Hyperthyroidism Ati Sakriya Thyroid | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

हाइपरथायरोइडिजम ( अति सक्रिय थायरोइड)





परिचय
थायरोइड ग्रन्थीले अति धेरै थायरोइड हर्मोन उत्पादन गर्दा हाइपथायरोइडिजम हुन्छ। यसलाई अति सक्रिय थायरोइड भनेर पनि भन्ने गरिन्छ। हाइपरथायरोइडिजमले शरीरमा हुने मेटबोलिजमलाई छिटो गराउँछ। जसको कारणले शरीरमा थुप्रे लक्षणहरू जस्तै वजन घट्ने, हात काम्ने, छिटो या अनियमित मुटुको गति हुने जस्ता लक्षणहरू देखिन्छ।

यसरोगको लागि थुप्रे उपचार विधिहरू छन्. र व्यक्ति र रोगको अवस्था अनुसार दक्ष चिकित्सकले उपयुक्त उपचारको निधो गर्नुपर्छ। थायरोइड सामान्य गराउने औषधिहरू तथा रेडियोआयोडिन प्रयोग गरेर थायरोइड ग्रन्थीले उत्पादन गर्ने हर्मोनको मात्रालाई कम गर्न सकिन्छ। कहिले काहीँ शल्यक्रिया गरेर थायरोइड ग्रन्थीको कुनै भाग या पूरै ग्रन्थी नै पनि हटाइन्छ। कुनै अवस्थामा अन्य कुनै कारणले हाइपथायरोइडिजम भएको हो त्यसरोगको उपचार या व्यवस्थापनले मात्र पनि हाइपरथायरोइडिजम ठिक हुन सक्छ।

लक्षणहरू
हाइपरथायरोइडिजम कहिले काहीँ अन्य रोगहरू जस्तै देखिन्छ। जसले गर्दा यसको पहिचान गर्न गाह्रो हुन सक्छ। यसको कारणले विभिन्न लक्षणहरू हुनसक्छ :
कुनै प्रयास र कसरत बिना नै वजन घट्ने
मुटुको गति बढ्ने, जसलाई ट्याकिकार्डिया पनि भनिन्छ।
मुटुको चालमा अनिमितता, जसलाई अरिद्‍मिया पनि भनिन्छ।
मुटुको धड्न बढ्ने, जसलाई पाल्पिटेसन पनि भनिन्छ।
भोक धेरै लाग्ने।
डर लाग्ने, एङ्जाइटी र चिडचिडाउने।
हात या औँलाहरू काम्ने
पसिना आउने।
मासिक रजस्वलामा परिवर्तन हुने
तातोसँग संवेदनशीलता बढ्ने
दिसाको मात्रा र समय चक्र परिवर्तन हुने, प्राय दिसा हुने चक्र बढ्ने
थायरोइड ग्रन्थी फुल्ने जसलाई कहिलेकाहीँ गलगाँड आएको भन्ने पनि गरिन्छ, घाँटीको तल सुन्निएको जस्तो देखिन्छ।
थकान लाग्ने
मांशपेशीको कमजोरी
निद्रामा समस्या
तातो र भिजेको छाला
पातलो छाला
मसिना र कमजोर कपाल

वयस्कहरूमा सहजरूपमा पहिचान गर्न नसकिने लक्षणहरू देखिनसक्छन् यी लक्षणहरूमा अनियमित मुटुको चाल, डिप्रेसन सामानय कामहरूमा पनि कमजोरी तथा थकानको अनुभव पर्दछन्।

डाक्टरलाई कतिखेर भेट्ने
यदि कुनै प्रयास बिना नै तौल घटिरहेको छ भने र मुटुको धढ्कन बढ्ने, असामान्य पसिना आउने र गर्धन भिज्ने हुन्छ भने हाइपरपथायरोइडिजम हुनसक्छ र डाक्टरसँग परामर्श लिनुहोस् सामान्य नै भए पनि तपाईँले अनुभव गर्नुभएका लक्षणहरू सबै डाक्टरलाई भन्नुहोस्
यदि हाइपरथायरोइडिजम रहेछ भने नियमित रूपमा फलोअपमा बस्नु पर्छ र स्थितीको नियमित निगरानीमा राख्नुपर्छ।

कारणहरू
थायरोइड ग्रन्थीलाई असर पार्ने धेरै मेडिक कारणहरूले गर्दा हाइपरथायरोइडिजम हुनसक्छ। थायरोइड घाँटीको तल्लो भागमा पुतलीको जस्तो आकार भएको ग्रन्थी हो। यसको शरीरमा ठूलो प्रभाव रहन्छ। मेटाबोलिजमको हरेक भागहरूलाई थायरोइड ग्रन्थीले उत्पादन गर्ने हर्मोनहरूले निरन्त्रण गर्दछन्।

थायरोइड ग्रन्थीले मुख्यगरि दुई प्रकारको हर्मोनहरू उत्पादन गर्दछन् : थायरोक्सिन (T-4) र ट्राइआयोडोथायरोनाइन (T-3). यी हर्मोनहरूले शरीरमा रहेका हरेक कोषहरूमा प्रभाव पार्छ। यसले शरीरले कसरी कार्बोहाइड्रेट र फ्याट प्रयोग गर्छ भन्ने निर्धारण गर्छ। यसले शरीरको तापक्रम पनि नियन्त्रण गर्छ। यसले मुटुको चाललाई पनि असर गर्छ। अनि यसले शरीरले कति प्रोटिन उत्पादन गर्छ भन्ने नियन्त्रण गर्छ।

थायरोइड ग्रन्थीले रक्तप्रवाहमा धेरै थायरोइडि हर्मोनहरू उत्सर्न गर्दा हाइपरथायरोइडिजम हुन्छ। हाइपरथायरोइडिजम विकास गर्ने स्थितीहरूमा निम्न पर्दछन्:
ग्रेभ्स रोग। ग्रेभ्स रोग भनेको एक अटोइम्युन रोग हो जसमा मानिसको प्रतिरक्षा प्रणालीले थायरोइड ग्रन्थीमाथि आक्रमण गर्दछ। जसले गर्दा

थायरोइड ग्रन्थीले एकदम धेरै थायरोइड हर्मोन उत्पादन गर्छ। हाइपरथायरोइडिजमको सबै भन्दा मुख्य कारण ग्रेभ्स रोग हो।

अति सक्रिय थायरोइड नोड्युलहरू यस अवस्थालाई टक्सिक एडेनोमा, टक्सिक मल्टिनोडुलर गोइटर र प्लमर रोग पनि भन्दछन्। थायरोइड एडेनोमाले एकदमै थायरोइड हर्मोन बनाएमा यस प्रकारको हाइपरथायरोइडिजम हुन्छ। एडेनोमा भनेको ग्रन्थीको एक भाग हो जुन ग्रन्थीको अन्य भाग भन्दा भिन्न रहेको हुन्छ। यसले गैह्र क्यान्सर जन्य डल्लो निर्माण गर्छ र जसले थायरोइडलाई सामान्य भन्दा ठूलो बनाउन सक्छ

थायरोडाइटिस। थायरोइड ग्रन्थीमा इन्फ्लामेसन भयो भने यस स्थितीको सिर्जना हुन्छ। केही अवस्थाहरूमा यो अटोइम्युन डिसअर्डर हो। अन्य अवस्थामा यो किन हुन्छ स्पष्ट छैन। इन्फ्लामेसनले थायरोइड ग्रन्थी थप थायरोइड हर्मोनहरू भन्डारण हुने र पछि रक्तप्रवाहमा मिसिने हुन्छ जसले हाइपरथायरोइडिजमको लक्षणहरू सिर्जना गर्छ।

जोखिमहरू
हाइपरथायरोइडिजमको जोखिमहरू निम्न छन्:
परिवारमा थायरोइडको रोग रहनु, विशेषरूपमा ग्रेभ्स रोग।
कुनै प्रकारको दीर्घ रोगहरू रहनु, जुनमा पर्निसियस एनिमिया र एड्रिनल इनसफिसियन्सी पर्दछन्।
नयाँ गर्भअवस्थामा थायरोडाइटिस विकास हुने जोखिमहरू बढ्छन्। जसले हाइपरथायरोइडिजम उत्पन्न गर्न सक्छ।

जटिलता
हाइपरथायरोइडिजमले निम्न जटिलताहरू उत्पन्न सक्छ।

मुटुको समस्याहरू
हाइपरथायरोइडिजमको सबै भन्दा गम्भीर जटिलताहरूमा मुटुका समस्याहरू पर्दछन्:
मुटुको चालमा हुने समस्या जसलाई अट्रियल फिब्रिलेसन भनिन्छ जसले स्ट्रोकको जोखिम बढाउँछ।
कन्जेस्टिभ हृदयघात, जसमा मुटुले शरीरको आवश्यकता अनुसार रक्तसंचार गर्न सक्दैन।

कमजोर हड्टीहरू
हइपरथायरोइडिजमको उपचार भएन भने यसले कमजोर र भाँचिने हड्डी गराउन सक्छ। यसलाई अस्टियोपोरोसिस भनिन्छ। हड्डीको शक्ति भनेको हड्डीमा क्याल्सियम र अन्य खनिजहरूको मात्रामा भर पर्छ। धेरै थायरोइड हर्मोन भएमा शरीरमा हड्डीमा क्याल्सियमको मात्रा घट्दै जान्छ।

दृष्टि कमजोर हुने
हाइपरथायरोइडिजम भएका केही व्यक्तिहरूमा थायरोइड आँखा रोग भन्ने समस्या उत्पन्न हुनसक्छ। धुम्रपान गर्ने मानिसहरूमा यो धेरै देखिन्छ। यस समस्याले आँखाको वरपर हुने तन्तु र मांशपेशीहरूमा असर गर्दछ।
थायरोइड आँखा रोगमा देखिने लक्षणहरू निम्न छन्:
आँखा बाहिर निक्लेको जस्तो देखिने
आँखा बिझाउने
आँखामा दुखाई या दवाबको महसुस हुने
आँखाको ढक्कन फुल्ने या सुक्ने
आँखा रातो हुने या इन्फ्लामेसन हुने
उज्यालोमा हेर्न गाह्रो हुने
एउटै कुरा दुईपटक देखिने

यस अवस्थाको उपचार नभएमा आँखाको दृष्टि बन्द हुनसक्छ

छालाको रङ परिवर्तन हुने या सुन्निने
कुने अवस्थामा ग्रेभ्स रोग लागेमा ग्रेभ्स डर्मोप्याथीमा विकास हुनसक्छ। यसले खुट्टा तथा घुँडा भन्दा तलको भागमा छालाको रङ परिवर्तन हुने र सुन्निने हुन सक्छ

थायरोटक्सिक क्राइसिस
थोरै देखिने यस समस्यालाई थायरोइड स्टोर्म पनि भनिन्छ। हाइपरथायरोइडिजमले थायरोटक्सिक क्राइसिसको जोखिम पनि बढाउँछ। यसले गम्भीर र कहिलेकाहीँ ज्यानको खतरा निम्त्याउन सक्छ जसलाई आकस्मिक उपचारको आवश्यकता पर्न सक्छ लक्षणहरूमा निम्न पर्न सक्छ
ज्वरो
मुटुको चाल बढ्ने
रिङ्गाटा लाग्ने
बान्ता हुने
पखाला लाग्ने
शरीरमा पानीको मात्रा घट्ने
हडबडाउने
भ्रान्ति हुने



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.