मधुमेह भन्नाले एक मेटाबोलिक बिकार जस्मा रगतमा रकेको चिनीको मात्रा: बिशेषगरि ग्लुकोजको मात्रा अत्याधिक रुपमा बढ्दछ । मधुमेह मुलत दुई किसिमले लाग्नसक्छ: एक चिनीको मात्रा नियन्त्रणगर्ने हर्मोन "इन्सुलिन" को उत्पादनमा कमि वा इन्सुलिन ले ग्लुकोज माथि गर्ने प्रतिक्रियामा आँच आउनु । गएको २० वर्षमा मधुमेहको बिरामीहरुमा उल्लेखनीए रुपमा ब्रिधि भएको छ। आज मधुमेह विश्वमै एक डरलाग्दो समस्याको रुपमा स्थापित भैसकेको छ। यो बिश्वोब्यपी सामुदायिक स्वास्थको बिषय बनिसकेको छ। नेपालपनि यो भयाबह स्तिथिबाट अछुत्तो रहन सकेको छैन । नेपालमा केहि सोधपत्र मार्फत गरिएको खोजले मधुमेहको व्यापकता १० % को हाराहारी रहेको जनाएपनि बढ्दो सहरीकरण, जिबनशैली परिवर्तन, शारीरिक सक्रियताको कमिले येसको बिध्यमान स्तिथि अझ जटिल हुनसक्ने विज्ञहरु आँकलन गर्दछन । फिजियोथेरापी एक प्रमाणमा आधारित चिकीत्सा पद्दति हो । फिजियोथेरापीले मधुमेहको रोकथाम, उपचार र ब्यबस्थापन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। मधुमेहको लागि फिजियोथेरापी भन्नाले ब्यायाम र सो समन्धि शिक्षा, शारीरिक सक्रियता, बिभिन्न किसिमका जोखिममा नियन्त्रण जस्तै ब्लड प्रेसर को नियन्त्रण आधि हुन सक्दछन् ।
मधुमेह र ब्यायाम समन्धि निम्न तथ्यहरु प्रमाणित छन् :
- ब्यायाम मधुमेह को लागि एक महत्वपूर्ण उपचारात्मक पद्दति हो ।
- ब्यायामले मुटुको क्षमतामा बृदिगरि , मुटुतथा रक्तनली समबन्धि रोगको जोखिमलाई घटाउने काम गर्दछ ।
- कुनै पनि किसिम को मधुमेह को बिरामीलाई ३०- ६० मिनेटको मध्यम तीब्रताको ब्यायाम गर्न सुझाब गरिन्छ ।
- अत्यन्त जटिल किसिम को रेटिना (आँखा) को रोग बाहेक हरेक किसिम क मधुमेहको बिरामीको लागि शक्ति विकासगर्ने कसरत गर्न सकिन्छ ।
मधुमेह हुन नदिन के गर्ने ?
- दैनिक रुपमा ब्यायाम गर्ने।
- आफूलाई सकेसम्म सक्रिय राख्ने ।
- अफिसमा बसेरगर्ने काम भए , समय-समयमा उठ्ने, २-४ पाइला हिड्ने जस्तै पानी लिन जाने, एक चक्कर लाउने
खानपानमा बिशेष ध्यान दिने।
- सक्रिय रहन दौडने, साइकल चलाउने, पौडने, मर्निंग वाक गर्ने वा कुनै किसिमको कसरत गर्ने।
मधुमेह भैसकेका बिरामीले के गर्ने?
मधुमेह भैसकेपछि खानपान मा नियन्त्रण, चिकित्सकको सल्लाह बमोजिम औसधि सेवन गर्नुपर्दछ। यो बाहेक शारीरिक सक्रियता राख्न ब्यायाम गर्न पनि उत्तिकै आवश्यक छ।
मधुमेह भएपछिपनि माथि उल्लेख गरिएका सम्पूर्ण कसरत गर्न सकिन्छ तर कसरत गर्दा कुन कसरत कतिको तिब्रताका साथ गर्नुपर्दछ फिजियोथेरापिस्ट संग उचित परामर्श लिनु पर्दछ ।
बिनय कंडेल
प्रमुख फिजियोथेरापी यूनिट
बीर अस्पताल
Liked by: