Motopnaa | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

मोटोपना





परिचय
मोटोपन एक स्वास्थ्य समस्या हो जसमा शरीरमा धेरै बोसो जम्मा भएको हुन्छ। यो सौन्दर्यमूलक समस्या मात्र हैन। यो चिकित्सकीय समस्या पनि हो जसले अन्य धेरै स्वास्थ्य समस्याहरू र स्वास्थ्य जोखिमहरू बढाउन सक्छ। यसमा मुटुको रोगहरू, मधुमेह (डायबेटिज), उच्च रक्तचाप, उच्च कोलेस्टोरल, कलेजोको रोग, स्लिप एप्निया र केही प्रकारका क्यान्सरहरू पर्दछन्।

मानिसहरूलाई आफ्नो तौल घटाउन समस्या पर्ने केही कारणहरू हुन्छन्। प्रयः मोटोपन आनुवंशिक गुणहरू, शारीरिक तथा वातावरणीय कारणहरू, खानपान, शारीरिक सक्रियता र अभ्यास आदिमा निर्भर गर्दछ।
राम्रो कुरा चाहिँ के हो भने सामान्य वजन घटाउँदा पनि मोटोपनले गर्ने स्वास्थ्य समस्याहरू र जोखिम कम गर्दछ। स्वस्थकर खानपान, बढी शारीरिक सक्रियता र व्यवहार परिवर्तनले व्यक्तिलाई तौल घटाउन मद्दत गर्छ। डाक्टरको निगरानीमा औषधि सेवन र तौल घटाउने उपचारहरू गरेर पनि केही तरिकाद्वारा तौल घटाउन सकिन्छ।

लक्षणहरू
मोटोपनको पहिचानको लागि बडी मास इन्डेक्स जसलाई सामानय रूपमा BMI भनिने मापनको प्रयोग गरिन्छ। BMI निकाल्नको लागि पाउन्डमा रहेको तौललाई ७०३ ले गुणा गरेर इन्चमा रहेको उचाइले दुईपटक भाग गर्नुपर्छ। या किलोग्राम तौललाई मिटरमा रहेको उचाईको वर्गले भाग गरेर पनि निकाल्न सकिन्छ। अनलाइनमा पनि थुप्रै BMI क्याल्कुलेटरहरू उपलब्ध छन् जसलाई प्रयोग गरेर BMI हिसाब गर्न सकिन्छ।

BMI.                                            तौलको स्थिती
१८.५ भन्दा तल.                               कम तौल
१८.५-२४.९                                      स्वस्थ
२५.०-२९.९                                      उच्च तौल
३०.० देखि माथि                               मोटोपना

एसियालीहरू जसको BMI २३ देखि माथि छ भने उनीहरूलाई स्वास्थ्य समस्याहरूको जोखिम हुनसक्छ।

प्रायः व्यक्तिहरूमा BMI ले मानिसहरूको मोटोपनको सरदर मापन गर्दछ। तर BMI ले शरीरको सटिक मोटोपनको मापन गर्दैन। केही व्यक्तिहरू जसको मांशपेशी सुगठित हुन्छ जस्तै खेलाडीहरू उनीहरूको BMI उच्च हुँदाहुँदै पनि उनीहरूको शरीरमा बोसो नरहेको हुनसक्छ।

प्रायः स्वास्थ्य सेवा प्रदायकहरूले उपचारको निर्णय लिन कम्मरको मोटोपन पनि मापन गर्ने गर्दछन्। यसलाई कम्मरको परिमिति या सर्कमफेरेन्स भन्ने गरिन्छ। पुरुषहरूमा ४० इन्च अथवा १०२ सेन्टिमिटर कम्मरको नापो भन्दा माथि स्वास्थ्य समस्याहरू बढ्न थाल्दछन्। महिलाहरूमा ३५ इन्छ अथवा ८९ सेन्टिमिटर कम्मरको नापो भन्दा माथि स्वस्थ समस्याहरू बाढ्न थाल्दछन्। शरीरमा बोसोको प्रतिशत कति छ भन्ने मापन तौल घटाउँदा प्रयोग गर्न सकिन्छ।

डाक्टरलाई कतिखेर भेट्ने
यदि तपाईँसँग तौल सम्बन्धी प्रश्न तथा सरोकारहरू छन् भने तपाईँको स्वास्थ्य सेवा प्रदायकलाई तौल व्यवस्थापन सम्बन्धी कुरा गर्नुहोस्। तपाईँ र तपाईँको स्वास्थ्य सेवा प्रदायक टिमले तपाईँको स्थितीको जाँच र पुनरावलोकन गर्नेछन् र तौल घटाउने तरिका बताउनेछन्।

कारणहरू
वंशानुगत कारण, व्यवहार, शरीरमा मेटाबोलिजमको स्थिती, हर्मोनहरूको स्थितीमा निर्भर हुने भएपनि मोटोपन सामान्यरूपमा बुझ्दा तपाईँले दैनिकरूपमा प्रयोग गर्नुहुने क्यालोरी भन्दा बढीक्यालोरी शरीरमा लिनुभएको कारणले नै मोटोपन बढेको हो भन्ने बुझ्नुपर्छ। तपाईँको शरीरमा जम्मा भएको क्यालोरीनै मोटोपनमा बदलिन्छ।
अमेरिकाको कुरा गर्ने हो भने सरदरमा हरेक व्यक्तिको खाना उच्च क्यालोरीयुक्त हुन्छन् जसमा गुलियो पेय र फास्टफुड पर्दछन्। मोटोपन भएका मानिसले स्वतः बढी खाना खाँदा मात्र अघाएको अनुभव गर्छन्, छिटो भोकाएको अनुभव गर्छन् या तनाब र एङ्जाइटीको कारणले बढी खान्छन्।
पश्चिमी देशहरूमा बस्ने मानिहरूको दैनिक जीवनमा शारीरिक परिश्रम गर्नुपर्ने कामहरू कम हुँदै गएको छ र दैनिकरूपमा आवश्यक पर्ने क्यालोरी पनि कम भएको छ। नेपालमा पनि विकाससँगै शहरी भेगमा शारीरिक क्रियाकलापहरू कम हुनाले यस्तै प्रकारको समस्याहरू देखिँदै छन्। रिमोट कन्ट्रोल, विद्युतीय भर्‍याङहरू, अनलाइन किनमेल आदिको कारणले दैनिक क्रियाकलापहरूमा शारीरिक परिश्रम घट्दै छ।

जोखिमहरू
मोटोपन हुनमा थुप्रै सहायक कारणहरू र कारणहुन्छन्:

पारिवारिक आनुवंशिकता र प्रभावहरू
तपाईँको आमाबुबाबाट प्राप्त जीवांश या जीनले तपाईँको शरीरले कति बोसो भण्डारण गर्छ र कहाँ कहाँ बोसोहरू रहन्छन् भन्ने कुराको निर्धारण गर्छ। यसै आनुवंशिकताले नै कुन दरमा तपाईँको शरीरले खानालाई शक्तिमा बदल्न सक्छ र तपाईँको भोक र कसरी क्यालोरीलाई काम गर्दा प्रयोग गर्छ भन्ने निर्धारण गर्छ।

मोटोपन परिवारमा एक पुस्ताबाट अर्को पुस्तामा सर्छ। यो जीवांशको या जिनको कारणले मात्र हैन। परिवारका सदस्यहरूको खानपान र सक्रियता सम्बन्धी बानी व्यवहार पनि उस्तै हुने भएकोले मोटोपन पनि पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै जान्छ।

जीवन शैलीको रोजाइ
अस्वस्थकर खानपान
तरल क्यालोरी मानसिहरूले नअघाइकन धेरै क्यालोरी लिन सक्छन् जस्तै अल्कोहल। अन्य धेरे क्यालोरी भएका पेय पदार्थहरू जस्तै चिनीयुक्त कोल्डड्रिङ्कहरू ले पनि तौल बढ्न सहायता गर्न सक्छ।

शारीरिक निश्क्रियता
यदि तपाईँले जीवन शैली शारीरिक निश्कृयताछ भने र तपाईँले लिनुहुने क्यालोरी दैनिक क्रियाकलापमा उपयोग भएन भने। कम्प्युटरको काम, ट्याब्लेट र फोनमा गरिने कामलाई निश्कृयता भन्न सकिन्छ। नयाँ खोजले स्क्रिनको अगाडि बस्ने समयको अवधिले पनि तौल वृद्धिसँग सम्बन्धित हुन्छ भन्ने खुलेको छ।

केही रोगहरू र औषधिहरू
केही अवस्थामा मानिसको मोटोपन चिकित्सकीय कारणसँग पनि सम्बन्धित हुन्छ जस्तै हाइपोथायोरोइडिजम, कुशिङ सिन्ड्रम,प्रेडर-विली सिन्ड्रम तथा अन्य स्थितीहरू। जोर्नी दुख्ने रोग या आर्थराइटिसले पनि जोर्नीको दुखाइले हुने शारीरिक सक्रियताताको कमिबाट तौल बढ्न सक्छ।
केही औषधिले पनि तपाईँको तौल बढाउन सक्छ र त्यसलाई शारीरिक सक्रियता र खानाबाट व्यवस्थापन गर्न सकिन्छ। यी औषधिहरूमा स्टेरोइड, केही एन्टिडिप्रेसेन्टहरू, छारे रोगका औषधिहरू, डायबेटिजका औषधिहरू, एन्टिसाइकोटिक औैषधिहरू र केही बिटाब्लकरहरू।

सामाजिक र आर्थिक कारकहरू
मोटोपनसँग सामाजिक तथा आर्थिक कारकहरू जोडिएका हुन्छन्। यदि हिँडडुल गर्नको लागि सुरक्षित स्थान भएन भने मोटोपन घटाउन गाह्रो हुन्छ। स्वस्थकर खाना पकाउन या तरार गर्न नसिकेको हुनसक्छ। या कतिपय मानिसको स्वस्थकर खानामा पहुँच नहुन पनि सक्छ। या तपाईँले सँगै समय बिताउने व्यक्तिले पनि तपाईँको तौल बढ्नमा प्रभाव पारिरहेको हुनसक्छ। यदि तपाईँको साथीहरू या नातेदार मोटा छन् भने तपाईँ पनि मोटोहुने सम्भावना बढी हुन्छ।

उमेर
मोटोपन जुनसुकै उमेरमा पनि हुनसक्छ र बालबालिकामा पनि हुनसक्छ। तर उमेर बढ्दै जाँदा हर्मोनको परिवर्तन र शारीरिक निश्कृयताले गर्दा तौल बढ्ने जोखिम रहन्छ। शरीरमा रहेको मांशपेशीको मात्रा पनि उमेर अनुसार घट्दै जान्छ। मांशपेशीकोमात्रा घट्दै गएपछि मेटाबोलिजमको दर पनि घट्दै जान्छ। यी परिवर्तनले गर्दा क्यालोरीको आवश्यकता पनि घट्दै जान्छ र बढेको तौललाई पनि घटाउन गाह्रो हुन्छ। यदि शारीरिकरूपमा सक्रिय रहन र के खाँदै हुनुहुन्छ भन्ने कुरामा ध्यान दिनुभएन भने तपाईँको तौल बढ्न सक्छ।

अन्य कारकहरू
गर्भावस्था:
गर्भावस्थामा तौल बढ्नुलाई सामान्यरूपमा लिइन्छ। तर केही महिलाहरूलाई बच्चा पैदा भइसके पछि पनि यो बढेको तौल घटाउन गाह्रो हुन्छ। यस बढेको तौलले महिलाहरूको मोटोपनमा योगदान दिनसक्छ।
धुम्रपानको त्याग: धुम्रपान गरिरहनुभएका व्यक्तिले धुम्रपान छोड्नुहुँदा पनि तौल बढ्न सक्छ। र केही व्यकतिमा बढेको तौल धेरै भएर मोटोपन नै हुन सक्छ। केही अवस्थामा मानिसहरू धुम्रपान छोड्नको लागि खानाको साहरा लिन्छन् त्यसकारण पनि तौल बढ्छ। तर धुम्रपान छोड्नु तपाईँको स्वास्थ्यको लागि एकदम फाइदाजनक हुन्छ। तपाईँको स्वास्थ्य सेवा प्रदायकले तपाईँको तौल व्यवस्थापन गर्न सहायता गर्न सक्छन्।
निद्राको कमि: पर्याप्त निद्रा नपुग्दा व्यक्तिको हर्मोनमा परिवर्तन भएर बढी भोक लाग्ने हुनसक्छ। त्यसैले धेरै सुत्दा पनि। तपाईँलाई धेरै खाना खान मन लाग्ने र शरीरमा क्यालोरीको मात्रा बढ्ने र तौलबढ्न सहायता गर्न सक्छ।
तनाब: धेरै बाह्य कारकहरू जसले मानसिक स्तिती र स्वास्थ्यलाई असर गर्छ तिनले मोटोपनमा योगदान दिन सक्छ। मानिसहरू तनाबको बेला धेरै क्यालोरीहुने खानाहरू खानमन गर्छन्।
माइक्रोबायोम: तपाईँको पेटको ब्याक्टेरिया तपाईँले के खानुहुन्छ भन्नेकुराले प्रभावित हुन्छ त ती ब्याक्टेरियाले तपाईँको तौलमा प्रभाव पार्न सक्छ।
यदि तपाईँको माथिका एक या एकभन्दा बढी जोखिम भए पनि यसको अर्थ यो हैन कि तपाईँले मोटोपनलाई स्वीकार्नुपर्छ। तपाईँले माथिका जोखिमका कारकहरूलाई खाना, शारीरिक कसरत र सक्रियताले न्युनिकरण गर्नसक्नुहुन्छ। व्यवहार परिवर्तन, औषधिहरू र उपचारले पनि मोटोपनमा सघाउन सक्छ।

जटिलता

मोटोपन भएका मानिसहरू गम्भीर स्वास्थ्य समस्याहरूको सम्भावना र जोखिममा पर्छन् जस्तै:
मुटुको रोग र स्ट्रोक: मोटोपनले उच्च रक्तचाप र कोलेस्टोरलको स्तर बढ्न सक्छ, जसले मोटुको रोग र स्ट्रोकको जोखिम बढाउँछ।
टाइप २ डायबेटिज: मोटोपनले शरीरले कसरी इन्सुलिन प्रयोग गर्छ र रगतमा ग्लुकोजको स्तर व्यवस्थापन गर्छ त्यसमा प्रभाव पार्छ। यसले इन्सुलिन रेसिस्टेन्स र डायबेटिजको जोखिम बढाउँछ।
केही प्रकारका क्यान्सरहरू: मोटोपनले पाठेघरको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, इन्डोमेट्रियम, डिम्बाशय, स्तन, ठुलो आन्द्रा, मलद्वार,खाना नली, कलेजो, पित्तथैली, प्यान्क्रियाज र प्रोस्टेटको क्यान्सरहरू गराउन सक्छ।
पाचन प्रणालीको समस्याहरू: मोटोपनले पेटको माथिल्लो भागमा जलन हुने, पित्तथैली र कलेजोको समस्याहरू गराउन सक्छ।
स्लिप एप्निया: मोटोपन भएका मानिसहरूमा स्लिप एप्नियाको समस्या हुनसक्छ जसमा सुतेको बेलामा बारम्बार सास रोकिने र सुरुहुने हुन्छ।
अस्टियोआर्थ्रराइटिस: मोटोले तौल बोक्ने जोर्नीहरूमा जोडपार्छ। यसले सुजन पनि गराउँछ जसले सुन्निने दुख्ने र शरीर तातेको अनुभव हुन्छ। यसले गर्दा अस्टियोआर्थ्रराइटिस जस्तो जटिलताको निर्णय हुन्छ।
फ्याट्टी लिभर डिजिज: कलेजोमा अत्याधिक बोसो जम्माहुँदा मोटोपनले फ्याट्टी लिभर डिजिज र स्थितीको सिर्जना गर्छ। केही अवस्थामा यसले कलेजोको क्षति लिभर सिरोसिसको स्थिती निम्त्याउन सक्छ।
कोभिड-१९ जटिलता: मोटोपनले कोभिड-१९ लगेको अवस्थामा गम्भीर स्थितीहरू देखापर्न सक्छ। गम्भीर स्थितीहरूमा विरामीहरूलाई सघन उपचारको आवश्यकता पर्न सक्छ र सास फेर्नको लागि यान्त्रिक सहायता आवश्यक पर्न सक्छ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.