डिप्रेसन के हो?
डिप्रेसन (major depressive disorder) सामान्यतया धेरै हुने र मानिसको सोच, अनुभूति र क्रियाकलापमा असर गर्ने सामान्य तथा गम्भीर मेडिकल रोग हो। राम्रो कुरा भनेको यो उपचार हुने रोग हो। डिप्रेसनले गर्दा मानिसमा दुखित भावना उत्पन्न हुने र कुनै समयमा मनपर्ने क्रियाकलापहरूमा मन नलाग्ने हुन्छ। यसले मानिसहरूमा विभिन्न शारीरिक र संवेगात्मक असरहरू गर्दछ र काममा र घरमा उनीहरूको कार्यक्षमता घटाउँछ।
यदि तपाईँलाई कसैलाई सहायताको आवश्यकता भएको जस्तो लाग्छ health.hamropatro.com मा हाम्रा विशेषज्ञहरूसँग मानसिक स्वास्थ्य तथा मनोपरामर्शको लागि सम्पर्क गराउन सक्नुहुन्छ।
डिप्रेसनको लक्षणहरू सामान्य देखि गम्भीर सम्म हुनसक्छ र त्यसमा निम्न पर्दछन्:
- दुखित अनुभूतिहुने र मुड जतिबेला पनि डिप्रेस भएको जस्तो हुने
- आफूले कुनै समयमा मन पराएको तथा रुचाएको गतिविधिमा अरुचीहुने
- खानाको रुचीमा भिन्नता हुने - डायटिङ नगरीकन शारीरिक तौल घट्ने या बढ्ने
- सुत्न समस्या हुने या अति धेरै निद्रा लाग्ने
- शक्ति क्षीण भएको जस्तो हुने या धेरै थकित महसुस हुने
- उदेश्यहीन क्रियाकलापमा बृद्धिहुने ( उदाहरण : स्थिर बस्न नसक्ने, एकै स्थानमा अघि पछि हिँडिरहने, आशंकित अवस्थामा जस्तो हातसमात्ने )
अवाश्यक तथा दोषी महसुस हुने
- सोच्न, कुनै कुरामा केन्द्रित हुन या निर्णय लिन गाह्रो हुने
- मृत्यू तथा आत्महत्याको सोच आउने
डिप्रेसन भएको डाग्नोसिस गर्न लक्षणहरू कम्तिमा पनि दुई हप्तासम्म रहनु पर्छ र पहिलेको स्तरको कार्यक्षमतामा परिवर्तन आएको हुनुपर्छ।
र मेडिकल अवस्थाहरू ( जस्तै, थायोरोइड समस्या, ब्रेन ट्युमर या भिटामिनको कमी) ले पनि डिप्रेसनको लक्षण देखिन सक्छ र यी सामान्य मेडिकल अवस्थाहरू नरहेको निश्चित गर्नु जरुरी हुन्छ।
डिप्रेसनले प्रतिवर्ष अनुमानित १५ वयस्कहरूमध्ये १ करिब ६.७ प्रतिशत मानिसहरूलाई असर गर्छ। र ६ व्यक्तिहरू मध्ये १ व्यक्ति १६.६ प्रतिशत मानिसहरूलाई जीवनको कुनै समयमा डिप्रेसन हुनसक्छ। डिप्रेसन कुनै पनि समयमा हुनसक्छ र सामान्यतया यो पहिलो पटक किशोरावस्थाको अन्त या २५ वर्षको हाराहारिमा हुनसक्छ। डिप्रेसन पुरुषहरूलाई भन्दा महिलाहरूलाई बढी हुनसक्छ। अध्ययन अनुसार करिब एक तिहाइ महिलाहरूमा जीवनको कुनै समयमा मेजर डिप्रेसिभ एपिडोड हुनसक्छ। यो मुख्यरूपमा वंशानुगत रहन्छ बुबाआमा, छोराछोरी, दाजुभाइ दिदिबहिनीहरूमा डिप्रेसन भएमा अरुलाई डिप्रेसन हुने ४० प्रतिशत सम्भावना रहन्छ।
डिप्रेसन शोक, चिन्ता र दुख भन्दा फरक हो
मनपर्ने मानिसको मृत्यु हुनु, जागिर जानु, दाम्पत्य जीवनको वियोग हुनु आदि अवस्थाहरू मानिसहरूको लागि सहन गह्रो हुने स्थितीहरू हुन्। यस्ता स्थितीहरूमा दुखी तथा शोकको भावना सिर्जना हुनु स्वभाविक हो। यस्ता अवस्थाहरूलाई पनि मानिसहरूले आफूलाई डिप्रेसन भएको भनेर भन्न सक्दछन्।
तर दुखीहुनु र डिप्रेसनहुनु एकै होइन। शोकमा पर्नु सामान्य प्राकृतिक प्रक्रिया हो र व्यक्तिअनुसार फरक फरक हुनसक्ने र डिप्रेसनका केही लक्षणहरू मिल्दाजुल्दा अवस्थाहरू हुनसक्छन्। शोकमा पनि र डिप्रेसनमा पनि गहिरो दुख र नियमित गतिविधिबाट टाढा हुने लक्षणहरू देखिन्छ। तर केही महत्त्वपूर्ण तरिकाले फरक पनि छन्:
शोक र दुखका भावनाहरू आए पनि मृतकका सकारात्मक स्मृतिहरू मिसिएर आउँछन्। मेजर डिप्रेसनमा मुड र रुची र सन्तुष्टिहरू दुई हप्तासम्म नै घट्दछन्।
शोकमा आत्मबल घटेको देखिँदैन। मेजर डिप्रेसनमा हीनभावना, अनावश्यक रहेको भावना सामन्यतया देखिन्छन्।
शोकमा कहिलेकाहीँ मृतकसँग एकाकार हुने परिकल्पनाले कर्दा मृत्युको सोचहरू आउनसक्छ। मेजर डिप्रेसनमा आफू अनावश्यक तथा अयोग्य रहेको र डिप्रेसनको पीडाबाट टाढा हुनको लागि आत्महत्याको सोचहरू आउनसक्छ।
कुनै व्यक्तिहरूमा डिप्रेसन र शोक एकै पटकमा पनि हुनसक्छ जस्तै आफ्नो निकटस्थको मृत्यु, जागीर जानु र कुनै शारीरिक हिंसाको पीडित हुनु या कुनै मुख्य प्रकोपहरूले मानिसलाई डिप्रेसनमा पुर्याउन पनि सक्छ। डिप्रेसन र शोकसँगै भएको बेला शोक धेरै गम्भीर देखिन्छ र लामो अवधिको हुन्छ।
शोक र डिप्रेसनको पहिचान धेरै महत्त्वपूर्ण हुन्छ र यसले मानिसहरूलाई सहायता पाउन र उपचार पाउन महत्त्वपूर्ण हुन्छ।
डिप्रेसनको जोखिमहरू
डिप्रेसन जसलाई पनि हुनसक्छ र यस्ता व्यक्तिहरूलाई पनि हुनसक्छ जो एकदमै राम्रो जीवन बिताइरहेका छन्।
डिप्रेसनमा विभिन्न कारणले भूमिका खेल्न सक्छन्:
- बायो केमिस्ट्री: मस्तिस्कमा कुनै तत्त्वहरूको कमिले गर्दा डिप्रेसनको लक्षणहरू देखिन सक्छ।
- आनुवंशिकता: डिप्रेसनमा परिवारमा धेरै हुनसक्छ। उदाहरणको लागि, यदि कुनै जुम्ल्याहा व्यक्तिलाई डिप्रेसन छ भने अर्को जुम्ल्याहालाई पनि डिप्रेसन हुने ७०% प्रतिशत सम्भव्यता रहन्छ।
- व्यक्तित्व: आत्मबल कमजोर रहेका, सहजै तनावले असर गर्ने, सामान्यतया नकारात्म सोच राख्ने व्यक्तिहरूलाई डिप्रेसनको अनुभूति हुनसक्छ।
- वातावरणीय कारणहरू: लगातार हिंसामा पर्नु, कसैले त्याग्नु, दुरुपोगमा पर्नु गरिबीले गर्दा डिप्रेसन पर्नसक्ने सम्भावना बढ्छ।
डिप्रेसनको उपचार कसरी हुन्छ?
मानसिक रोगहरूमा डिप्रेसन सबै भन्दा उपचार गर्न सहज रोग हो। ८० % देखि ९०% डिप्रेसनलागेका मानिसहरूलाई उचारले सुधार ल्याउँदछ। सबै जस्ता मानिसहरूले उपचारबाट केहीलाभ महसुस गर्दछन्।
कुनै पनि डायग्नोसिस या उपचार सुरुगर्नु पहिले विशेषज्ञले डायग्नोस्टिक मूल्याङ्कन, अन्तरवार्ता र शारीरिक जाँच गर्नुपर्छ। कुनै अवस्थामा थायरोइड या भिटामिनको कमिले गर्दा डिप्रेसन भएको हैन भनेर निर्क्यौल गर्न रगत जाँच गर्नुपर्छ। जाँचले विशेष लक्षणहरू पत्ता लगाउन चिकित्सकीय, पारिवारिक स्थिती र सांस्कृतिक र वातावरणीय कारक तत्त्वहरू पहिचान गरेर उपचारका चरणहरू पहिचान गर्छ।
औषधि
मस्तिस्कको रसायनिक स्थितीले मानिसको डिप्रेसनमा प्रभाव पार्दछ र उनीहरू उपचारमा पनि प्रभाव पार्दछ। त्यसैले उपचारको लागि एन्टिडिप्रेसेन्टहरूको सिफारिस गरिनसक्छ, जसले मस्तिस्कको रसायनिक अवस्थामा परिवर्न गरेर मानिसलाई ठिक गर्न सक्छ। यी औषधिहरू लट्याउने या लठ्याउने औषधि हैनन्। यी औषधिले बानी पनि पार्दैनन्। सामान्यतया एन्टिडिप्रेसेन्ट औषधिहरूले डिप्रेसन नभएका मानिसहरूमा कुनै पनि प्रभाव पर्दैनन्।
एन्टिडिप्रेसेन्टले सेवन गरेको एक दुइ हप्तामा नै केही लाभहरू दिन सक्छ तर पूर्ण लाभ लिन दुई तीन महिना नै लाग्न सक्छ। यदि केही
हप्तासम्म पनि औषधिले काम नगरेमा मनोचिकित्सकले औषधिको मात्रा परिवर्तन गर्न या औषधि नै परिवर्नत गर्न सक्छन। कुनै कुनै अवस्थामा साइकोट्रपिक औषधि प्रयोग गर्नुपर्ने पनि हुनसक्छ। औषधिले काम गरेन या कुनै साइड इफेक्ट देखियो भने डाक्टरलाई थाह दिनुपर्छ
मनोचिकित्सकले लक्षणहरू राम्रो भएको ६ महिना या बढी समयसम्म औषधि खान सिफारिस गर्नसक्छन्। उच्च जोखिममा रहेका केही व्यक्तिहरूलाई जोखिम कम गर्न अझ लामो समयसम्म मेन्टिनेनस उपचार सिफारिस गरिन सक्छ।
साइकोथेरापी
साइको थेरापी लाई कहिलेकाहिँ यसलाई “टक थेरापी,” पनि भनिन्छ र यो कहिलेकहिँ एक्लो उपचारको रूपमा पनि प्रयोग गरिन्छ।सामान्य देखि गम्भीर डिप्रेसनहरूमा एन्टिडिप्रेसेन्ट औषधिहरूको साथपमा यसलाई प्रयोग गरिन्छ। कग्निटिभ बिहाभोरल थेरापी (CBT) डिप्रेसनको उपचारको लागि प्रभावकारी देखिएको छ। CBT वर्तमान स्थितीमा समस्या समाधान गर्ने सोचको विकास गर्ने थेरापी हो। CBT ले व्यक्तिलाई विकार र नकारात्मक सोचलाई चिन्न र यसलाई परिवर्तन गर्ने र चुनौतिहरूलाई सकारात्मक रूपमा लिन सिकाउँछ।
साइको थेरापी व्यक्तिगत रूपमा मात्र या सामूहिक रूपमा गर्न सकिन्छ। उदाहरणको लागि परिवार या दाम्पती सहितको थेरापीले निकट सम्बन्धमा समस्या समाधान गर्न सहायता पुर्याउन सक्छ। सामूहिक थेरापीले एकै रोगका मानिसहरूलाई सहायतामूलक वातावरणमा लिएर आउँछ र कसरी समस्याहरूसँग जुध्ने भन्ने सिकाउँछ।
डिप्रेसनको गम्भीरताको आधारमा उपचारले केही हप्ता देखि धेरै अवधि पनि लाग्न सक्छ। धेरै जसो स्थितीमा १० देखि १५ सेसनमा नै केही फाइदाहरू देखिन थाल्छ।
Liked by: