आत्महत्या रोकथामको लागि मानसिक स्वास्थ्य | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

आत्महत्या रोकथामको लागि मानसिक स्वास्थ्य





कहिँ कतै कसैले आत्महत्या गरेको समाचार सुन्दा हामी खिन्न हुन्छौं । अझ यदि आफ्नो नजिकको मान्छेले आत्महत्या गरेको खबर सुनियो भने हामीलाई असाध्यै पिडा हुन्छ । “आखिर किन त्यो मानिसले यो कदम चल्यो ?”, “त्यसले यस्तो नगरेको/नगरेकी भए हुन्थ्यो”, “के पिडा परेको थियो र त्यसलाई ?” यस्ता विभिन्न कुराहरू समाज र आफन्तमा केही दिन सम्म चर्चाको विषय बन्छन् । कुनै जवाबहरू सुसाइड नोटमा भेटिन्छन् । कहिले काही त्यो रहस्य, रहस्या नै रहन्छ । हुन त जीवन र मृत्यु हाम्रो नियन्त्रण भन्दा बाहिरको कुरा हो । तर आत्महत्या एउटा यस्तो मृत्यु हो, जुन रोक्न सकिन्छ ।

विश्व स्वास्थ्य सङ्गठन (WHO) ले हरेक वर्ष आत्महत्याका कारण ८ लाख मानिसहरूले ज्यान गुमाउने गरेको अनुमान गरेको छ । अझ आत्महत्या गर्ने प्रयास कति जनाले गर्छन् ? यसको त कुनै आकडा नै छैन । कहिले पारिवारिक वातावरण, कहिले काही सम्बन्ध,कहिले एक्लोपन, पढाइ अथवा कुनै काममा सफलता नपाउनु, आर्थिक अवस्था, शारीरिक दुर्व्यवहार यी विभिन्न कुराहरू मुख्य कारण बनेर अगाडि आउने गरेको छ। तर धेरैजना मानिसहरूले ख्याल समेत गरेका छैनन् कि यो मात्र स्वास्थ्यको कुरा हो, मानसिक स्वास्थ्य । एउटा यस्तो विरामी जुन बढ्दै गएपछि मानिसको सोच्ने र बुझ्ने शक्ती कम हुन्छ र त्यो मानिसलाई आत्महत्या नै समाधान जस्तो लाग्छ । हाम्रो समाजमा अझ पनि सबैलाई बुझाउन जरुरी छ कि यो बिरामीको उपचार गर्न सकिन्छ । त्यसरी नै जसरी अरु रोग लाग्दा हामी उपचार गर्छौं र निको हुन्छौं ।

निरास हुनु र डिप्रेसनमा हुनुमा फरक छ । एक दुई दिन निरास हुनु सामान्य कुरा हो । तर त्यहिँ निरासा २ दिनबाट १० दिन पुग्यो भने यो चिन्ताको विषय बन्न सक्छ । मानसिक रुपमा स्वस्थ हुनुपर्छ भनेर अहिले जनमानसमा बिस्तारै जागरुकता बढ्दै गएपनि अझ यसको उपचार खोज्ने, या यसबारेमा खुलेर कुरा गर्न मानिसहरू हिच्किचाइरहेको भेटिन्छ । अहिलेको व्यस्तजीवन शैलीमा मानिसहरू कहिले मानसिक रुपमा अस्वस्थ हुन्छन्, कसैलाई पत्तो समेत नहुन सक्छ । अरु रोगहरू जस्तो यसको लक्षणहरू अगाडि देखा नपर्न सक्छन्, महसुस नहुन सक्छन् । तर, कहिले काही थोरै समय आफ्नो लागि छुट्ट्याएर कतै आफूमा त्यस्तो नकारात्मक परिवर्तनहरू त आइरहेका छैनन् ? एकपटक सबैले सोच्न भने अवश्य पर्छ ।

आज विश्व आत्महत्या रोकथाम दिवस। हामीले विभिन्न महामारीहरू सामना गर्दै आइरहेका छौं । प्राय महामारीहरू थोरै समयको लागि आउँछन् अनि जान्छन् । तर, विश्वमा हरेक ४० सेकेण्डमा एक जनाको ज्यान लिने “आत्महत्या” एउटा यस्तो महामारी हो जुन वर्षौं देखि निरन्तर चल्दै आइरहेको छ र अब पनि मानिसहरू यसबारे जागरुक भएनन् भने सायद वर्षौं वर्षसम्म यसरी नै चलिरहन्छ ।

त्यसैले आफू र आफ्नो नजिकको मानिसहरूको मानसिक स्वास्थ्यको बारेमा सचेत रहौं । चिकित्सकको परामर्श लिन पछि नसरौं । यदि तपाईंलाई आफूलाई मनोचिकित्सकको आवश्यकता छ जस्तो महसुस हुन्छ भने ढिला नगरि आजै हाम्रो पात्रो हेल्थबाट विज्ञ मनोचिकित्सकहरूसँग परामर्श लिनुहोस् ।

मानसिक स्वास्थ्य गुम्साउदा बिग्रिन्छ, कुरा गरेर निको हुन्छ ।

मानसिक स्वास्थ्य उपचारको लागि हाम्रो पात्रो हेल्थमा संलग्न विज्ञ डाक्टरहरू : 
१. डा सुदिक्षा आचार्य 
२. डा एलिजा कार्की 
३. डा श्रीया बास्ताकोटी 
४. डा आशिष ढकाल 
५. डा रोबर्ट सिंह महर्जन 
६. डा बास्तबिक न्योपाने 
७. डा सुमन प्रसाद अधिकारी 

आजै कल गर्नुहोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.