मधुमेह भनेको मानिसहरूको रगतमा ग्लुकोज (सुगर) बढी हुने दीर्घ रोग हो। यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन तर एक पुस्ताबाट अर्को पुस्तामा वंशाणुगतरूपमा सर्दछ।
यसको दुई प्रकार हुन्छन्:
टाइप वन डावेटिज – व्यक्तिको प्रतिरक्षा प्रणालीले ब्लडसुगर पचाउन प्रयोग हुने इन्सुलिन उत्पादन गर्ने कोषिकाहरूमा आक्रमण गरेर नष्ट गरेको कारणले हुने
टाइप टु डायवेटिज – शरीरले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन नगरेको भएर या इन्सुलिन प्रति संवेदनशीलता कम भएको भएर
टाइप वन डावेटिज डायबेटिज थोरै मात्रामा भेटिन्छन् र अधिकांश डायबेटिज टाइप टु डायवेटिज हुन्। उदाहरणको लागि अमेरिका या बेलायतमा डायबेटिजका रोगीहरू मध्ये ९०% भन्दा बढी टाइप टु डावेटिजका रोगीहरू छन्।
गर्भावस्थामा केही महिलाको शरीरमा पर्याप्त इन्सुलिन उत्पादन गर्न नसक्दा ग्लुकोजको मात्रा अधिक हुनसक्छ। यसलाई गर्भावस्थाको मधुमेह या जेस्चेसनल डायबेटिज भन्दछन्।
प्रिडायवेटिज
केही मानिसहरूका रगतमा साधारण भन्दा बढी ब्लड सुगर हुनसक्छ तर पनि डायवेटिज नै हो भनेर निदान भने गर्न सकिँदैन।
यसलाई कहिलेकाही प्रिडायवेटिज भनिन्छ। यदि ब्लड सुगरको स्तर सामान्य भन्दा उच्च छ भने तपाईँलाई डायवेटिज हुने उच्च जोखिम हुनसक्छ।
डायवेटिजको जतिसक्दो छिटो पहिचान गरेर उपचार सुरु गर्नु जरुरी हुन्छ। उपचारको ढिलाइले समस्या धेरै जटिल हुनसक्छ।
डाक्टरलाई कतिखेर भेट्ने
यदि निम्न प्रकारका लक्षण तथा चिन्हहरू छन् भने डाक्टरसँग परामर्श लिनुहोस्
- धेरै प्यास लागेको अनुभूति हुन्छ भने
- सामान्य भन्दा पढि पिसाब लाक्छ भने, विशेषतः राती
- थकित महसुस हुन्छ भने
- वजन घट्ने या मांशपेशीहरू घट्ने
- योनी या यौनाङ्गवरिपरि चिलाउने या फङ्गसको सङ्क्रमण हुने
- काटेका या अन्य घाउहरू निको हुन समय लाग्ने
- धमिलो दृष्टि
टाइप वन डावेटिज केही दिन या हप्ता भित्र नै विकास हुन सक्छ।
धेरै मानिसहरूलाई टाइप टु डावेटिज वर्षौँसम्म भए पछि केही लक्षणहरू प्रष्ट देखिँदा मात्र रोगको पहिचान हुन्छ।
डायवेटिजको कारणहरू
रगतमा ग्लोकोजको मात्रा इन्सुलिन भन्ने हर्मोनले नियन्त्रण गर्छ जसलाई प्यान्क्रियाज नामको ग्रन्थिले उत्पादन गर्छ।
जब तपाईँले खानु भएको खाना पच्छ त्यसबेला त्यो ग्लुकोजको रूपमा रगतमा मिसिन्छ र त्यसलाई इन्सुलिनले कोष भित्र लगेर त्यसबाट शक्ति उत्पादन् गर्न सहायता गर्दछ।
तर यदि तपाईँको शरीरमा डायवेटिज छ भने ग्लुकोजबाट शक्ति निकाल्ने प्रक्रिया पूरा हुन पाउँदैन। किन भने यस अवस्थामा कि त तपाईँको शरीरमा पर्याप्त इन्सुलिन हुँदैन कि उत्पादन भएको इन्सुलिनले राम्ररी काम गर्न सक्दैन।
टाइप वन डावेटिजको लागि जीवनशैली खानपान र क्रियाकपालहरू परिवर्तन गर्नु पर्दैन।
टाइप टु डावेटिजलाई स्वस्थकर खानपान, नियमित व्यायाम र वजनको व्यवस्थापन गरेर व्यवस्थापन गर्न सकिन्छ।
डायवेटिज रोग पछिको जीवन
यदि तपाईँलाई डयवेटिज छ भने, तपाईँले स्वस्थकर खाना खानु पर्छ, नियमित व्यायाम गर्नुपर्छ र तपाईँको रगतमा ग्लुकोजको मात्रा ठिक परिमाणमा छ कि छैन भनेर नियमित रगतको जाँच गर्नुपर्छ।
तपाईँले तपाईँको वजनको व्यवस्थापन गर्नुपर्छ त्यसको लागि BMI मापन प्रणालीको प्रयोग गर्न सक्नुहुन्छ।
टाइप वन डावेटिज लागेका व्यक्तिहरूले जीवनभर नियमित इन्सुलिन सुइ लिनुपर्ने हुन्छ।
टाइप टु डावेटिज विस्तारै बढ्ने रोग हो कुनै अवस्थामा औषधि आवश्यक पर्न सक्छ। प्राय चक्की औषधि पर्याप्त हुनसक्छ।
यसको बारेमा पनि जान्नुहोस्
डायवेटिक आँखा जाँच
१२ वर्ष माथिका डायवेटिज भएका जो कोही पनि वार्षिकरूपमा कम्तिमा १ पटक आँखा जाँच गराउनु पर्छ।
यदि तपाईँलाई डायवेटिज छ भने तपाईँको डायवेटिक रेटिनो प्याथी हुनसक्छ। यसको उपचार नभएमा दृष्टिविहिनतामा परिणत हुनसक्छ।
जाँच गर्न करिब ३० मिनेट लाग्छ जसमा आँखाको पछाडिको भागको जाँच गरिन्छ। यसले रोगलाई चाँडै पत्ता लगाएर प्रभावकारीरूपमा उपचार गर्न सकिन्छ।
Liked by: