हाँडे रोग (Mumps) रोकथाम र उपचार | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

हाँडे रोग (Mumps) रोकथाम र उपचार




   डा. राजकुमार विक - Jun 29 2023

परिचय
हाँडे रोग प्राय बालबालिकाहरूमा देखिने सरुवा रोग हो। यो प्राय: खोप नलगाएका १५ वर्ष मुनिका बालबालिकामा देखिने गर्छ। यो प्याराम्याक्सो या Mumps भाइरसको सङक्रमणले गर्दा लाग्ने रोग हो। यो प्राय रोग लागेका व्यक्तिहरूले खोक्दा हाच्छिउँ गर्दा निस्कने ससाना पानीका कणहरूमा, र्‍याल, पिसाबबाट दुषित भएका सामग्रीबाट सर्दछ। हाल काठमाडौँ उपत्यका वरपर बालबालिकाहरूमा धेरै मात्रामा देखिने गरेको छ।

लक्षण
केही व्यक्तिहरूमा सङ्क्रमण पछि पनि यसको कुनै पनि लक्षण देखिँदैन। केही व्यक्तिहरूमा शुरुमा एकपट्टीको र्‍याल ग्रन्थी (प्यारोटिड ग्रन्थी ) सुनिने गर्छ तर  ७०-९०% व्यक्तिमा मा दुबै पट्टीको ग्रन्थी सुनिने गर्छ ।
यो रोगको लक्षणहरूमा
ज्वरो आउने
गाला सुन्निने
कान दुख्ने
खाना खान वा चपाउन गाह्रो हुने गर्छ
तितो वा अमिलो खादा दुखाई बढ्ने हुन्छ

जटिलता
यदि यो रोगको समयमा नै व्यवस्थापन गर्न सकिएन र उपचार भएन भने
यो रोगले
केटाहरूमा अन्डकोशको सुजन (orchitis) या केटीहरूमा डिम्बाशयमो सुजन (oophoritis) गराउन सक्छ
स्नायु प्रणालीमा असर गर्न सक्छ
प्यानक्रियाजमा असर गर्छ
केही मा थाइराइड
मुटु
मृगौला
कलेजो तथा हाड जोर्नीमा पनि असर देखिने गर्छ

मस्तिस्कको बाहिरी भागमा सङ्क्रमण भएर र प्यान्क्रियाजमा असर परेर अस्पताल भर्ना भएका बिरामीहरू छन भने केहीमा अन्डकोशमा समस्या आएका बिरामी काठमाडौँउपत्यकामा भेट्टिएका छन ।

सङ्क्रमण अवधि
गाला सुनिनु १ दिन अघि देखी ५ दिन सम्मको अवधिमा रोगी व्यक्तिले अर्कोव्यक्तिलाई यो रोग सार्ने सम्भावना एकदम बढी रहन्छ । एक जना संक्रमित व्यक्तिले १० जना व्यक्तिमा कम्तिमा ४ देखी ८ जनामा सार्न सक्ने क्षमता रहन्छ । त्यसैले संक्रमित व्यक्तिलाई चिकित्सकको सल्लाह अनुसार कम्तिमा पनि ५ दिन घरमै आइसोलेसनमा राख्नुपर्ने हुन्छ ।

रोकथाम
समुदाय तथा विद्यालयमा फैलिन थालेमा चिकित्सकको सल्लाहमा १ महिनाको फरकमा हाडे बिरुद्ध(MMR - Mumphs Measles and Rubella) को खोपको २ डोज दिन सकिन्छ। पहिलो मात्राले ७८% र दोस्रो खोपको मात्राले ८८% सम्म रोगविरुद्धकाम गर्ने अध्ययनले देखाएको छ र संक्रमित भइसकेपछि खोप लगाएर कुनै पनि फाइदा नहुन सक्छ। रोगी व्यक्तिबाट टाढा बस्ने। व्यक्तिगत सरसफाइमा ध्यान दिने र साबुनपानीले हात धुने गर्दा यो रोग सर्नबाट जोगिन सकिन्छ।

उपचार
यो एक भाइरसको सङ्क्रमणले हुने भएकाले प्राय अवस्थामा अन्य सङ्क्रमण नभएसम्म अनावश्यक एन्टीबायोटिकको प्रयोग गर्नु हुँदैन । आधुनिक एलोपेथी चिकित्सा विज्ञानअनुसार टेपटाँस्नु खासै आवश्यक छैन या पहिलेको विश्वास अनुसार हाँडेलसुन या हाँडीको कालो लगाएर फाइदा हुने प्रमाण भेटिएको छैन।

रोग लागे पछि चिकित्सकको सम्पर्कमा बसेर चिकित्सकको सल्लाह अनुसार उपचार र हेरचाह गरेमा रोग छिट्टै निको हुने र माथि भनिए अनुसारका रोगका जटिलताहरूबाट पनि बच्न सकिन्छ।

“हाम्रो पात्रो हेल्थमा नेपाल मेडिकल काउन्सिलबाट प्रमाणित २४ विशेषज्ञतामा रहेका २८० जना भन्दा बढी डाक्टरहरू उपलब्ध हुनुहुन्छ। हाम्रो पात्रो हेल्थबाट यहाँले आफ्नो सहजतामा संसारको जुनसुकै स्थानबाट पनि प्रत्येक्ष भिडियो कलमा डाक्टरसँग परामर्श लिनसक्नुहुन्छ। थप जानकारीको लागि  https://health.hamropatro.com/ मा हेर्नुहोस्”

मन तातो पानीमा कपडा चोपेर गाला सुन्निएको ठाउँमा सेक्न सकिन्छ। प्रसस्त पानी, झोल कुरा र सुप खाने, व्यक्तिगत सरसफाइमा ध्यान दिने गर्नाले यो रोग निको हुन सहायता मिल्छ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.