Peptic Ulcer | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

पेप्टिक अल्सर





अल्सर
पेप्टिक अल्सर मानिसको पेट या सानो आन्द्राको माथिल्लो भागमा देखिने खुल्ला घाउहरू हुन्। पेप्टिक अल्सरहुँदा सबैभन्दा धेरै देखिने लक्षण भनेको पेटको दुःखाइ हो।

पेप्टिक अल्सरमा निम्न पर्दछन्:
पेटमा हुने ग्यास्ट्रिक अल्सर
सानो आन्द्राको माथिल्लो भागमा हुने डियोडेनल अल्सर
पेप्टिक अल्सरको मुख्य कारण पेटमा हेलिकोब्याक्टर पाइलोरी (H. pylori) को संक्रमण वा ननस्टेरोइडल एन्टिएन्फ्लामेट्री ड्रग्स (NSAID) जस्तै ibuprofen र naproxen को लामो समयको प्रयोग हो।
तनाब र मसलादार खानाले पेप्टिक अल्सर हुँदैन, तर नताब र अमिलो पिरोले दुखाई बढाउन सक्छ।

लक्षणहरू
पेट दुख्ने र पोल्ने
पेट भरेको जस्तो, ढुम्म परेको जस्तो र पेटमा हावा भरेको र चलेको जस्तो हुने
चिल्लो खाना खान नसक्ने
छाती पोल्ने
पेट निमोठ्ने

पेप्टिक अल्सरको मुख्य लक्षण पेट पोलेको जस्तो गरेर दुख्ने हो। पेटको एसिडले पेटको दुखाइमा असर गर्छ र खाली पेटमा त झन् बढी हुन्छ।

पेटको दुखाइ केही समय एसिडलाई कम गर्ने खाना या औषधि खाएर ठीक हुन्छ तर केही समयमा फेरी दुखाइ फर्कन्छ। पेटको दुखाई राती या खाना खाएको केही समय पछि बढ्न सक्छ।

केही व्यक्तिहरूमा कुनै पनि लक्षण नदेखिन पनि सक्छ।

केही व्यक्तिहरूमा भने गम्भीर लक्षणहरू देखिन्छन्:
वान्ता हुने या रगत वान्ताहुने -- जुन रातो या कालो देखिन सक्छ
कालो दिसा, कालो बाक्लो दिसा या दिसामा रगत
सास फेर्न कठिनाइ
बेहोस भएको जस्तो लाग्ने
रिङ्गाटा लाग्ने या वाकवाकी
अप्रत्यासित वजन घट्ने
खानाको रुची घट्ने

डाक्टरलाई कतिखेर भेट्ने
माथि लेखिएका गम्भीर लक्षणहरू भएमा तुरन्त डाक्टरसँग परामर्श लिनुहोस्। यदि एसिडलाई कम गर्ने औषधिहरू या एसिडको उत्पादन कम गर्ने औषधिहरू खाएर दुःखाइ कम हुने तर फेरि बढ्ने भएमा पनि डाक्टरसँग परामर्श लिनुहोस्।

कारणहरू
पेटको भित्री तह या सानो आन्द्राको भित्री तहलाई पेटमा हुने एसिड या अम्लले असर गरेर खियाउँदा पेप्टिक अल्सर उत्पन्न हुन्छ। एसिड या अम्लले दुख्ने खुला घाउ निर्माण गर्न सक्छ जसबाट रक्तश्राव पनि हुनसक्छ।

हामीहरूको पेटको भित्री भागमा रहेको तह म्युकस तहले बनेको हुन्छ र यसले सामान्यतया एसिडबाट जोगाउँदा। यदि एसिडको मात्र बढ्ने या म्युकसको तह पातलिने भएमा तपाईँलाई अल्सर हुनसक्छ।

मुख्य जोखिमहरूमा निम्न पर्दछन्
व्याक्टेरिया: हेलिकोब्याक्टर पाइलोरी सामान्यतया म्युकसतहमा बस्छ र म्यकस तहले पेटको र सानो आन्द्रालाई छोप्ने र जोगाउने काम गर्छ। प्रायः यस हेलिकोब्याक्टर पाइलोरीले प्राय कुनै पनि समस्या उत्पन्न गर्दैन, तर यसले पेटको भित्र तहमा सङ्क्रमण गराएर अल्सर गराउन सक्छ।

हेलिकोब्याक्टर पाइलोरी कसरी फैलन्छ भन्ने कुरा स्पष्ट छैन। यो मानिसहरूको बीचका निकटतम सम्पर्कहरूबाट सर्छ। मानसिहरूलाई हेलिकोब्याक्टर पाइलोरी खाना र पानीबाट पनि सर्न सक्छ।

कुनै प्रकारका दुखाइ कम गर्ने औषधिको नियमित प्रयोग: दुखाइको औषधिहरू जस्तै ननस्टेरोइडल एन्टिएन्फ्लामेट्री ड्रग्स (NSAIDs) ले पेटको तथा सानो आन्द्राको भित्री भागमा क्षति पुर्‍याउन सक्छ यी औषधिहरूमा ibuprofen, naproxen र ketoprofen लगायतका औषधिहरू पर्छन्। यसमा सिटामोल, acitaminophenol पर्दैन।

अन्य औषधिहरू:
ननस्टेरोइडल एन्टिएन्फ्लामेट्री ड्रग्सको साथमा स्टेरोइड, एन्टिकोएगुलेन्ट, एस्पिरिन र सेलेक्टिभ सेरोटोनिन रिअप्टेक, एलेन्ट्रोनेट, रिसेनड्रोनेट औषधिहरूको प्रयोग गर्दा अल्सर हुने सम्भावना बढ्छ।

जोखिमहरू
ननस्टेरोइडल एन्टिएन्फ्लामेट्री ड्रग्सको साथमा निम्न कुराहरूले पनि अल्सरको जोखिम बढाउँछ:
धुम्रपान: हेलिकोब्याक्टर पाइलोरी संक्रमित व्यक्तिहरू जो धुम्रपान पनि गर्दछन् उनीहरूमा पेप्टिक अल्सर हुने जोखिम बढी हुन्छ।
अल्कोहलको सेवन: अल्कोहलले पेटको भित्री तहलाई जलन गर्ने र खियाउने काम गर्छ र उत्पादन हुने एसिडको मात्रा पनि बढाउँछ।
तनाबको समस्या छ भने।
पिरो अमिलो खाने बानी ।
यी समस्याहरूले मात्र अल्सर हुँदैन तर यी कारणहरूले अल्सरलाई बढाउने र निको हुन गाह्रो हुन्छ।

जटिलता
यदि समयमा उपचार नभएमा पेप्टिक अल्सरले निम्न अवस्था सिर्जना गर्न सक्छ:
अन्तरिक रक्तश्राव: रक्तश्रावले गर्दा रक्त अल्पता या धेरै रक्तश्राव भएर अस्पताल भर्ना हुनु पर्ने या रगत दिनुपर्ने हुनसक्छ। धेरै रक्तश्राव हुँदा कालो वान्ता या कालो दिसा या दिसामा रगत देखिन सक्छ।
पेटको भित्तामा प्वाल पर्ने (perforation): अल्सरले गर्दा पेट तथा सानो आन्द्रामा प्वाल पर्न सक्छ र पेटको क्याभिटीमा गम्भीर सङ्क्रमण हुनसक्छ (peritonitis).
अवरोध: पेप्टिक अल्सरले तपाईँको पाचन प्रणालीमा अवरोध सिर्जना गरेर खाना सहजै सर्न नदिन सक्छ, जसले तपाईँको पेट भेरको जस्तो हुने, वान्ता हुने र इन्फ्ल्यामेसन र घाउले गर्दा तौल घट्ने।
ग्यास्ट्रिक क्यान्सर: अध्ययन अनुसार हेलिकोब्याक्टर पाइलोरीको सङ्क्रमण भएका मानिसहरूलाई ग्यास्ट्रिक क्यान्सर हुने जोखिम बढेको देखिन्छ।

रोकथाम
रोकथामको लागि हेलिकोब्याक्टर पाइलोरीको सङ्क्रमणबाट बच्ने, समयसमयमा हात धुने, राम्ररी पाकेको खानेकुरा मात्र खाने, सफा सङक्रमण रहित पानी पिउने, तनाब तथा पिरो अमिलो कुराहरूको सेवनलाई व्यवस्थापन गर्ने यी कुराहरूले सहायता गर्न सक्छ:

आफूलाई सङ्क्रमणबाट जोगाउनुहोस्: हेलिकोब्याक्टर पाइलोरी कसरी सर्छ भन्ने कुरा अझै पनि राम्रोसँग थाह भइसकेको छैन। तर यो एक व्यक्तिबाट अर्को व्यक्तिमा खाना तथा पानीको माध्यमबाट सर्छ भ्ने कुराको केही प्रमाणहरू भेटिएका छन्।

समय समयमा साबुन पानीले हात धुने र राम्ररी पकाइएका खानेकुराहरू खाने गर्नाले हेलिकोब्याक्टर पाइलोरीको सङ्क्रमण कम गर्न सकिन्छ।

दुखाइ कम गर्ने औषधि प्रयोग गर्दा सावधानी: यदि तपाईँले नियमित रूपमा दुखाई कम गर्ने औषधिहरू प्रयोग गर्नुहुन्छ भने तपाईँलाई पेप्टिक अल्सरको जोखिम हुन सक्छ। केही कदम चाल्नुहोस्। उदाहरणको लागि दुखाईका औषधिहरू खाना पछि खानुहोस् 

डाक्टरसँग सल्लाह लिएर तपाईँलाई मिल्दो औषधि र डोज मिलाउनुहोस् जसले तपाईँको समस्यालाई समाधान पनि गरोस् र हानि नगरोस् औषधि सेवन गरेको बेला अल्कोहल नपिउनुहोस्, यी दुईको प्रभावले पेटमा असर गर्न सक्छ।

यदि ननस्टेरोइडल एन्टिएन्फ्लामेट्री ड्रग्स लिनु परे पनि एसिड कम गर्ने या एसिड उत्पादन कम गर्ने औषधिहरूको साथमा लिनुहोस्।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.