डायट प्लानिङको महत्त्च | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

डायट प्लानिङको महत्त्च





हामी के खान्छौँ, कति खान्छौँ, कसरी खान्छौँ, कुन बेला खान्छौँ किन अवस्थामा खान्छौँ- यी सबै कुराहरूले हाम्रो स्वास्थ्य अवस्थालाई निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। भोनसँगको हाम्रो नाता केबल रमाइलो र तृप्तिको लागि मात्र नभइ बाँच्नको लागि पनि यो हाम्रो जीवनको महत्त्वपूर्ण पाटो हो। तर आजभोलि स्वस्थ भोजन र भोजनशैलीसँगको हाम्रो नाता कमजोर हुँदै गइरहेको छ। हाम्रो समाजमा अनुचित जीवनशैली र भोजनशैलीको कारनणले बढ्दै गइरहेका दीर्घ रोगहरू नै यसको दर्पण हो। यसका अनेकौँ कारणहरू छन् - ती मध्ये भोजनशैलीमा अनुशासनको कमि र आफ्नो भोजन र स्वस्थ भोजनशैलीको बारेमा उचित ज्ञानको कमि हुनु मुख्य कारणहरू हुन्। भोजन हाम्रो जीवनको आधारभूत आवश्यकता हो। भोजन गर्नु हाम्रो दैनिक जीवनको अभिन्न पाटो हो। भोजन बिना हाम्रो जीवनको अस्तित्व सम्भव छैन। त्यसैले हरेक व्यक्तिलाई स्वस्थ जीवनयापनाको लागि आफ्नो खाना र खानपिनको शैलीको बारेमा राम्रो आधारभूत ज्ञान हुन अत्यावश्यक छ।



अहिलेको समयमा इन्टरनेटमा खानाको पोषणको बारेमा छ्यापछ्यापती जानकारीहरू पाइन्छन्। कुन खानेकुरा राम्रो, कुन नराम्रो, के खाने, के नखाने आदि इत्यादि विषयमा अस्पष्ट त विरोधाभाषी जानकारीले हरेक व्यक्तिको दिमाग भरिएको छ। यस्तै अस्पष्ट जानकारीहरूले गर्दा के खाने , के नखाने कसले भनेको सही, कसले भनेको गलत छुट्यान नसकेको हामी झन् अलमलमा परिरहेकाछौँ । कतिपय व्यक्तिहरू चाहिँ कसैले, ‘ फलानो डायट एकदम राम्रो छ’ भनेको भरमा कुरै नबुझी अनुशरण गर्न पनि पछि पर्दैनन्। म आहिलेको जल्दोबल्दो उदाहरण दिन चाहन्छु- टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब लगायतका सामाजिक सञ्जालमा कसैले १ महिनामा १५ किलो वजन घटाएको भिडियो या पोस्ट गर्‍यो भने त्यसममा हजारौँको कमेन्ट पढ्न पाइन्छ। ‘हामीला पनि सिकाउनुहोस् न’ , ‘टिप्स फर वेट लस प्लिज’, ‘के के खाने गर्नुभएको छ सेयर गर्नुहोस् न प्लिज’ भन्दै धेरैको उत्सुकता भरिएको केमन्टहरू हेर्न पाइन्छ। के हामीले कहिल्यै विचार गरेका छौँ त? महिना दिनमा एकैचोटी १०-१५ किलो घटाउनु कत्तिको स्वास्थ्यवर्द्धक होला? उक्त व्यक्ति आहर र खानपानको विषयमा स्वयं कतिको जानकार हुनुहन्छ त? के उहाँले खाने भोजनाम पोषक तत्त्वको मात्रा पुगेको होला त? के हजुरको र त्यो व्यक्तिको शरीरको बनोट एकै प्रकारको छ त? पक्कै पनि छैन। हामी सबैको खानपानको तरिका शारीरिक बनोट, अन्तरिक रोग र दैनिक शारीरिक गतिविधिहरू भिन्न हुन्छन्। त्यसैले पक्का ज्ञानविना वा पोषणविद् या डाक्टरको सल्लाह र परामर्श बिना हचुवाको भरमा कुनै भोजनशैली अपनाउनु स्वास्थ्यको लागि फाइदा नभइ उल्टै अहितकारी हुन सक्छ।

स्वस्थ भोजन र भोजशैलिको बारेमा ज्ञान र चेतनाको कमिले गर्दा नै आजभोलि धेरै व्यक्तिहरूलाई कम उमेरमै उच्च रक्तचाप, मधुमेह, हृदयघात जस्ता रोहरूको सिकार हुनु परेको छ। कतिपय डाक्टरहरूलाई समेत स्वस्थ भोजनशैलीको वारेमा पक्का ज्ञान नभएको कारणले गर्दा बिरामीको रोग केबल औषधिहरूले मात्र थेगिरहेको अवस्था छ । स्वस्थ भोजनको साथसाथै स्वस्थ भोजनशैली हुनु पनि उत्तिकै महत्त्चपूर्ण छ। त्यसैले अहिलेको समयमा खानाको विषयलाई लिएर अधुरो ज्ञान लिएर अलमलमा पर्नु भन्दा कुनै डायटिसियनको सल्लाह र परामर्शमा आफ्नो लागि उपयुक्त भोजको योजना (डायट प्लान) र शैलीको बारेमा ज्ञान हासिल गर्नु भयो भने स्वस्थ जीवनयापन गर्नको लागि निकै नै सहयोगी हुनेछ। हामीला डायट प्लान किन चाहिन्छ त?

- आफ्नो शरीरअनुसार र आफ्नो शारीरिक गतिविधिहरू र सम्पूर्ण शारीरिक कार्य गर्नको लागि हाम्रो शरीरलाई जुन उर्जा चहिन्छ त्यहि अनुसारको भोजनको परिमाण निर्धारण गर्नको लागि

- कुनै पनि रोग लागेमा उचित डायट प्लानको मद्दतले छिटै रोगबाट उम्कन र रोगका लक्षणहरू न्यूनिकरण गर्नको लागि

दैनिक सन्तुलित भोजनको सेवन गर्नको लागि

- आफूलाई दैनिक चाहिने क्यालोरी अनुसारको भोजन गरेर आफ्नो वजनलाई सन्तुलनमा राख्नको लागि

- शरीरमा कुनै पनि पोषक तत्त्वको कमि हुन नदिनको लागि 

- विभिन्न प्रकारको स्वास्थ्यवर्द्धक भोजनको चयनद्वारा आप्नो स्वास्थ्यलाई सबल र मजबुत राख्नको लागि

- अस्वस्थ जीवनशैलि र भोजन शैलिको कारणले लाग्न सक्ने दीर्घ रोगहरूबाट बच्नको लागि

- आफ्नो जीवनमा भरपुर उर्जा शक्तिको प्रवाहको लागि

स्वास्थ्यवर्धक खाना र आहर योजनालाई कुनै क्षणिक अवधि अथवा समयको लागि मात्र भन्दा पनि सयलाई स्वस्थ जीवनशैलिको रूपमा लैजानसक्नु महत्त्वपूर्ण कुरा हो। कहिलेकाहीँ तलमाथि हुनकस्छ, त्यसले गर्दा पछुतो मान्नु पर्दैन, तर स्वस्थ जीवन बाँचनको लागि आफ्नो खानपानको शैलीमा केही अनुशासन त कुनै पर्छ। डायटिसियनको उचित सल्लाह, परामर्श र पोषण योजना (डायट प्लान)को सहायताले स्वस्थ जीवनयापनको लागि धेरै नै सहजिकरण हुन्छ।

- सुकृति घिमिरे 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.