डन्डिफोरको कारण र रोकथाम | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

डन्डिफोरको कारण र रोकथाम





डन्डिफोरलाई अङ्ग्रेजीमा एक्ने भल्गारिस ( पिम्पल) पनि भनिन्छ। यो पिलोसेबेसियस एकाइको समस्या हो। यसले मुख्यतया पूर्वकिशोरावस्था peripubertal १२ देखि १४ वर्ष भित्रको जनसंख्यालाई असर गर्छ। यो बढ्दो तेल/सेबम उत्पादनको कारणले गर्दा शुक्ष्म जीवको सक्रियता निर्माण हुँदा हुने गर्दछ र पिलोसेबेसियस क्यनललाई रोक्छ र यसको कारणले डन्डिफोर उत्पन्न हुन्छ। जीवाणु (Propionibacterium acnes) प्रोपियोनिब्याक्टेरियम एक्नेसले एक्ने भल्गारिसमा प्रमुख भूमिका खेल्छ। डण्डीफोरले दुबै लिङ्गका व्यक्तिहरूलाई समान रूपमा असर गर्छ।

डन्डिफोरका कारकहरू :
१) पारिवारिक इतिहास / वंशाणु
३) आहर: एक्ने भल्गारिसलाई आहारले निकै ठूलो प्रभाव पार्छ। केही अध्ययनले उच्च ग्लाइसेमिक आहार र दुग्ध जन्य खानाले केही भूमिका खेल्ने देखाउँछ।
प्रमाणहरूका आधारमा यसै रोगको लागि भनेर चिल्लो खाना, चकलेट र सोडाहरू बार्न आवश्यक छैन तर स्वस्थ र सन्तुलित खाना खान सिफारिस गरिन्छ।
४)कस्मेटिक : लामो समयसम्म तेल भएका कस्मेटिक्स प्रयोग गर्ने व्यक्ति
५) महिनावारी चक्र: महिनावारी सुरु हुनु अघि केही व्यक्तिमा देखा पर्ने गर्छ
६) धेरै रिस र चिन्ता बढ्नाले

लक्षणहरू
डन्डिफोर चिकित्सकीय रूपमा कमेडोम, पापुल्स, नोडल, पुस्टुल्स र सिस्टको रूपमा प्रकट हुन्छ र निको हुने समयमा दागहरू बस्न सक्छ। बिरामीको छालामा छिद्रहरू सहित चिल्लो हुने गर्छ। पिम्पल पोलिमोर्फिक हो जसमा कमेडोमहरू, खटिरा र दागहरू सबै एकै समयमा उपस्थित हुन्छन्।

कमेडोम डन्डिफोरको मुख्य घाउ हो जुन दुई मुख्य प्रकारको हुन्छ, ब्ल्याकहेड्स र व्हाइटहेडस्।

ब्ल्याकहेड्स अनुहारको छालामा कालो कालो बिमिराको रुपमा देखिने गर्छ। ब्ल्याकहेड्स छालाको सतहमा रहेको तेल निकाल्ने गन्थ्री(सेबम) सेबेसियस गन्थ्रीले केही कारणले सेबम हाम्रो छालाबाट बाहिर निस्कन सकेन र डेड सेल र केराटिन जम्मा भयो भने र त्यो सेबम हावामा देखिएर अक्सिडाइज भयो भने कालो बिमिराको रूपमा देखा पर्छ ।

व्हाइटहेडस् केराटिन र सेबमको वृद्धि भएर छालाको सतहको तल रहेको पाइलोसेबेसियस डक्टलाई बन्द गरे पछि देखिन्छ। व्हाइटहेडस् लाई सबै भन्दा राम्रो छालाको सतह फैलाएर हेर्न सकिन्छ।
डन्डीफोर साना पापल्स देखि सतही-गहिरो पुस्टुल्स र कोमल अस्थिर नोड्युलको रुपमा देखिन्छ।
पापल्स साना, ठोस, ०.५ सेन्टिमिटरभन्दा कम उचाइ भएको घाउ हुन्।
नोड्युलहरू ०.५ सेन्टिमिटरभन्दा ठूला ठोस घाउ हुन्। तिनीहरु छाम्दा राम्रो सँग भेटिन्छन्।
पोस्ट्युल्स पिप भरिएको डन्डीफोर हो।
मुख्यतया अनुहार, निधार, गाला, चिन, ढाडको माथिल्लो भाग, छाती र काँधमा देखिन्छ।

डन्डिफोरसँगै देखिन सक्ने अन्य लक्षणहरु
हर्सुटिज्म (जहाँ महिलाहरूको अनुहार, घाँटी, छाती, पेट, तल्लो ढाड, नितम्ब वा तिघ्रामा बाक्लो, कालो कपाल हुन्छ)
सेबोरिया (सामान्य छालाको समस्या, यसले रातो, चिलाउने दाग निम्त्याउँछ)
अनियमित महिनावारी
वजन वृद्धि

माथि उल्लेखित समस्याहरू देखिएमा तपाईँले आफ्नो डाक्टरलाई भेट्नुपर्छ र यदि तपाईँ महिला हुनुहुन्छ भने Polycystic Ovary Disease जस्तो रोगको पनि जाँच गर्नु पर्ने हुनसक्छ।

“हाम्रो पात्रो हेल्थमा नेपाल मेडिकल काउन्सिलबाट प्रमाणित २४ विशेषज्ञतामा रहेका २३० जना भन्दा बढि डाक्टरहरू उपलब्ध हुनुहुन्छ। हाम्रो पात्रो हेल्थबाट यहाँले आफ्नो सहजतामा संसारको जुनसुकै स्थानबाट पनि प्रत्येक्ष भिडियो कलमा डाक्टरसँग परामर्श लिनसक्नुहुन्छ। थप जानकारीको लागि https://health.hamropatro.com/ मा हेर्नुहोस्”

अन्य रूपहरू
Acne Conglobata: प्राय पुरुषहरूमा देखिन्छ। घाउ निको हुन महिनौँ लाग्छ र गहिरो खाल्डो भएको दाग छोडेर निको हुन्छ।
Acne Fulminans: ज्वरो आउने, मांसपेशी र जोर्नी दुख्ने गर्छ।
(Occupational acne) व्यावसायिक डन्डिफोर: सामान्यतया पुरुषहरूमा टार, हाइड्रोकार्बन जस्ता औद्योगिक रसायनहरूको सम्पर्कबाट देखिने गर्छ।
Cosmetic acne : सामान्यतया महिलाहरु मा तेल भएको क्रिमको प्रयोग पछि देखिन्छ।
(Acne after facial massage) अनुहारको मसाज पछि डन्डिफोर: 30% मानिसमा अनुहारको मालिश पछि 3-6 हप्ता पछि देखिने गर्छ।
(Late onset acne) ढिलो सुरु हुने डन्डिफोर: सामान्यतया 25 वर्ष पछि महिलाहरुमा देखिन्छ।

रोकथाम:
सामान्य उपायहरूमा
सरसफाइमा ध्यान दिनु पर्छ
हल्का साबुन र पानीले नियमित मुख धुनु पर्छ।
पानीमा आधारित (Water based) कस्मेटिक्स प्रयोग गर्न सकिन्छ।

के नखाने
उच्च ग्लाइसेमिक र दुग्धजन्य उत्पादन खानेकुराहरु नखानुहोस् ।
चिनी र चिनीयुक्त खानाहरू।
चिनीयुक्त पेयहरू।
मैदाको पाउरोटी।
आलु।
सेतो चामल।

तनाव र क्रोध कम गर्नुहोस्
तनाब कम गर्नको लागि हप्तामा कम्तिमा पाँच दिन हरेक दिन ३० मिनेट शारीरिक कसरत या अभ्यास गर्नुहोस्।
प्रशस्त पानी पिउनु होस्।
सागपात र फलफूल र फाइबर सहित सन्तुलित भोजन गर्नुहोस्
पारिवारिक र सामाजिक सम्बन्धहरूलाई सहज र गाढा राख्नुहोस्।
कुनै तनाबका विषयहरूले दुःख दिएमा आफ्ना साथी, हितैषी या परिवारका सदस्यसँग सेयर गर्नुहोस्
 कुनै पनि कारणले २ हप्ता भन्दा लामो समयसम्म नताब भएमा मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनुहोस्।

उपचार
डाक्टरको सल्लाह अनुसार विभिन्न मलमहरु तथा डन्डीफोर कम गर्ने औषधीहरू सेवन गर्न सकिन्छ।

अन्य उपचार विधीहरु इन्ट्रालेसनल कोर्टिकोस्टेरोइड्स, क्रायोथेरापी, लेजर थेरापी, फोटोडायनामिक उपचार, डर्माब्रेसन, फिलरहरू हुन् जुन डाक्टरको सल्लाह अनुसार डाक्टरको सल्लाह अनुसार गर्न सकिन्छ।
कुनै पनि उपचार डाक्टरको सल्लाहमा मात्र र डाक्टरले सिफारिस गरे अनुसार प्रयोग गर्नु पर्छ।

डा. समीक्षा निरौला



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.