दादुराको परिचय लक्षण तथा रोकथाम | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

दादुराको परिचय लक्षण तथा रोकथाम





परिचय
दादुरा बाल्यकालको देखिने गम्भीर रोग हो। २४ नोभेम्बर २०२२ र १० मार्च २०२३ सम्म, विश्व स्वास्थ्य सङ्गठनका अनुसार पश्चिम नेपालका सात जिल्ला र पूर्वी नेपालका तीन जिल्लामा ६९० दादुराका घटनाहरू रिपोर्ट गरिएको थियो जसमा एकको मृत्यु पनि भएको थियो।

दादुरा प्यारामोक्सी भाइरस (Paramyxovirus) भनिने RNA भाइरसको सङ्क्रमणको कारणले हुन्छ।

भाइरस नाक र घाँटीको स्रावबाट फैलिएको थोपाबाट सर्छ। संक्रमण भएको व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासनलीबाट वा आँखाबाट सर्न सक्छ। सामान्यतया बिमिरा (Rash) आउएको ४ दिन अघि देखि ५ दिन पछि सम्म दादुरा सर्ने गर्छ।
भाइरस श्वासप्रश्वासको नलीबाट संक्रमण सुरु भइ भाइरसले रेटिकुलोएन्डोथेलियल प्रणाली (कलेजो, फियो र फोक्सो) को संक्रमण गराउछ। परिणामस्वरूप सिस्टमीक लक्षणहरू निम्त्याउँछ।

यस रोगको सङक्रमण (Incubation) अवधि 10 दिनको हुन्छ।

लक्षणहरू
प्राय ५ वर्ष मुनिका बालबालिकामा लक्षण देखिने भए पनि यो रोग जुनसुकै उमेरका व्यक्तिहरूलाई लाग्न सक्छ। प्राय लक्षणहरू निम्न हुन्छन्:
ज्वरो
राइनोरिया (नाकबाट पातलो सिँगान बग्ने)
आँखा चिलाउने र आँखाबाट पानी आउने
प्रकाशमा हेर्न नसकिने ( फोटोफोबिया)
सुख्खा खोकी
कोप्लिक स्पट ( रोगको दोस्रो वा तेस्रो दिनमा देखा पर्दछ। गालाको भित्री भागमा दोस्रो बंगाराको भित्रपट्टि वरपरको एरिथिमा कोप्लिक स्पट देखिन्छ।)

सामान्यतया ज्वरो बढेको चौथो दिनमा बिमिराहरू देखा पर्छ। बिमिराहरञ कान पछाडि, कपालको रेखा र गालाको पछाडिबाट सुरु हुन्छन् र बिमिराहरु अनुहार, घाँटी, छाती हात, खुट्टामा अर्को २-३ दिनमा फैलिन्छन्।

बिमिराहरू जुन क्रममा देखिन्छन् त्यहि क्रममा घट्दै जान्छन् ।

१० दिनमा बिमिराहरू फिक्का हुन्छन्।

जटिलता
यस रोगले निम्त्याउने जटिलताहरू निम्न छन्:
कानको संक्रमण
पखाला
निमोनिया
ब्रोन्कियोलाइटिस
लामो समयपछि हात खुट्टा नचल्ने
कान नसुन्ने हुन सक्छ
फेबराइल सिजर
गर्भवती महिलाहरू भएमा बच्चा खेर जाने तथा मरेको बच्चा जन्मिने
दादुराको सङ्क्रमण भएमा तुरन्त डाक्टरसँग सम्पर्क गरेर उपचार गराउनु पर्छ र पोषण युक्त खानेकुरा र सरसफाइमा ध्यान दिनुपर्छ। दादुराबाट अपाङ्ता र मृत्यू सम्मको स्थिती सिर्जना हुनसक्छ त्यसैले सावधानीको आवश्यकता रहन्छ।

“हाम्रो पात्रो हेल्थमा नेपाल मेडिकल काउन्सिलबाट प्रमाणित २४ विशेषज्ञतामा रहेका २३० जना भन्दा बढि डाक्टरहरू उपलब्ध हुनुहुन्छ। हाम्रो पात्रो हेल्थबाट यहाँले आफ्नो सहजतामा संसारको जुनसुकै स्थानबाट पनि प्रत्येक्ष भिडियो कलमा डाक्टरसँग परामर्श लिनसक्नुहुन्छ। थप जानकारीको लागि  https://health.hamropatro.com/ मा हेर्नुहोस्”

उपचार र रोकथाम
यस रोगको कुनै पनि औषधि छैन। र उपचार लक्षणको आधारमा लक्षणलाई कम गर्ने गरी गरिने उपचार पद्दति प्रयोग गरिनछ। दादुरा नै लागको हो भनेर निर्क्यौल गर्न बिरामीको शरिरमा IgM एन्टिमासेल्स एन्टिबडीको जाँच गरिन्छ यो इन्टिबडी बिमिरा आएको ३ दिन पछि देखि १ महिना सम्म सहन्छ।
उपचार
ज्वरोको लागि औषधी खाने
स्वच्छता तथा सरसफाइमा ध्यान दिने
पर्याप्त तरल पदार्थ खाने, शिशुहरूले आमाको दुध पिउने
पोषिलो खानेकुरा खाने
नजिकैको स्वास्थ्य चौकीबाट उमेर तालिका अनुसार भिटामिन ए सेवन गर्ने यसले दादुराको बिमारी र मृत्युदर घटाउँछ

रोकथाम
यो रोगको एकमात्र प्रभावकारी रोकथाम भनेको दादुरा विरुद्धको सुई हो। राष्ट्रिय खोप तालिका अनुसार बाबबालिकाहरूलाई दादुरारुबेलाको खोप नौ महिना र १५ महिनामा दिइन्छ। आफ्ना परिवार र समाजमा रहेका बालबालिकाहरूले दादुराको सुई लिएका छन् या छैनन् ध्यान दिनुहोस्।

डा. समीक्षा निरौला  



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.