Jwro Tatha Rugha Khoki | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

ज्वरो तथा रुघा खोकी उपचार र सावधानी





सामान्यतया मौसम परिवर्तनको बेलामा धेरैलाई ज्वरो र रूघा खोकीले सताउँछ । जनजीवनाको बोलीमा रुढी या ज्वरो मर्की भनिने यस्ता रोगहरू प्राय मौसम परिवर्तनको बेलामा देखिइरहन्छ। अहिले इन्फ्लुएन्जा ए, इन्फ्लुएन्जा बी भाइरस र ब्याक्टेरियाको सक्रियता बढेर तिनीहरूको सङ्क्रमणले यस्तो हुन्छ। यसका अन्य लक्षणहरूमा घाटी दुख्ने, सास फेर्न गाह्रो हुने, सुख्खा खोकी लाग्ने समस्या हुन सक्छ ।

चैत बैशाख महिना तथा मङ्सिर पौष महिनाका मौसम बदलिने समयमा यस्तो सङक्रमणका संख्यामा बढोत्तरी भएको देखिन्छ। तापक्रम बढेर जाने तर प्रदूषण नघटेको कारणले एलर्जी लगाएता समस्याको साथसाथै र अन्य वातावरणीय कारणले यसले गर्दा भाइरसको सक्रिता पनि बढ्छ। यस कारणले मानिसहरूमा सङ्क्रमण फैलिन्छ र मानिसहरूमा ज्वरो, रूघा खोकी, श्वासप्रश्वासमा समस्या, रोग प्रतिरक्षा प्रणालीको कमजोरी लगाएतका समस्याहरू देखिन्छन् ।

सामाजिक अन्तरक्रिया र सम्पर्कबाट यस्ता रोगहरू सहजै सर्दछन् । समाजिक भेटघाटमा सङ्क्रमित व्यक्तिसँग भौतिक दुरी र सावधानी नअपनाउँदा, मास्कको प्रयोग नगर्दा यस्ता रोगहरू सजिलै सर्दछन्।

सबै उमेर समूहका व्यक्तिलाई मौसमी ज्वरो, रुघा आदिको सङक्रमण हुनसक्छ तर कमजोर प्रतिरक्षा प्रणाली भएका, बालबालिका र वृद्धवृद्धाहरूलाई यसले धेरै दुःख दिन सक्छ।

सामान्य रूघाखोकी त हो नि भनेर हेलचक्र्याई गर्दा त्यसले अन्य रोगलाई जन्माउन सक्छ। सामान्य स्वास्थ्य अवस्था भएका व्यक्तिहरूले २-३ सम्म पनि तथा अन्य लक्षणहरू कम नभएमा वा बढ्दै गएमा। बेहोस हुने, बान्ताहुने जस्ता लक्षणहरू देखिएमा तुरन्त चिकित्सकको लैजानु पर्छ। कमजोर स्वास्थ्य स्थिती र दीर्घरोग भएका व्यक्तिहरूलाई झनै छिटो चिकित्सकोको लैजानु पर्ने हुनसक्छ।

यस्तो अवस्था मा अन्यवेलाको भन्दा बढी तरल पदार्थ पानि, दाल र सुप लगाएता बस्तुहरू सेवन गर्ने। दुध खाने बालबालिकालाई अरुबेला भन्दा बढी दुध चुसाउने। शरीरलाई न्यानो राख्ने तर नगुम्स्याउने। समय समयमा हात धुने। रोग सर्न नदिन उचित दुरीमा रहेर कुरा गर्ने। मास्क तथा रूमालको प्रयोग गर्ने।

सामान्यरूमा सिटामोल तथा टाउको दुखेको औषधि प्रयोग गर्न सकिने भए पनि चिकित्सकको सल्लाह बिना औषधि सेवन गर्नु हुँदैन। समाजमा जथाभावी रूपमा एन्टिबायोटिक औषधि प्रयोगले नयाँ स्वास्थ्य समस्याहरू निम्तिदै छन्। पसलमा गएर आफ्नो विचार अनुसार औषधि खाने बानीले जोखिम निम्त्याउन सक्छ।

पर्याप्त निद्रा, सन्तुलित खानपान, आरामम समय समयमा साबुन पानीले हात धुने, रोग सर्न नदिन उचित दुरीमा रहेर कुरा गर्ने। मास्क तथा रूमालको प्रयोग गर्ने। अन्यत्र निस्कदा साबधानी अपनाएर रोगबाट बच्न सकिन्छ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.