जाडोका घरेलु उपचारहरु | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

जाडोका घरेलु उपचारहरु




   Suyog Dhakal - Dec 22 2016

पुस फासफुस भन्ने भनाई हामीलाई धेरै सुनेका छौँ । अब हिँउदका दिनहरु छोटा भए भने रात लामा छन् । चिसो मौसमले हामीलाई धेरै प्रकारले असर गरेका छन्, घाम प्यारा लाग्नथालेका छन् अनि सिरक र सुईटर अनि ज्याकेट भित्र हामी गुडुल्किन थालिसक्यौ, हैन त ?

नाकवाट पानी चुहिरहेका, रसिला आँखाहरु, सिंगाने र नाके वोली, सुख्खा खोकी, टाउको दुखाई, ज्वरो अनि अन्य चिसोपनाका असरहरुका दिनहरु हामी माझ छन् । आउनुहोस यी सम्पूर्ण असरहरुवाट हामी घरेलुरुपमै कसरी बच्ने भनेँर छलफल गरौँ, हाम्रो पात्रोका प्रयोगकर्ताहरुको दिर्घायू र सुस्वास्थ्यका लागी सर्मपित यो कोसेली ।

१ः आफ्नो शरीरको रोगप्रतिरोधात्मक क्षमता वढाउनुहोस्

जाडोको समयमा हामी आफ्नो शरीरको रोग प्रतिरोधात्मक र संक्रमण प्रतिरोधात्मक क्षमताका वारेमा विशेष ध्यान दिन सक्षम हुनपर्दछ । भिटामीन सी प्रसस्त भएका खानेकुराहरु र मुख्यतया फलफूलहरु जस्तै कागती, सुन्तला, अमला, टमाटर, अम्बा, अगुंर, व्रोकोली, भेडे खोर्सानी र किवीहरुको सेवन गर्न जरुरी छ ।

२ः खुल्ला श्वासप्रस्वास प्रक्रिया
  
जाडो याममा हामीलाई नाक थुनिने, एउटामात्र नाकवाट श्वस फेरिने समस्या हुन्छ तर याद गरौँ न हाम्रा आमा, हजुरआमाहरुले तातो तातो झोल र सुपहरु खुवाएर हाम्रो बन्द नाकलाई खोल्ने घरेलु तरिकाहरु लाई, जाडोमा श्वासप्रस्वासलाई खुल्लाराख्न तातो खानेकुराहरु खान एकदमै जरुरी छ । धेरै चिया या कफि भन्दा पनि हरियो चिया अनि मनतातो पानीको सेवनले फाईदा पूर्याउछ है अनि हल्का मात्रामा पिरोपिरो खोर्सानीजन्य सुपको नियमित सेवनले फाईदा र शरीरको तापक्रमलाई पनि कायम राख्दछ ।

३ः लसुनको सेवनः

हिँउदमा लसुनको नियमित सेवन अत्यन्तै प्रभावकारी हुन्छ, लसुनले श्वासप्रब्वास अनि पाचन प्रक्रियालाई पनि सहज गराँउदछ । आँखा र नाकवाट पातलो पानी वग्ने समस्या भएकाहरुलाई लसुनको प्रयोगले तुरुन्तै आराम दिन्छ । लसुनको मात्रै सेवन गर्दा खेरि श्वासमा लसुनको गन्ध आउने हुन्छ तसर्थ लसुनलाई प्रसस्तमात्रामा खानेकुराहरुमा लसुन हालेर खाने गरेमा जाडोयामका धेरै समस्याहरुवाट मुक्ति पाईन्छ ।

४ः अदुवाको सेवन

लसुनजस्तै अदुवा पनि अत्यन्त प्रभावकारी कुरा हो, जाडोमा हामीमध्य धेरैलाई घाँटी दुख्ने अनि टन्सिलाईटीसको समस्या हुनेगर्दछ । अझ चिसो समयमा मोटरसाईकल चलाउनेहरुलाई त झन दिनैजसो यो समस्या हुन्छ । अर्कोतर्फ वोलिरहनुपर्ने पेशा जस्तै शिक्षक, मिडियाकर्मी अनि गाडीहरुमा कार्यरत साथीहरुलाई घाँटी दुख्ने समस्या धेरै हुन्छ । विभिन्न सर्वेक्षणहरुका अनुसार लामो समयसम्म घाँटीदुख्ने समस्या भएमा मुटुमा पनि समस्या हुनेभएकाले यस प्रति धेरै सबंदनशील हुन जरुरी छ । अदुवाको नियमित सेवन गर्नकालागी तरकारिहरुमा प्रसस्त अदुवा हालेर खाने, अदुवा चिया खाने र तातोपानीमा अदुवा हालेर खान पनि सकिन्छ । अदुवाले घाँटी र श्वासप्रश्वास सबैलाई सहज राख्दछ ।

४ः चिनी र गुलियो कुराको कम प्रयोग

चिनीको धेरै सेवनले हाम्रो शरीरमा प्रतिरोधात्मक क्षमता कम गर्दै भाईरसहरुलाई प्रश्रय दिनेगर्दछ । जाडोमा धेरै चिया खाने बानी गरिएमा चिनीको पनि चियासँगै धेरै सेवन हुनजान्छ र वेफाईदा पूर्याउँछ ।

५ः ओ मेघा ३ भएका खानाहरु वढी सेवन गर्ने 

ओमेघा ३, हाम्रो शरीरलाई नभई नहुने तत्व हो, फ्याटी एसिड भएका खानाहरु जस्तै माछा, आलस र ब्रोकोलीहरु सेवन स्वस्थ्यवर्धक रहन्छ । 


६ः खानपिनको धार परिवर्तन गर्ने

धेरै प्याकेटका खानेकुरा भन्दा पनि फाईबर र रेसाधेरै भएका खानेकुराहरुको सेवन र प्रसस्त पानी सेवन जरुरी छ । प्रशोधित कुराहरु भन्दा पनि पूर्ण अन्नहरुको अत्याधिक सेवन गर्नुहोला, फलफुल, तरकारि र प्रोटीन धेरैभएका खानाहरु खानुहोला ।

७ः घुमफिर 

सामान्यतया नेपाली समाजमा चिसोका वेला वाहिर निस्कियोभने चिसोले समात्ने, ज्वरो आउने धारणा छ तर त्यो सही हैन् । चिसो वातावरणले चिसो लाग्ने हैन तर चिसोमा ब्यबस्थितरुपमा शरीरको ख्याल गर्न नसकेमा चिसोले समात्दछ् । वाहिर निस्कन र घुमघाम गर्न डराउन पर्दैन तर सोही अनुसार पहिरन र खानपिन हुनपर्दछ ।

७ः दैनिक ब्यायाम

दैनिक रुपमा हल्का ब्यायाम र कसरत गरेमा शरीरमा स्फूर्ति र प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ।

८ः पर्याप्त निन्द्रा

दैनिक रुपमा ८ घन्टा सुत्न जरुरी छ, वेलामा सुत्ने र उठ्ने गर्न जरुरी छ ।

यि कुराहरु अपनाएर आफूलाई चिसोवाट जोगाउनुहोला, धुम्रपान अनि मधपानले हानी पूर्याँउछ भन्ने हामीसबैलाई थाहै छ, हैन र ?
आफ्ना खाना अनि भान्साहरुमा माथी उल्लेखित कुराहरु लगेर जाडो मैत्री खाना खानुहोला, सुस्वास्थ्यको कामना
--------------
हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.