काठमाडौ उपत्यकामा सन् २०१७ मे महिनाको १ तारिखवाट जेब्रा क्रसिङ बाहेक वाट बाटो काट्नेहरुलाई रु २०० जरिवाना लगाउने निर्णय लागु गरिएको छ ।
कालो र सेतो टाटेपाटे बाटोहरु संसारभरिका देशका गाडी चल्ने बाटाहरुमा पदयात्रीकालागि बाटो काट्न बनाइएको छ । नेपालमा अहिले आएर जेब्रा क्रसिङ तातो विषय भएको छ, जथाभावी र जेब्रा क्रसिङ वाहिरवाट बाटो काटेमा हुने जरिवाना र कारवाहीका कारणले ।
आउनुहोस् केही बेर कुरा गरौ, जेब्रा क्रसिङका इतिहास ।
सन् १९४८ ताका शक्तिकेन्द्र बेलायत विश्वयुद्ध पछिको विकासको तीब्रतामा रहेको थियो । अर्थतन्त्र उकालो लाग्दैगर्दा गाडीहरु धेरै अनि बाटोमा जाम हुने र पदयात्रीहरुले गर्दा गाडी चलाउन जोखिम र पदयात्रीहरुलाई नै पनि दुर्घटनाको खतरा बढेको थियो ।
यो पनि हेर्नुहोस् : जेष्ठ १९, त्रास र रहस्य
त्यसै ताका बेलायतका पूर्व प्रधानमन्त्री जेम्स क्यालमान बेलायती संसदका सदस्यका हकमा शहरलाई व्यवस्थित राख्न आफ्नो नयाँ उपाय जेब्रा क्रसिङ लागु गराएका हुन् । परैवाट आँखा पर्ने एउटा चम्किलो र अर्को धमिलो रंगको पाटे वाटाहरु पदयात्रीकालागी सुरक्षा र सहजताकालागि आज एउटा अनुपम उदहारण बनेको छ ।
तत्कालीन बेलायतमा पनि जेब्रा क्रसिङको शुरुवात सँगै धेरै हदसम्म शहरको यातायात व्यवस्थित हुन सकेको थियो ।
सामान्यतया हरेक पाटाहरु करिब ४० देखि ६० सेन्टिमिटर सम्मको हुनेगर्दछ । रोड मार्किङ मेसिनले यस्ता पाटाहरु बाटोमा कोर्ने गर्दछन् ।
अहिले आएर देश अनुसार जेब्रा क्रसिङका बुट्टाहरु फरक फरक हुन्छन्, कतिपय देश र महादेशमा पाटाहरु हुन्छन् भने कतिपय देशहरुमा अन्य प्रकारका धर्साहरु हुन्छन ।
बेलायतमै कतिपय ठाँउमा र हङ्गकङ्गमा भने टाईगर क्रसिङ का रुपमा पहेँलो र कालो पाटाहरु देख्न सकिन्छ । मलेसिया, थाईल्यान्ड, ईन्डोनेसिया, म्यानमार लगायतका देशमा भने कालो र सेतो पाटाहरुनै देखिन्छ । भारतमा पनि राज्यहरु अनुसार फरक फरक क्रसिङ देख्न सकिन्छ । नेपालमा पनि कतिपय ठाँउमा स्पीड ब्रेकर भएकोमा पहेँलो र काला पाटाहरु पनि देखिन्छ ।
जेब्रा क्रसिङको एउटा रोचक कुराचाँही के छ भने सन् २०१३ मा फिनल्यान्डको हेलसिन्कीमा रसियन राजदुतावास अगाडि जेब्रा क्रसिङ बाटोमा पोतेर अनौठो र शान्त आन्दोलन गरिएको थियो । रसियाको सरकारले तेश्रो लिङ्गीहरुलाई अधिकार र मान्यता नदिएको भनेर उक्त विरोध गरिएको थियो ।
जेब्रा क्रसिङका पाटाहरु त्यसो त आजभोलि एयरपोर्ट र एयर फिल्डमा पनि देख्न सकिन्छ, रनवेमा यिनीहरुको चिह्न बास्तवमै उडान र अवतरणकालागि सहयोगी मानिन्छ ।
काठमाडौ उपत्यकामा सन् २०१७ मे महिनाको १ तारिखवाट जेब्रा क्रसिङ बाहेक वाट बाटो काट्नेहरुलाई रु २०० जरिवाना लगाउने निर्णय लागु गरिएको छ । उपत्यका ट्राफिक कार्यालयका अनुसार उपत्यकाभरि १०७ ठाँउमा जेब्रा क्रसिङहरु रहेका छन् जसमध्य ५० प्रतिशत मेटिईसकेका अवस्थामा छन् ।
जेब्रा क्रसिङ नभएको ठाँउमा बाटो कसरी काट्ने ? जस्तै कि चाबाहिलबाट एयरपोर्टसम्म बीचमा कुनै जेब्रा क्रसिङ छैनन्, के पदयात्री चाबहिलबाट एयरपोर्ट जेब्रा पाटाहरुको खोजीमा आउन व्यवहारिक छ त ? महानगरका मुख्य व्यस्त ३ ठाँउहरु चाबहिल, कलंकी र कोटेश्वरमै पर्याप्त जेब्राक्रसिङ नहुनु दुर्भाग्य हो । यसतर्फ सबैको ध्यान जाओस ।
जेब्रा पाटाहरु भन्दा पनि आकाशे पुलहरु यातायात व्यवस्थापनकालागि उपयुक्त मानिन्छन्, यसतर्फ सबैको ध्यान जाओस् । एउटा अर्को विडम्बना के छ भने प्रहरीहरु पदयात्रीहरुलाई पहिलेनै अन्यत्रबाट बाटो काट्न रोक्न भन्दा पनि उनीहरुले बाटो काटिसकेपछि गएर जरिवाना तिराउन च्याखे थप्न बस्नु हो । यसो नगरिकन पदयात्रीलाई सूचना दिने अनि जेब्रा पाटाहरुवाट बाटो काट्न उत्साहित र उत्प्रेरित गर्ने गर्नपाए कसो हुन्थ्यो ?
यसो त चालकहरुले जेब्रा पाटाहरु अगाडि आफ्नो गति कम नगरेसम्म यी कुराहरुको महत्व छैन । जेब्रा क्रसिङबाटै बाटो काट्दा पनि भएका धेरै दुर्घटनाहरु हामीले देखेका भोगेका अनि सुनेका छौ, हैन र ?
जे होस् जरिवाना तिर्ने कार्य भने नगरौ अनि यातायातको सुव्यवस्था कायम होस् ।
जेब्रा क्रसिङको इतिहास आजलाई यति नै ।
सुयोग ढकाल
Liked by: