काठमाडौँ र काठमाडौँ बाहिरका विभिन्न एकेडेमीहरुमा समेत अन्तरक्रिया सम्पन्न भएको छ ।

यस्तो छ भिडियो च्यालेन्ज अभियान :

देशैभरबाट छानिएका मध्येबाट १० वटा भिडियो प्रतिस्पर्धामा आउने छन् । प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट भिडियोले एक लाख रुपैयाँ नगदसहितको पुरस्कार पनि पाउने छ ।

दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँको पुरस्कारको पाउँछन् । पब्लिक च्वाइस अवार्डमा पनि उत्कृष्ट एउटा भिडियोले छनोट हुने र यसले पनि एक लाख रुपैयाँकै पुरस्कार पाउने छ । साथै, उत्कृष्ट सम्पादन र लेखनले भिडियो पनि छनोट र यसलाई भने २५/२५ हजार रुपैयाँको पुरस्कार दिइने फाउन्डेसनले जानकारी दिएको छ । उत्कृष्ट भिडियोलाई नेपाल फिल्म एकेडेमीबाट दुई लाख रुपैयाँको एकेडेमिक कोर्सको ज्ञान पनि पाउने भएका छन् ।

कुनै पनि भिडियो नदोहोरियोस् र कसले कुन ठाउँ वा विषय उठान गर्दैछ भन्ने जानकारीका निम्ति फाउन्डेसनको वेवसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी (www.wwrf.org.np) मार्फत अनलाइन फम भर्नुपर्ने छ । यसपछि आफूले तयार पारेको भिडियो भने गुगल ड्राइभमार्फत संकलन गर्न सकिने छ। यसको प्रवर्द्धनको निम्ति नेपाल पर्यटन बोर्डले सहयोगी भूमिका निर्वाह गरेको छ । साथै खरीबोट डट कम पनि यस अभियानको मिडिया सहयोगी रहेको छ l



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.