H3N2 Influenza Ra Upachar | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

H3N2 इन्फ्लुएन्जा र उपचार





H3N2 मानसिहरूमा इन्फ्लुएन्जा (फ्लु) गराउने भाइसको प्रकार हो। यो इन्फ्लुइन्जा A भाइरसको एक प्रकार हो र यो प्राय जाडोयाममा देखिन्छ।

H3N2 इन्फ्लुएन्जा भाइरस (फ्लु) इन्फ्लुएन्जा भाइरसको संक्रमण पछि मानिसमा ज्वरो, रुघा, खोकी, नाकबाट तरल पदार्थ वग्ने, घाटी दुख्ने, थकान महसुस हुने, शरीर दुख्ने, पखाला लाग्ने, सास फेर्न गाह्रो हुने र कतिपयलाई आँखामा संक्रमण हुने समेतको लक्षणहरू देखिने गर्दछ । समयमै उपचार नभएमा मानिसको मृत्यु समेत हुने गरेको छ।

यो भाइरस भर्खरै पत्ता लागेको भाइरस भने होइन । सर्वप्रथम ५५ वर्ष पहिले चीन हङकङ्का केही क्षेत्रहरूमा कोभिड–१९ ले जस्तै महामारीको रूपमा फैलिएको यस भाइरसले त्यसबेला लगभग १० लाख जना मानिसको मृत्यु गराएको थियो। त्यसबेला यस भाइरसलाई हङकङ् फ्लूबाट भन्ने नामबाट चिनियो र हाल भारतबाट नेपाल आउने अन्य देशका मानिसमा र सीमा नाकामा बसोबास गर्ने मानिसहरुमा समेत यस भाइरसका लक्षणहरू देखा पर्ने गरेकोछ । उक्त भाइरसले पुरानो दम, निमोनिया भएका व्यक्तिलाई झन बढी असर देखाउने गर्दछ ।

भारतको स्वास्थ्य सम्बन्धि संस्था Indian Council Of Medical Research (ICMR) ले उक्त लक्षणसहितको H3N2 भाइरस प्रमाणित भएका बिरामीलाई आवश्यक नपरेसम्म एन्टिवायोटिक्स औषधिहरू नचलाउनु भनी विज्ञप्ती जारी गरी सुचित गराएको छ । उक्त अवस्थामा आवश्यक नहुने एन्टीवायोटिक्स चलाएमा नकारात्मक असर समेत गर्न सक्छ । भारतमा रहेका अस्पतालमा उक्त लक्षणसहित भर्ना हुने बिरामीहरुको तथ्याङ्क हेर्दा ९२% बिरामीलाई ज्वरो , ८६% बिरामीलाई खोकी, २७% बिरामीलाई सास फेर्न गाह्रो हुने, १०% बिरामीलाई आक्सिजन अवश्याक पर्ने, ७% बिरामीलाई I.C.U आवश्यक, १६% बिरामीलाई छातीमा घ्यारघ्यार हुने, १६% बिरामीलाई निमोनिया र ६% बिरामीलाई घबराहट हुने समस्या पाइएको छ ।

H3N2 इन्फ्लुएन्जा भाइरस अत्याधिक सङ्क्रामक हुन्छ । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलैसँग फैलन सक्छ । यो सङ्क्रमित व्यक्तिको र्‍यालको थोपाहरु हावामा फैलिएर कुनै पनि व्यक्तिको नाकको प्वाल वा मुखबाट सजिलै छिर्न सक्छ । त्यसैले आफू सङ्क्रमित भएमा कुनै पनि व्यक्तिसँग कुरा गर्दा उचित दुरी कायम गर्नुपर्छ अनि खोख्दा र हाच्छ्यु गर्दा मखु छोप्नुपर्छ ।

यो संक्रमण भएपछि ४ समूहका मानिसहरू जस्तै सुत्केरी महिला, बच्चाहरू, वृद्धवृद्धा र लामो समयदेखि कुनै पनि रोगले ग्रसित मानिसहरूलाई जोखिम बढी हुन्छ।

यो संक्रमणबाट बच्नकोलागि साबुनपानीले नियमित हात धुनुपर्छ, मास्क र स्यानिटाइजरको प्रयोग गर्नुपर्छ । हात नधोइकन अनुहार, नाक, मुख छुनुहुँदैन र सकेसम्म भिडभाडमा जानु हुँदैन । यसको उपचार भनेको आराम गर्ने, धेरै भन्दा धेरै झोल पदार्थ खाने र लक्षण देखिएपछि ४८ घण्टाभित्र चिकित्सकको सल्लाह अनुसार Anti-Viral औषधी प्रयोग गर्ने हो ।

उक्त लक्षणहरू देखा परेका बिरामीहरुले हेरचेक्रयाई तथा लापरवाही नगरिकन चिकित्सकको सम्पर्कमा रहेर, सरसल्लाह लिएर उपचार तथा जाँच गराएमा मानवीय क्षतिबाट बच्न सकिन्छ । मौसमी रूपमा परिवर्तन हुने यस भाइरसको लागि सुई पनि लागाउन सकिन्छ। इन्फ्लुएन्जा भाइरसको सुइमा यस भाइरस लगायत अन्य धेरै भाइरसको स्ट्रेनहरू समावेश गरिएका हुन्छन्।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.