हाम्रो सोच अनि शरीर | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

हाम्रो सोच अनि शरीर




पेनकिलरप्रतिको विश्वासले मात्र पेनकिलरले शरीरमा काम गर्दछ भनेजस्तै, यदि कुनै उपचारबारे नकारात्मक धारणा राख्दा उपचारले काम गर्दैन ।



नयाँ अध्ययनहरुले देखाएअनुसार मानिसको स्वास्थ्य र सोचाइमा अद्भूत सम्बन्ध छ । शारीरिक व्यायाम गरेरै स्वस्थ बन्छु भनेर सोच्नु भएकाहरुले शारीरिक व्यायाम नगर्दा वा गर्न नपुग्दा पनि अस्वस्थ महसुस गर्न सक्नुहुनेछ ।

अमेरिकास्थित स्ट्यानफोर्ड विश्वविद्यालयले ६१ हजार वयस्कमा २१ वर्ष लगाएर उनीहरुले गर्ने व्यायामको समय र उनीहरुको सोचाइमा उनीहरुका उमेरका मानिसले गर्नुपर्ने व्यायामको समयको तुलना गरेका थिए । विभिन्न कारकहरुलाई ध्यानमा राख्दै, अनुसन्धानकर्ताहरुले अनौठो परिणाम पत्ता लगाएका थिए । उनीहरुको उमेरका मानिसहरुले गर्नुपर्ने व्यायामको समयअनुसार व्यायाम नगरेका मानिसहरुको कम उमेरमा निधन भएको पाइएको थियो । तर, यथार्थ के थियो भने धेरै व्यायाम गर्छु भन्नेहरु र कम व्यायाम गरेको ठान्नेहरुले बराबर व्यायाम गर्ने गरेका थिए । अनुसन्धानमा सहभागीहरुको स्वास्थ्य अवस्था र धुम्रपान गर्ने बानीलाई मध्यनजर गर्दा पनि सोही परिणाम दोहोरिएको थियो । मानिसको उमेर बढाउनमा व्यायामले अवश्य पनि सहयोग गर्दछ तर यस अनुसन्धानका अनुसार व्यायामबारेको धारणाले पनि स्वास्थ्यस्थिति फरक पर्ने देखाएको छ । यस अनुसन्धानका शोधकर्ता ओक्टेभिया जाह्र्टले आफ्नो व्यक्तिगत अनुभवका आधारमा यो अनुसन्धान अगाडि बढाएको बताउँछिन् । पहिलो पल्ट स्ट्यानफोर्ड विश्वविद्यालय पुग्दा प्राय मानिसहरु जीम गर्न निस्केको देख्दा, लण्डनकी बासिन्दा उनले आफूलाई अस्वस्थ महसुस गर्न थालिन् । अरुभन्दा आफू कम व्यायाम गर्छु भन्ने सोचाइले पनि आफू अस्वस्थ भइन्छ कि के हो बाट सुरु भएको उनको अध्ययनले उनको अनुमानलाई सही प्रमाणित गरिदियो । आफ्नो साथीभाइ वा आफ्नो उमेरका मानिसहरुभन्दा आफु कम व्यायाम गर्ने सोच राख्दा पनि कम आयुमा मृत्यु हुन सक्ने सम्भावना ७१ प्रतिशतले वृद्धि हुने उनको अनुसन्धानले देखाएको छ । जाह्र्टको यो दाबी आश्चर्यलाग्दो भएपनि, व्यायामप्रतिको हाम्रो सोचाइले हाम्रो स्वास्थ्यमा प्रभाव पार्दछ भन्ने तीन आधारहरु यस्ता छन् ।

पहिलो त हामी आफूलाई स्वस्थ मान्दैनौँ भने हामी चिन्तित त हुने नै भयौँ । शारीरिक रुपमा स्वस्थ रहन व्यायाम चाहिने सन्देशहरु र अरुले प्रशस्त मात्रामा व्यायामको गरिरहेका देख्दा, हामी आफूलाई अस्वस्थ मान्दै आफ्नो चिन्ता बढाइरहेका हुन सक्छौँ । यसले गर्दा हाम्रो शरीरलाई झनै हानी पुर्याईरहेको हुन्छ । 

दोस्रो यो पनि हुन सक्छ कि तपाईँ के ले प्रेरित हुनुहुन्छ ? यदि तपाईँ आफूले आफूलाई तन्दुरुस्त र फूर्तिलो छु भन्ने सोच्नुहुन्छ र यहीँ प्रेरणाले व्यायाम गर्नुहुन्छ भने यसले तपाईँलाई थप सकारात्मक उर्जा प्रदान गर्दछ । २०१५ मा भएको अनुसन्धानले बताएअनुसार पनि हामी हाम्रो साथीभन्दा कम व्यायाम गर्छाैँ भन्ने अनुभवले मात्र पनि एक वर्षभित्रैमा हामी व्यायाम नै गर्न छाडिदिन्छौँ । अरुले आफूलेभन्दा बढी व्यायाम गरिरहेकाले मात्र पनि हामी आफू हतोत्साहित हुन्छौँ अनि बरु गर्नै छाडिदिन्छौँ ।

तेस्रो कारण यो पनि हुन सक्छः पेनकिलरप्रतिको विश्वासले मात्र पेनकिलरले शरीरमा काम गर्दछ भनेजस्तै, यदि कुनै उपचारबारे नकारात्मक धारणा राख्दा उपचारले काम गर्दैन । त्यस्तै कोही मानिसले आफ्नो साथीसँग तुलना गर्दै आफूले गर्दै आएको व्यायामप्रति नकारात्मक भइदिँदा त्यसले समेत फाइदा पु¥याउन सक्दैन । 

सन् २००७ मा गरेको अर्को अनुसन्धानअनुसार होटलमा हाउसकिपरहरुले दिनहुँ गर्ने काम पनि व्यायाम हो । होटलका भर्याङ्गमा तलमाथि गर्दा, सामान राख्दा वा ओसार्दा, सफा गर्दा, भ्याकुम लगाउँदा वा तन्ना नै फेर्दा पनि व्यायाम हुन्छन् तर हाउसकिपरहरुले यसलाई व्यायाम मान्दैनन् थिए ।स्ट्यानफोर्डका शोधकर्ताले यी हाउसकिपरमध्येका आदिलाई मात्र उनीहरुको काम कसरी व्यायाम हो र यसले उनीहरुलाई कसरी फाइदा पुर्याइरहेको भनेर व्याख्या गरिन् । एक महिनापछि, ती समूहको तौल घटेको र प्रेसर कम भएको पाइयो । आफ्नो कामलाई कसरतको रुपमा लिँदा, यसले उनीहरुको शरीरमा पनि प्रभाव देखिएको थियो । मानिसहरु ६० वर्षको उमेरमा आफूलाई बुढो भएको र कमजोर भएको महसुस गर्दछन् र साथै शारीरिक रुपमा अशक्त भएको पनि । मानसिक रुपमा नै आफूलाई कमजोर मान्दै, व्यायाम रोक्नाले र चिन्ता बढ्दै जान्नाले पनि यसले हाम्रो शरीरमा प्रभाव देखिन्छ ।

माथि दिइएको व्याख्याले समेत के देखाउँछ भने मानिसहरुले आफ्नो व्यायाम गर्ने समय साथीहरुसँग तुलना गरेर चिन्ता बढाउने गर्नाले उनीहरुलाई व्यायामले पनि फाइदा पुर्याउन सक्दैन । यसको पूर्ण जवाफ पत्ता लागिसकेको छैन, तर के कुरा प्रष्ट भइसक्यो भने हाम्रो सोचाइ वा धारणाले हाम्रो स्वास्थ्यलाई प्रभाव पारिरहेको हुन्छ ।

यो लेखले हामीलाई अलमलमा पार्न सक्छ । सोचेरै मात्र हामी स्वस्थ हुन सक्छौँ भन्ने होइन । व्यायाम गर्दा, यसले हामीलाई चिन्ता दिने भन्दा पनि फाइदा पुर्याउन सक्नुपर्छ । साथी वा आफ्नो उमेरका मानिसहरुले गरेको व्यायामसँग तुलना गर्दै आफूलाई हतोत्साहित गर्नुभन्दा पनि सधैँ आफूलाई प्रेरित र सकारात्मक बनाउँदै लानुपर्छ । यसरी नै हामीले हाम्रो स्वास्थ्य स्वस्थ राख्न र आयु लम्ब्याउन सक्छौँ ।  

*क्लडिया ह्याम्मोडले बिबिसीका लागि लेखेको लेखबाट अनुवादित ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.