ऐसेलु सँग नेपाली पहाड र नेपाली मनमा एउटा गहिरो नाता छ , यसपाला पनि ऐसेलु फलेर भ्याइन आँट्यो । बनैलाई पहेँलपुर बनाएर फल्ने यस फल काँढा भित्र लुकेको एउटा बुट्यान अझ भनौ झाडीभित्र पाइन्छ ।
अग्रेंजीमा गोल्डेन हिमालयन र्यास्पबेरि भनिने ऐसेलुको नेपालमा सामाजिक, सास्कृतिक अनि जिवनशैलीगत पहिचान धेरै छ । हामीमध्य धेरैको बाल्यकाल ऐसेलुको याद वरिपरि घुमेको हुनसक्दछ, एसेलु टीप्न जाँदा काँढाले बनाएका खतहरु हामीमध्य धेरैका हातमा हुनसक्दछन् ।
यो पनि हेर्नुहोस् : जेब्रा क्रसिङको इतिहास
लुकामारी खेल्दा यिनै बुट्यान वरपर लुकेका यादहरु ताजा राख्दै बिदेशिएका धेरै नेपाली मनहरुलाई ऐसेलुले घर अनि देशको मिठो याद दिनसक्दछ, हैन र ? ऐसेलु खासमा गुलाफ प्रजातीको एकथरिको वनस्पती हो । ५ देखि ५ मिटर लामो डाँठ हुने यस बुट्यानको उचाई भने १२ फिट सम्म हुनसक्दछ ।
सामान्यतया माघ देखि साउन सम्म ऐसेलु खान पाइन्छ । धेरै चराहरु अनि हात्तिहरुका प्रिय पात अनि फल पनि ऐसेलु हो । यसअर्थमा मान्छे लगायत अन्य प्राणीहरु पनि ऐसेलुले धानेको हुनेगर्दछ । तिब्बती परम्परागत उपचार पद्धतीमा ऐसेलुका रस, पात अनि डाँठलाई बिभिन्न रोग अनि दुखाई क मगर्न प्रयोग गरिने गरिएको इतिहास छ । निलो र बैजनी रंग बनाउनकालागी पनि ऐसेलुको पात प्रयोग हुने गरिएको पाइन्छ । सिक्कीम लगायतका ठाँउहरुमा ऐसेलुलाई पेट दुखाई कम गर्न र पाचन प्रणाली मजबुत बनाउन समेत औषधीकारुपमा प्रयोग गरिन्छ ।
नेपालमा भने व्यवसाहीक ऐसेलु खेती नभएकाले ऐसेलुको उपयोग सँस्थागत गर्न सकिएको छैन । ऐसेलुको वाईन पनि निकै मुल्यवान र दुर्लभ मानिन्छ, सहज प्रशोधन तरिका र व्यवसाहीक खेती गरिएमा ऐसेलु त जीवनयापनको आधार पनि बन्न सक्छ है ।
सम्पूर्ण रुपमा शेप र छाँया पर्ने ठाँउदेखि अत्यन्त सुख्खा र घमाइलो ठाँउमा समेत ऐसेलुका बुट्यान सहजै हुर्कन सक्ने भएकाले यि बुट्यानलाई शक्तिशाली वनस्पतीकारुपमा समेत लिइन्छ । जगंलमा डढेलो लागेपनी आफ्नो जराको गहिराईका कारणले ऐसेलु फेरि केही वर्षमा आँफै उम्रीन्छ ।
ऐसेलुका वोटलाई कलमी गरेर समेत हुर्काउन सकिन्छ ।
हामीमध्य केहीले विदेश गएर ऐसेलु संझना गर्दैछौ त कसैले शहर पसेपछि ऐसेलु बिर्सेका छौ पनि होला । नेपालीपनाको पर्याय मोबाइल एप्स हाम्रो पात्रो को ऐसेलु सम्झाउने प्रयासका क्रममा यो ऐसेलु उपहार ।
एउटा सानो ऐसेलु कविता यहाँ प्रस्तुत गर्न चाहयौ
भवँराहरुले घेरेको, सुन झैँ फुलेको
बटुवाका तिर्सना, दुख्ख ब्यथा भुलेको
हरियो बनमा पहेँलो ऐसेलु पाकेको
काँढा पन्छाई खानलाई एक निमेष राखेको
जाँदा जाँदै सोध्न चाह्यौ , के यसपाला तपाईले ऐसेलु खानुभयो त ?
सुयोग ढकाल
Liked by: