परिचय
जीवनमा कहिलेकाहिँ एङ्जाइटी हुनु सामान्य कुरा हो। तर एङ्जाइटी भएका मानिसहरूमा जीवनका सामान्य घटनाहरूको बारेमा पनि गहिरो, अधिक र लामो समयको डर, चिन्ता उत्पन्न हुने गर्दछ। एङ्जाइटी डिसअर्डरहरूमा कहिलेकाहिँ एक्कासी गहिरो एङ्जाइटी, डर अथवा आतङ्क उत्पन्न हुन्छ जुन केही मिनेटमा नै शिखरमा पुग्न सक्छ ( प्यानिक एट्याक)।
दैनिकरूपमा हुने विभिन्न क्रियाकलापहरूमा एङ्जाइटी र प्यानिक एट्याकले असमानुपातिक रूपमा नियन्त्रण बाहिरका र खतरनाक स्थितीहरू सिर्जना गर्न सक्छ र लामो समयसम्म रहन सक्छ। तपाईँले यस्ता स्थितीहरू पैदा गर्ने घटना, स्थान र स्थितीहरूबाट टाढा रहनुपर्छ। बालअवस्था या किशोरावस्था देखि नै लक्षणहरू सुरुहुन सक्छन् र वस्यक जीवनमा पनि निरन्तरता हुनसक्छ।
एङ्जाइटी डिसअर्डरमा सामान्यत्या सामान्यकृत एङ्जाइटी डिसअर्डर (Generalized Anxiety Disorder), सामाजिक एङ्जाइटी डिसअर्डर (Social Anxiety Disorder) (social phobia) र विशेष फोबियाहरू र सेपरेसन एङ्जाइटी डिसअर्डर पर्दछन्। तपाईँलाई एकै पटकमा एक भन्दा बढी प्रकारका एङ्जाइटी डिसअर्डर पनि हुनसक्छ। कहिलेकाहि एङ्जाइटी डिसअर्डरअरू मेडिकल कारणबाट या अन्य रोगको कारणले पनि हुनसक्छ र त्यसलाई उपचारको आवश्यक हुन्छ।
जुनसुकै एङ्जाइटी भएपनि उपचारले तपाईँलाई सहायता गर्छ।
लक्षणहरू
सामान्यतया देखिने एङ्जाइटीका लक्षण र चिन्हरू निम्न छन्:
- डर लाग्ने, चिन्ता लाग्ने या शान्त रहन नसक्ने
- कुनै खतरा आइपरेको जस्तो, प्यानिक या भताभुङ्गको आभास हुने
- मुटुको चाल बढ्ने
- तीब्र गतिको स्वासप्रश्वास
- पसिना आउने
- काप्ने
- कमजोर या थकित महसुस गर्ने
- अहिले आइपरेको डर चिन्ता भन्दा बाहिर कुनै कुरामा ध्यान दिन या सोच्न नसक्ने
- निद्रामा समस्या हुने
- पेटको समस्याहरू हुने
- डर चिन्तामा नियन्त्रण गर्न नसक्ने
- एङ्जाइटी कुनै सबैकुराबाट टाढा बस्न मन लाग्ने
कहिले डाक्टर भेट्ने
निम्न अवस्थाहरूमा डाक्टरलाई भेट्नुहोस्:
- तपाईँले धेरै चिन्ता लिनुहुन्छ र यसले तपाईँको काम, दाम्पत्य जीवन र जीवनका अन्यभागहरूमा असर गरेको जस्तो लागेमा
- तपाईँको डर, चिन्ता र एङ्जाइटीले तपाईँलाई नराम्ररी असर गर्न थालेका छन् र नियन्त्रण गर्न गाह्रो भएको छ भने
- तपाईँलाई डिप्रेस भएको महसुस हुन्छ र रक्सी या लागूऔषधिको कारणले समस्या भएको छ या एङ्जाइटीको साथमा अन्य मानसिक स्वास्थ्य सरोकारहरू छन् भने
- तपाईँलाई तपाईँको एङ्जाइटी शारीरिक स्वास्थ्य समस्यासँग सम्बन्धित छ भन्ने लागेमा
- आत्महत्या गर्ने सोच या प्रयास गर्नुभयो भने - यस अवस्थामा तत्काल आकस्मिक उपचार लिइहाल्नुहोस्
तपाईँका चिन्ताहरू आफैँ हटेर नजान सक्छन्, तपाईँले उपचार गराउनु भएन भने चिन्ता बढ्दै जानसक्छ एङ्जाइटी बढ्दै गएमा तपाईँको डाक्टर या मानसिक स्वास्थ्य सेवा प्रदायकलाई भेट्नुहोस्। चाँडै सहायता लिनु भयो भने उपचार गर्न सजिलो हुनसक्छ।
हाम्रो पात्रो हेल्थमा विभिन्न डाक्टरहरू उपलब्ध हुनुहुन्छ।
खाता खोल्न र सहायतासँग कुरा गर्न निशुल्क छन् र स्वास्थ्य सम्बन्धी थुप्रै जानकारीहरू र भिडियोहरू निःशुल्क रूपमा उपलब्ध छन्।
डाक्टरहरूसँग टिकट लिएर तुरन्त, अपोइन्टमेन्ट लिएर या विशेषज्ञ समूहसँग स्वास्थ्य परामर्श लिन सकिन्छ। सबै परामर्शहरू गोप्य र सुरक्षित छन्।
कारणहरू
एङ्जाइटी डिसअर्डरको कारणहरू पूर्णरूपमा बुझिसकिएको छैन। कुनै पनि ट्रमाटिक घटना ( मानिस आघात पर्ने घटना) ले एङ्जाइटीले असर गर्न सक्ने खालका व्यक्तिहरूलाई असर गरेको भेटिएको छ। आनुवंशिक कारणहरू पनि कारक हुनसक्छन्।
मेडिकल कारणहरू
केही मानिसहरूमा अन्य कुनै स्वास्थ्य समस्याले गर्दा एङ्जाइटी भएको हुनसक्छ। केही अवस्थाहरूमा एङ्जाइटी नै मेडिकल कारणको पहिलो सङ्केत हुनसक्छन्। यदि तपाईँको डक्टरले मेडिकल कारणले एङ्जाइटी भएको शंकागरेमा डाक्टरले समस्या पत्ता लगाउन जाँचहरू सिफारिस गर्न सक्छन्।
मेडिकल समस्याहरू जसले एङ्जाइटीसँग सम्बन्ध राख्न सक्छन्:
- मुटुको रोगहरू
- मधुमेह डायबेटिज
- थायरोइड समस्या जस्तै हाइपर थायरोइडिजम
- स्वासप्रश्वासका समस्याहरू जस्तै दम (COPD) र आस्थमा
- लागूऔषधको दुरुपयोग या लागूऔषध छोड्दा
- रक्सीको लत छोड्दा, एन्टी एङ्जाइटी औषधीहरू (बेन्जोडायजेपाइन्स) या अन्य औषधिहरू
- दीर्घ समयको दुखाइ या इरिटेबल बावेल सिन्ड्रम
- केही ट्युमरहरू जसले फ्लाइट-या-फाइट हर्मोनहरू उत्पादन गर्दछन्
केही अवस्थाहरूमा एङ्जाइटी केही औषधिहरूको प्रतिअसर (side effect) पनि हुनसक्छ।
निम्न अवस्थाहरूमा तपाईँको एङ्जाइटी मेडिकल कारणले भएको हुनसक्छ:
- यदि तपाईँको रगतको नातामा (दाजुभाइ दिदिबहिनी या बुबा आमा) कसैलाई पनि एङ्जाइटी डिसअर्डर नभएको भएमा।
- यदि बाल्य अवस्थामा तपाईँमा एङ्जाइटी डिसअर्डर नभएको भएमा
- एङ्जाइटीको कारणले केही अवस्था या चिजहरूबाट टाढा रहनुहुन्न भने
- तपाईँको जीवना एङ्जाइटी एक्कासी आइपर्छ र तिनीहरू तपाईँका जीवन घटनासँग सम्बन्ध राख्दैनन् भने या पहिले कहिल्यै पनि एङ्जाइटी भएको थिएन भने
जोखिमहरू
यी कारणहरूले तपाईँलाई एङ्जाइटी डिसअर्डर हुने जोखिम बढाउँछ:
- ट्रमा (मानसिक आघात) दुरुपयोग, आघात र आघात जन्य घटनाहरू भोगेका मानिसहरू या बालबालिकाहरू पछि गएर जीवनको कुनै विन्दुमा एङ्जाइटी विकास गर्न सक्छन्। आघातजन्य अवस्थाहरू भोगेका वस्कले पनि एङ्जाइटी डिसअर्डर विकास गर्न सक्दछन्।
- कुनै बिरामीको कारणले हुने तनाबहरू। कुनै स्वास्थ्य स्थितीहरू या गम्भीर रोगहरूले तपाईँको उपचार र भविष्य सम्बन्धी चिन्ताहरू बढाउन सक्छ।
- तनाब जम्मा भएर रहने। ठुलो घटना या साना तनाबका घटनाहरूले एकै पटक ठुलो एङ्जाइटी गराउन सक्छ जस्तै परिवारमा कसैको मृत्यु, काममा सकसपूर्ण स्थितीहरू या कुनै आर्थिक समस्याहरू
- व्यक्तित्त्व। कुनै व्यक्तिहरू जसको कुनै फरक व्यक्तित्त्वहरू हुन्छन् उनीहरूमा एङ्जाइटी हुनसक्छ
- अन्य कुनै मानसिक रोगहरू भएमा मानसिहरू जसमा मानसिक रोगहरू छन् जस्तै डिप्रेसन उनीहरूमा एङ्जाइटी डिसअर्डर हुनसक्छ।
- रगतका नातामा अन्य व्यक्तिलाई एङ्जाइटी डिसअर्डर भएमा। एङ्जाइटी परिवार भित्र वंशानुगत रूपमा फैलन सक्छ।
- ड्रग या मादक पदार्थको दुर्व्यसन लागुऔषधि, मादकपदार्थ दुरुपयोग गर्दा या यी पदार्थ प्रयोग छोड्दा एङ्जाइटी बढ्न सक्छ
जटितलाहरू
एङ्जाइटी डिसअर्डर हुँदा तपाईँलाई चिन्ता लाग्ने भन्दा बढी समस्या हुन्छ। यसले मानसिक या शारीरिक अवस्थाहरूलाई असर गर्छ जस्तै:
डिप्रेसन (जुन प्राय एङ्जाइटी डिसअर्डरसँग ) हुन्छ।
- पदार्थ दुरुपोग (लागूऔषध या मादक पदार्थ दुर्व्यसन)
- निद्रामा समस्या ( अनिद्रा)
- पाचन या पेटको समस्याहरू
- टाउको दुखाइ या दीर्घ रोगको रूपमा दुखाइ
- सामाजिक एकलकाटेपना
- पढाइ या जागिरमा समस्या
- जीवनको गुणस्तरमा कमि
- आत्महत्या
रोकथाम
कसैलाई जीवनको कुनै समयमा एङ्जाइटी हुन्छ कि हुँदैन भनेर भविष्यवाणी गर्ने कुनै पनि उपाय छैन तर कुनै पनि कारणले जीवमा एङ्जाइटी लागेमा यसका प्रभावहरूलाई कम भने गर्न सकिन्छ:
- छिटै सहायता प्राप्त गर्नुहोस्। अन्य मानसिक रोगहरू जस्तै एङ्जाइटी पनि जति ढिला गर्नुहुन्छ उति उपचार गर्न गाह्रो हुन्छ।
- सक्रिय रहनुहोस्। तपाईँलाई मन पर्ने क्रियाकलापहरूमा भाग लिनुहोस् र आफ्नो बारेमा राम्रो महसुस गर्नुहोस्। सामाजिक अन्तरक्रियाहरूमा र माया प्रेमयुक्त सम्बन्धहरूमा रमाउनुहोस, जसलै तपाईँको चिन्ताहरूलाई घटाउने छ।
- मादकपदार्थ र लागूऔषधिको प्रयोग नगर्नुहोस्। मादकपदार्थ र लागूऔषधिले एङ्जाइटी गराउने या बढाउने काम गर्छ। यदि तपाईँलाई यसको लत लागेको छ भने छोड्दा तपाईँलाई एङ्जाइटी गराउँछ। यदि यसलाई आफैँले छुटाउन सक्नु भएन भने डाक्टरको सल्लाह लिनुहोस् या सहायता समूह भेटाउनुहोस्।
Liked by: