मेरो दुध खाने बच्चा हुलुक्क बान्ता गरी रहन्छ, के गर्ने | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

मेरो दुध खाने बच्चा हुलुक्क बान्ता गरी रहन्छ, के गर्ने





हुर्लुक्क भनेको बिना बल पेटबाट तत्वहरु खाने नलि र मुखबाट निस्कनु हो र यसलाई बान्ताबाट कसरी छुट्याउने भने बान्ता बल पुर्वक हुने गर्दछ । नवजात शिशु र सानो बच्चाको केहि सामान्य शारिरिक परिवर्तनहरु हुन्छन ( Normal Physiological Changes) जस मध्ये हुर्लुक्क आउने (Regurgitation) मुख्य हो ।

बच्चाहरुले थोरै मात्रामा बित्रेको दुध जस्तो अथवा दहि जस्तो सेतो पदार्थ निकाल्छन् किन भने खाने नलि (Esophagus) र पेट (Stomach) को बिचमा हुने Lower Esophageal Sphincter ( गार्ड) खुकुलो र अपरिपक्क हुन्छ जस्को काम खानालाई नलिमा फिर्ता आउन नदिनु हो ।

यो अवस्था सामान्य हो जब सम्म नवजात शिशुको तौल दिन दिनै बढि रहेको छ र दिनमा ६-८ पटक सम्म पिसाब फेरि रहेको छ र ठुलो बच्चाको तौलमा कमि आएको छैन भने डराउनु पर्दैन ।

साथ साथै कहिले काहि ठुला बच्चाहरुले पिचि पिचि थुक्ने, हुलुक्क निकाल्ने गर्छन भने त्यो Acidity/Heart Burn हुन सक्छ ।

यसको अरु कारणहरु :-
बढी खुवाउनु (Over Feeding)
झाडा पखाला(Gastroenteritis)
पिनास पर्नु (Sinusitis)
पिसाबको संक्रमण (Urinary tract Infection)
कानको संक्रमण (Acute otitis Media)

नवजात शिशुको हकमा यसबाट बच्ने उपायहरु:-
बढि नखुवाउने (८-१२ Feeds per day)
दुध खुवाई सके पछि बच्चालाई ठाडो पारेर ढ्याउ गराउने (Burping)
बच्चालाई रित्तो दुध नचुसाउने

समय संगै बच्चा पनि हुर्किदै जान्छ र त्यो Sphincter पनि कसिदै जानेछ र समस्या समाधान हुदै जानेछ ।
कहिले काहि धैरे हुर्लुक्क आएमा औषधिको मद्धत लिनु पर्ने हुन सक्छ जस्तै उल्टि रोक्ने औषधी ,Acidity लाई रोक्ने औषधि आदि ।

बार्नु पर्ने कुराहरु :-
 - ठुला बच्चाहरुलाई चक्लेट, चिया, कफि जस्ता क्याफिन युक्त (Caffeine) खाने कुराहरु नदिने, दिनै पर्ने भएमा कम दिने ।
- Non-Steroidal anti- inflammatory drugs ( Ibuprofen, Aspirin,Nimesulide) जस्ता औषधिहरुको प्रयोग चिकित्सकको परामर्श बिना नगर्ने ।
- जंक फुडको प्रयोग कम गर्ने ।
- सुत्दा सिरानिको भाग अलि कति अग्लो बनाईदिने ।

डा. मुक्ति घिमिरे
(वालरोग विशेषज्ञ)
NMC No. 8225



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.