पिसाबको सङ्क्रमण बारे जानकारी | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

पिसाबको सङ्क्रमण बारे जानकारी





पिसाबको सङ्क्रमण (युरिनरी ट्र्याक इन्फेक्सन UTI) युरिनरी प्रणालीको कुनै पनि भागको सङ्क्रमण हो। युरिनरी प्रणलीमा मृगौला,पिसाब नली, पिसाब थैली र युरेथ्रा पर्दछन्। प्रायः तल्लो युरिनरी ट्र्याक - पिसाव नली र पिसाब थैलीमा सङ्क्रमण देखिने गर्छ।

पुरुषहरूको तुलनामा महिलाहरूलाई पिसाबको सङ्क्रमणको जोखिम बढी हुने गर्छ। यदि पिसाब थैलिको सङ्क्रमण भएको हो भने धेरै पिडादायक र दिक्दार लाग्दो अुनुभूति हुनसक्छ। यदि पिसाबको सङ्क्रमण मृगौला सम्म पुग्यो भने गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ।
स्वास्थ्य सेवा प्रदायकहरूले प्राय इन्टिबायोटिक औषधि प्रयोग गरेर यस प्रकारको समस्याको उपचार गर्ने गर्दछन्। तपाईँ स्वयंले पनि केही कदमहरू चाल्नु भएर पिसाबको सङ्क्रमणलाई कम गर्न सक्नुहुन्छ।

लक्षणहरू
पिसाबको सङ्क्रमणले जहिले पनि लक्षणहरू देखाउँदैनन्। तर जब लक्षणहरू देखिन्छन् तिनमा निम्न हुनसक्छन्:
पिसाब आएको जस्तो लाग्ने तर पिसाब फेरिसकेपछि पनि त्यो अनुभव नहट्ने
पिसाब फेर्दा पोल्ने
धेरै पटक पिसाब लाग्ने तर थोरै थोरै पिसाब लाग्ने
पिसाब भएमा बाक्लो बादलजस्तो पिसाब हुने
रातो, गुलाबी या कालो रङको (रगत रहेको) पिसाब हुने
पिसाबबाट कडा गन्ध आउने
महिलाहरूमा पेटको तल्लो भाग दुख्ने - बीचको भागको हड्डी नेर दुख्ने

वृद्धवृद्धाहरूमा पिसाबको सङ्क्रमणको स्थिती अन्य कुनै रोगसँग झुक्किन पनि सक्छ।

पिसावको सङ्क्रमणको प्रकार
हरेक प्रकारको पिसाबको सङ्क्रमण विशेष प्रकारको लक्षणहरूसँग सम्बद्ध हुन्छ। युरिनरी प्रणालीको कुन भाग प्रभावित छ भन्ने कुराले लक्षणहरूमा फरक पार्छ।
युरिनरी प्रणालीको प्रभावित भाग                                                                           लक्षण र चिन्हहरू

मृगौला                                                                                                               पछाडि या पेटको दाहिने या देब्रे दुखाइ
                                                                                                                         उच्च ज्चरओ
                                                                                                                         कँप्ने र जाडो हुने
                                                                                                                         पेट निमोठ्ने
                                                                                                                         बान्ता हुने

पिसाब थैली                                                                                                          कम्मर दुख्ने
                                                                                                                            पेटको तल्लो भागमा समस्याहुने
                                                                                                                            बारम्बार पिसाब हुने र पिसाब गर्दा दुख्ने
                                                                                                                            पिसाबमा रगत देखिने

पिसाब नली                                                                                                         पिसाब फेर्दा पोल्ने
                                                                                                                           श्राबहरू देखिने

डाक्टरलाई कतिखेर भेट्ने
यदि पिसाब सङ्क्रमणको कुनै पनि लक्षण देखिएमा डाक्टरसँग परामर्श लिनुहोस्।

कारणहरू
पिसाबको सङ्क्रमण पिसाबको नलीमा ब्याक्टेरियाहरू प्रवेश गरेर पिसाब नली या पिसाब थैलीमा बढ्न थाले पछि पिसाबको सङ्क्रमण हुन्छ। युरिनरी प्रणाली ब्याक्टेरियासँग लड्ने क्षमताले युक्त हुन्छ। तर कहिले काहिँ प्रतिरक्षा प्रणाली असफल हुनसक्छ। त्यसो भएमा ब्याक्टेरियाले आफ्नो स्थान बनाएर पिसाब नलीमा सङ्क्रमण गराउन सक्छन्।

प्रायः रूपमा पिसाबको सङ्क्रमण महिलामा हुने गर्दछ र पिसाब नली र पिसाब थैलीलाई प्रायः असर गर्ने गर्दछ।

पिसाब थैलीको सङ्क्रमण। यस प्रकारको पिसाबको सङ्क्रमण Escherichia coli (E. coli) इकोलाई ब्याक्टेरियाबाट हुने गर्दछ। Escherichia coli (E. coli) प्राय पाचन प्रणालीमा भेटिन्छ। तर कहिलेकाहीँ अन्य ब्याक्टेरिया नै कारण हुन्छन्।

यौन क्रियाले पनि पिसाब थैलीको सङ्क्रमण गराउन सक्छ तर पिसाब थैलीको सङ्क्रमण गराउन यौनजन्य क्रियाकलापमा सक्रिय रहनुपर्छ नै भन्न सकिन्न। सबै महिला शारीरिक बनावटको कारणले पिसाब सङ्क्रमणको जोखिममा रहन्छन्। महिलाको पिसाब नलीको छैउ मलद्वारको नजिक रहेको हुन्छ। र पिसाब नली छोटो रहेको कारणले पिसाब थैली नजिक रहेको हुन्छ। जसको कारणले मलद्वार र छेउमा रहेको ब्याक्टेरिया पिसाब नलीमा पुग्न र पिसाब थैली सम्मको यात्रा गर्न सहज हुन्छ।

पिसाब नलीको सङ्क्रमण
पाचन प्रणालीको ब्याक्टेरिया मलद्वारबाट पिसाब नलीमा प्रवेश गर्दा यस प्रकारको सङ्क्रमण हुन्छ। यौनरोगहरूको कारण पनि पिसाब नलीमा सङ्क्रमण हुनसक्छ। जसमा हर्पेस, गनोरिया, क्लामाइडिया र माइकोप्लाज्मा समावेश हुनसक्छन्। महिलाको पिसाब नलीको छेउ यौनीकोनजिक रहने कारणले यस्तो हुनसक्छ।

जोखिमहरू
महिलाहरूमा पिसाबको सङ्क्रमण धेरै हुन्छ। प्राय महिलाहरूले जीवनमा १ पटक भन्दा बढी पिसाबको सङ्क्रण भोगेका हुनसक्छन्।
महिलामा पिसाब सङ्क्रमण बढी हुनुका कारणहरू:
महिलाको शारीरिक बनावट महिलाको पिसाब नली पुरुषको भन्दा छोटो हुनु जसको कारणले गर्दा ब्याक्टेरियालाई पिसाब थैलीसम्म पुग्न छोटो यात्रा गरे पुग्छ।
यौन सक्रियता। यौन सक्रियता बढी हुँदा बढी पिसाबको सङ्क्रमण हुनसक्छ। फरक व्यक्तिसँग यौन सम्पर्क गर्दा जोखिम बढ्न सक्छ।
केही प्रकारको जन्मान्तरण जन्मान्तरणको लागि डायफ्राम प्रयोग गर्दा यौन सङ्क्रणको जोखिम बढाउँछ शुक्रकिटनाशक प्रयोग गर्दा पनि जोखिम बढ्न सक्छ।
मेनोपज या रजस्वला निवृत्ति रजस्वला रोकिए पछि शरीरमा एस्ट्रोजनको कमी हुने हुँदा पिसाब नलीमा परिवर्तन आउँछ। जसले पिसाबको सङ्क्रमणमा परिवर्तन ल्याउँछ।

पिसाब सङ्क्रणका अन्य जोखिमहरूमा निम्न पर्दछन्:
पिसाब नलीमा समस्या हुनु।
पिसाब नलीमा समस्या भएर जन्मिएका बालबालिकाहरूलाई पिसाब फेर्न कठिनाइ हुनसक्छ। पिसाब नलीमा पिसाब जमेर बस्न सक्छ जसले गर्दा पिसाबको सङ्क्रमण हुनसक्छ।
पिसाब नली बन्द हुनु। मृगौलामा पत्थरी हुने या प्रोस्टे बढेर पिसाब थैलीमा पिसाब जम्नु। जसले पिसाबको सङ्क्रणको जोखिम बढ्छ
रोग प्रतिरोध क्षमताको कमि मधुमेह अन्य रोगहरूले प्रतिरोध क्षमता कम गर्न सक्छ -- शरीरको किटाणुसँग लड्ने क्षमता यसले पिसाबको सङ्क्रणको जोखिम बढाउन सक्छ।
क्याथेटरको प्रयोग। कुनै व्यक्ति सहज तरिकाबाट पिसाब गर्न नसक्ने अवस्थामा डाक्टरले क्याथेटर लगाउन सक्छन् क्याथेटरको प्रयोगले पिसाबको सङक्रमणको जोखिम बढाउन सक्छ। क्याथेटर अस्पतालमा रहँदा धेरै मानिसहरूले प्रयोग गर्न सक्छन्। यो नशाको रोग भएका व्यक्ति या हिँडडुल गर्न नसक्ने व्यक्ति या पिसाबलाई नियन्त्रण गर्न नसक्ने या पक्षयघात भएका व्यक्तिहरूके प्रयोग गर्न सक्छन्।
हालसालैको युरिनरी प्रणालीको जाँच या शल्यक्रिया युरिनरी प्रणालीको जाँच या शल्यक्रियाले पनि कुनै अवस्थामा पिसाबको सङ्क्रमणको जोखिम बढ्न सक्छ।

जटिलता
रोग लाग्ने बित्तिकै र उपयुक्त उपचार गर्दा पिसाब नलीको तल्लो भागको सङ्क्रमणले प्राय कुनै पनि जटिलता सिर्जना गर्दैन। उपचार गरिएन र लामो समय लाग्यो भने गम्भीर स्वास्थ्य समस्या सिर्जना हुनसक्छ।

पिसाब सङ्क्रमणको जटिलताहरूमा निम्न पर्दछन्:
बारम्बारको सङ्क्रमण, वर्षमा तीन पटक या सो भन्दा बढी या छ महिनामा दुई पटक भन्दा बढी पिसाबको सङ्क्रमण भएमा महिला तथा युवतीहरूलाई बारम्बार पिसाबको सङ्क्रण हुनसक्छ।
उपचार नगरेर मृगौलाको सङ्क्रण या मृगौलाको पूर्णरूपमा खराबी।
गर्भावस्थामा समयमा पिसाबको सङ्क्रण हुँदा समय पूर्वनै बच्चाको जन्म हुने या न्यून तौलको बच्चाको जन्म हुने।
पिसाब नलीमा बारम्बार सङ्क्रमण भएर साँघुरिएको पिसाब नली।
सेप्सिस, जीवनको जोखिम हुने अवस्थाको जटिलता यो जोखिम यो अवस्थामा हुनसक्छ जब पिसाब नलीको सङ्क्रण मृगौला सम्म पुग्छ

रोकथाम
यी उपायहरूले पिसाबको सङ्क्रमणको जोखिमलाई कम गर्न सघाउँछ:
प्रशस्त तरल पदार्थ पिउनुहोस् विशेष रूपमा शुद्ध पानी पानी पिउँदा पिसाब पातलो हुन्छ। जसले गर्दा बारम्बार पिसाब हुन्छ र युरिनरी प्रणालीबाट ब्याक्टेरिया पखालिन्छन् र सङ्क्रमण कम गर्न मद्दत गर्छ।
क्र्यानबेरीको रस पिउनुहोस्। कुनै पनि अध्यनले क्र्यानबेरीको रसले पिसाबको सङ्क्रमण कम गर्छ भन्ने निश्कर्ष निकालेको छैन। तर क्र्यानबेरी रसले कुनै हानि नगर्ला।
धुँदा अगाडिबाट पछाडि तर्फ धुनुहोस्। हरेकपटक पिसाब या दिसा गर्दा यसो गर्नुहोस् यसो गर्दा मलद्वारबाट ब्याक्टेरियाहरू यौनी या पिसाब नलीमा प्रवेश गर्नबाट रोक्न सकिन्छ।
यौन सम्पर्क पछि पिसाब फेर्नुहोस्। ब्याक्टेरियाहरूलाई पखाल्न एक गिलास पानी पिउनुहोस्।
पहिलाको लागि उत्पादन गरिएको असर गर्ने वस्तुहरू प्रयोग नगर्नुहोस्। यस्ता वस्तुहरू यौनी तथा लिङ्ग या यसको वरपर प्रयोग गर्दा पिसाब नलीमा असर गर्न सक्छ। यी उत्पादनहरूमा डियोडोरेन्ट, सफा गर्ने र पाउडरहरू।
जन्मान्तरण विधि परिवर्तन गर्नुहोस्। डायफ्राम, लुब्रिकेट नगरिएको कन्डम तथा शुक्रकिटनाशकले उपचार गरिएको कन्डमले ब्याक्टेरियाको वृद्धि गराउनेछ

डायग्नोसिस
पिसाब सङ्क्रणको पहिचानको लागि प्रयोग गरिने तरिकाहरू निम्न हुनसक्छन्:
पिसाबको नमूनाको परीक्षण। तपाईँको डाक्टर या स्वास्थ्य सेवा प्रदायकले पिसाबको नमूना परीक्षण गर्न भन्न सक्छन्। पिसाबको नमूनालाई प्रयोगशालामा सेतो रक्तकोष, रातो रक्तकोष या व्याक्टेरियाको जाँच गरिन्छ। तपाईँलाई तपाईँको गुप्ताङ्ग क्षेत्रमा एन्टिसेप्टिक प्याडले पुछेर थोरै पिसाब फेरिसक्नु भएपछि पिसाबको नमूना सङ्कलन गर्नको लागि अनुरोध गर्न सक्छन्। यस प्रक्रियाले नमूनामा बाहिरी कारणले मिसावट या प्रदुषण हुन दिदैन।

प्रयोगशालामा पिसाब नलीको ब्याक्टेरियाको वृद्धि । पिसब नमूनाको जाँच पछि पिसाबको कहिले काँही पिसाबको कल्चर गर्नु पर्ने हुनसक्छ। यस परीक्षणले तपाईँको डाक्टरलाई कुन कुन ब्याक्टेरियाले गर्दा सङ्क्रमण भएको छ भनेर थाह हुन्छ। यसले तपाईँको डाक्टरलाई कुन औषधि प्रयोग गर्दा सबै भन्दा राम्रो हुन्छ भनेर भन्छ।

पिसाब नलीको इमेज । बारम्बार पिसाबको सङ्क्रमण भयो भने पिसाब नलीको संरचनागत भिन्नताको कारणले हुनसक्छ। तपाईँको स्वास्थ्य सेवा प्रदायक या डाक्टरले अल्ट्रासाउन्ड, सिटी या एमआरआइ स्क्यान गर्नको लागि अनुरोध गर्न सक्छन्। पिसाब नलीको स्वरूपको राम्रो पहिचानको लागि कनट्र्यास्ट डाइ प्रयोग गर्नु पर्ने पनि हुनसक्छ।

पिसाब थैली भित्र हेर्नको लागि स्कोपको प्रयोग
यदि तपाईँलाई बारम्बार पिसाबको सङ्क्रमण भएमा सिस्टोस्कोपी गर्नको लागि अनुरोध गर्न सक्छन्। यसको लागि लामो मसिनो नलीको प्रयोग गरिन्छ जसमा लेन्स हुन्छ र यसलाई सिस्टोस्कोम भनिन्छ र यसको प्रयोग पिसाबको नली र पिसाबको थैलीमा हेर्नको लागि प्रयोग गरिन्छ। सिस्टोस्कोपलाई पिसाब नलीबाट घुसाइन्छ र पिसाब थैलि सम्म पुर्‍याइन्छ।

उपचार
पिसाबको सङ्क्रमणको लागि एन्टिबायोटिकको प्रयोग गरिन्छ। तपाईँको स्वास्थ्य स्थिती तथा सङ्क्रमण गराउने ब्याक्टेरियाको प्रकार लागायता विभिन्न कुराहरू हेरेर डाक्टरले तपाईँलाई कुन एन्टिबायोटिक र कति मात्रामा खाने भनेर सिफारिस गर्नछन्।
सामान्य सङ्क्रमण
पिसाबको सङ्क्रमणको लागि सामान्यरूपमा प्रयोग गरिने औषधिहरू
Trimethoprim र sulfamethoxazole
Fosfomycin
Nitrofurantoin
Cephalexin
Ceftriaxone

Fluoroquinolones भनिने समूहका एन्टिबायोटिकहरू सामान्य पिसाबको सङ्क्रणको लागि सुझाव गरिँदैनन्। यस औषधिहरूमा ciprofloxacin , levofloxacin र अन्य पर्दछन्। यी औषधिको जोखिम फाइदा भन्दा बढी हुनसक्छ।

तर गम्भीर पिसाबको सङ्क्रमण भएको या मृगौलाको सङ्क्रमण भएमा डाक्टरले fluoroquinolone समूहमा औषधिहरू सिफारिस गर्न सक्छन्।

प्राय पिसाबको सङ्क्रमण उपचार सुरु गरेको केही दिनमा नै ठीक हुन्छ। तर तपाईँले एन्टिबायोटिकको पूरा औषधि खानु पर्छ। सिफारिस गरिएका सबै औषधि लिनुहोस्।

सामान्य पिसाबको सङ्क्रमण थियो भने डाक्टरले तपाईँको औषधिको मात्रा घटाउन पनि सक्नेछन् तर डाक्टरको सिफारिसमा मात्र मात्रा घटाउनुहोला। जसमा १ देखि ३ दिनसम्मको एन्टिबायोटिक कोर्स हुनसक्छ। तपाईँको स्वास्थ्य, मेडिकल इतिहास र तपाईँको सङ्क्रमणको स्थितीमा भर पर्छ।

पिसाब फेर्दा पोल्ने कम गर्नको लागि डाक्टरले दुखाई या जलन कम गर्ने औषधि सिफारिस गर्न सक्छन्। तर एन्टिबायोटिक सुरु गर्नुभए पछि दुखाइ या जलन घटेर जान्छ।

बारम्बारको सङ्क्रमण
यदि तपाईँलाई बारम्बारको सङ्क्रमण हुन्छ भने तपाईँलाई
न्यून डोजको एन्टिबायोटिक सिफारिस गर्न सक्छन्। जसलाई तपाईँले छ महिना या बढी समयको लागि लिनु पर्ने हुनसक्छ।
लक्षणहरू देखिने बित्तिकर आफै उपचार गर्ने र पहिचान तपाईँलाई तपाईँको डाक्टरसँग सम्पर्कमा रहन भनिन्छ।
यदि यौन क्रियाकलापको कारणले पिसाबको सङ्क्रमण भएको खण्डमा यौन क्रियाकलाप पछि एक डोज एन्टिबायोटिक खाने।
रजस्वालाबाट निवृत्त या मेनोपजमा हुनुहुन्छ भने यौनीबा लिने एस्ट्रोजन थेरापी गर्ने।

गम्भीर सङ्क्रमण
पिसाबको गम्भीर सङ्क्रमण भएमा नशाबाट एन्टिबायोटिक र औषधि लिनुपर्ने हुनसक्छ र अस्पताल जानुपर्ने हुनसक्छ

जीवन शैली र घरेलु उपचार
पिसाबको सङ्क्रमण पीडादायक हुनसक्छ र एन्टिबायोटिकले काम गर्न भन्दा पहिले दुःखाइ र पीडाहरू कम गर्न सक्नुहुन्छ यी उपायहरू अपनाउनुहोस्:

प्रशस्त पानी पिउनुहोस्
पानीले तपाईँको पिसाबलाई पातलो बनाउनुको साथै ब्याक्टेरियालाई पखाल्छ।

पिसाब थैलीमा जलन गराउने पेय पदार्थहरू नपिउनुहोस्
कफी, अल्कोहल, अमिलो फलको रस हुने पेय पदार्थ र क्याफिन सङ्क्रमण ठीक नहुन्जेल सम्मको लागि नपिउनुहोस्। यसले तपाईँको पिसाब थैलीमा जलन गराउन सक्छ र धेरै पटक पिसाब गराउनु पर्ने गराउँछ।

हिटिङ प्याड प्रयोग गर्नुहोस्
न्यानो तर पोल्ने भने होइन हिटिङ प्याड प्रयोग गर्नुभएर पिसाब थैलीमा हुने चाप र असहजता कम गर्न सक्नुहुन्छ



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.