Mukhko Kyansarko Barema Kehi Jaanau | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

मुखको क्यान्सरको बारेमा केहि जानौ





नीओप्लास्म जसलाई क्यान्सर पनि भनिन्छ यो एउटा सेल, तन्तु अथवा कोशीकाको असामान्य वृद्धि हो जसको वृद्धि सामान्य तन्तु को भन्दा बढी र असंगत हुन्छ र त्यस्ता नराम्रा बिकाश लाई सुरु गराउने उत्तेजक तत्वलाई हटाएपछि पनि उत्तिकै रूपमा जारी रहन्छ जसले परिवर्तन उत्पन्न गर्छ । टाउको र घाटिको स्क़ुअमोउस सेल कर्सिनोमा ले मुख को क्यान्सर को ९५% भन्दा बढी प्रतिनिधित्व गर्दछ। मुखको क्यान्सरले मुख स्वास्थ्य मा बोझ उत्पन्न गर्छ र मानसिलाई जीवनभर पिडा, असुविधा, बिकृति र मृत्यु को कारण बन्न पुग्छ।

पुरुषमा हुने सबै क्यान्सरहरु मद्ध्ये ओराल क्यान्सर आठौ स्थानमा पर्छ र पहिले पहिले यो क्यान्सर पुरुषहरु मा बढी देखिने गर्थ्यो तर अहिलेको नयाँ अध्ययनहरु अनुसार यो क्यान्सर ले जात, धर्म, लिङ्ग, आर्थिक अवस्था र कुनै पनि अरु कुरा को आधारमा विभेद नगरेको पाइन्छ।

मुख ओ क्यान्सर को प्रमुख कारणहरुमा सुर्ती ,पान चपाउने, मदिरार सुपारी सेवनहरु पर्दछन भने सुर्यको जोखिम पूर्ण विकिरणहरु, धारिला दातहरु, हुमन प्यापिलोमा भाईरसको इन्फेक्सन, सिफिलिस, अत्यधिक खुर्सानी सेवन, नमिलेका नक्कली दातहरु र कुपोषण पनि पर्ने गर्दछन्। रक्सि र चुरोट अनि सुर्ती सेवन नगर्नेहरुमा भन्दा सो को सेवन गर्नेहरुमा ओरल क्यान्सर १५ गुणा बढी देखिन्छ।

मुखको क्यान्सर सबै भन्दा धेरै जिब्रोको पछाडीपट्टिको भागमा दाया वा वाया तिर देखिने गर्छ त्यो बाहेक मुखका अन्य कुनै पनि भाग जस्तै गलामा, ओठमा, तालुमा वा जिब्रोको मुनि पनि देखिन सक्छ।

ओराल क्यान्सरका लक्ष्यणहरु विभिन्न रूपमा देखा पर्छन। मुखमा रातो दाग, सेतो दाग अथवा रातो र सेतो मिस्सिएको दाग हरु देखा पर्नु, त्यस्ता दागहरुमा जलन हुनु, गिर्खाहरु देखिनु, रगत बग्नु, कुनै पनि घाउ १५ दिन वा सो भन्दा बढी समय सम्म निको नहुनु, सुन्निनु , घाटी मा डल्लाहरु आउनु, खाना निल्न गारो हुनु, पुरानो सानो घाउहरु बढ्दै जानु र असामान्य रुप मा वजन घट्नेहरु हुन्छन।

सम्बन्धित क्षेत्र को बायोप्सी, प्याप स्मेअर लिएर रोग को पहिचान गर्न सकिन्छ साथै सिटि स्क्यान, एमआरआई, पीईटी स्क्यान गरी शरीरको टाढा भागहरूमा फैलिएको छ कि छैन भनेर जाँच गर्न परीक्षण गरिन्छ। उपचारको प्रकार व्यक्तिको सामान्य स्वास्थ्यलाई ध्यानमा राखेर क्यान्सरको आकार, स्थान र फैलावटमा निर्भर हुनेछ। मुख को क्यन्सार प्रारम्भिक चरणमै पत्ता लागेमा रोकथाम र उपचार गर्न सकिने हुन्छ । पहिचान र उपचार मा ढिलाईले व्यक्तिको शारीरिक, मानसिक, आर्थिक, र सामाजिक जीवनको गुणस्तरमा कडा नकारात्मक प्रभाव पार्न सक्छ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.