गन्तव्यको प्रवर्द्धन गर्न भिडियो च्यालेन्ज | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

गन्तव्यको प्रवर्द्धन गर्न भिडियो च्यालेन्ज




देशैभरबाट छानिएका मध्येबाट १० वटा भिडियो प्रतिस्पर्धामा आउने छन्। प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट भिडियोले एक लाख रुपैयाँ नगदसहितको पुरस्कार पनि पाउने छ। दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँको पुरस्कारको पाउँछन्।



नेपाल भ्रमण वर्ष २०२० लाई दृष्टिगत गरेर देशैभरबाट नयाँ गन्तव्यको प्रवर्द्धन गर्न भिडियो च्यालेन्ज हुने भएको छ। वी विल राइज फाउन्डेसन (हामी उठ्ने छौं) ले ‘मेरो गाउँ, मेरो ठाउँ’ नामक भिडियो च्यालेन्ज गर्दैछ। देशैभरबाट प्रचारमा नआएका, नयाँ र ओझेलमा परेका क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले भिडियो च्यालेन्ज गर्न लागेको फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले बताए।

‘पर्यटकीय क्षेत्रको सम्भावना भएर पनि अगाडि आउन नसकेका विषय, कुनै जात, जातीको पहिचान, संस्कृति वा स्थान विशेषका गतिविधिको प्रवर्द्धन गर्न फाउन्डेसनले देशैभरबाट पाँच मिनेटसम्मको भिडियो संकलन गर्नेछ’, श्रेष्ठले भने। यसलाई फाउन्डेसनले पर्यटन वर्षका निम्ति राष्ट्रिय अभियानकै रूपमा प्रवर्द्धनका निम्ति अगाडि सारेको छ। व्यावसायिक रूपमै लाग्ने व्यक्तिदेखि मोबाइलबाट भिडियो बनाउन सामान्य व्यक्तिसम्मले प्रतियोगितामा भाग लिन पाउने छन्। स्तरीय विषय भएको जुनसुकै भिडियो पनि उत्कृष्टमा छानिन सक्ने यो प्रतियोगिताको निम्ति फाउन्डेसनले सबै स्थानीय तहबाटै जुनसुकै क्षेत्र र विषयमा पनि भिडियो बनाउन आह्वान गरेको छ।

चर्चित पर्यटकीय स्थलमा रहेका तर ओझेलमा परेका विषयदेखि कला÷संस्कृति, गन्तव्य तथा क्षेत्रको बारेमा बनाइएको विभिन्न भिडियोको यही जनावरीदेखि अप्रिलभित्र संकलन गर्ने काम फाउन्डेसनले गरिरहेको छ। उनले भने, ‘यस्तो भिडियोमा चर्चित पर्यटकीय क्षेत्रका पनि अहिलेसम्म बाहिर नआएका पक्षलाई भिडियोमार्फत बाहिर ल्याउन सकिनेछ। यसरी बनाइएका भिडियो आफ्नै गाउँ ठाउँको सम्पत्ति हुने भएकाले आवश्यक प्रवर्द्धनात्मक गतिविधिमा प्रयोग गर्न सकिन्छ।’

देशैभरबाट छानिएका मध्येबाट १० वटा भिडियो प्रतिस्पर्धामा आउने छन्। प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट भिडियोले एक लाख रुपैयाँ नगदसहितको पुरस्कार पनि पाउने छ। दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँको पुरस्कारको पाउँछन्। पब्लिक च्वाइस अवार्डमा पनि उत्कृष्ट एउटा भिडियोले छनोट हुने र यसले पनि एक लाख रुपैयाँकै पुरस्कार पाउने छ। साथै, उत्कृष्ट सम्पादन र लेखनले भिडियो पनि छनोट र यसलाई भने २५/२५ हजार रुपैयाँको पुरस्कार दिइने फाउन्डेसनले जानकारी दिएको छ। उत्कृष्ट भिडियोलाई नेपाल फिल्म एकेडेमीबाट दुई लाख रुपैयाँको एकेडेमिक कोर्सको ज्ञान पनि पाउने भएका छन्।

‘देशैभरबाट संकलन भएको भिडियोलाई छनोटसहित काठमाडौंमा बृहत प्रकृतिको कर्याक्रम पनि गर्दैछौं’, फाउन्डेसनका सञ्चालन निर्देशक अनुप बरालले भने। यस्तो अभियानले कुनै पनि क्षेत्रको प्रवर्द्धनका निम्ति भिडियो बन्नेछ। जसले विजेता नभए पनि गाउँठाउँको पहिचान भने गराउने छ। भिडियो संकलनका निम्ति फाउन्डेसनले ‘जब चिनिने छ तपाईको गाउँठाउँ तब खुल्ने छ तपाईको आफ्नै पहिचान, मौका यही हो आफ्नो गाउँठाउँ संसारभर चिनाउने, मेरो गाउँ मेरो ठाउँ’ भन्ने नारालाई समाजका प्रतिष्ठित व्यक्तिबाट प्रचार गरिरहेको छ।

कुनै पनि भिडियो नदोहोरियोस् र कसले कुन ठाउँ वा विषय उठान गर्दैछ भन्ने जानकारीका निम्ति फाउन्डेसनको वेवसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपीमार्फत अनलाइन फम भर्नुपर्ने छ। यसपछि आफूले तयार पारेको भिडियो भने गुगल ड्राइभमार्फत संकलन गर्न सकिने छ। यसको प्रवर्द्धनको निम्ति नेपाल पर्यटन बोर्डले सहयोगी भूमिका निर्वाह गरेको छ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.