Pittathailiko Patthri | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

पित्तथैलीको‌ पत्थरी




   डा. वीनिलसिंह खडायत - May 16 2023


पित्तथैली कलेजोको करिब बीचभागमा रहेको एक थैली हो।पित्त थैलीको‌ काम कलेजोमा उत्पन्न हुने खाना पाचन गर्ने पित्त रसलाफ जम्मा गरी राख्नु र पेटमा खाना जम्म हुन आएपछि रासायन‌, पाचन कार्यको लागि वितरण गर्नु हो।पित्त थैलीको पत्थरी भनेको पित्त थैलीमा पत्थर‌ जस्तो ठोस पदार्थ बन्नु या जम्मा हुनु हो। पित्त थैलीको पत्थरीलाई गलस्टोन पनि भनिन्छ । पाचन कार्यकाको लागि जम्मा भएको पाचनरस (बाइल) जम्मा हुँदा यहि रसायनहरू प्रयोगमा नभएर या थिग्रिएर या मणिभिकरण (क्रिस्टलाइजेसन) भएर पित्त थैलीमा पत्थरी बनेर बस्नुलाई पित्त थैलीको पत्थरी या गलस्टोन भनेर भनिन्छ।

पत्थरीको आकार सानो बालुवाको कणदेखि गल्फको बल जत्रो सम्म हुनसक्छ भने कसैलाई एउटा पत्थरी मात्र भएको जुन्छ भने कसैलाई अनेकन धेरैवटा पत्थरी भएको हुन्छ।

कारणहरू
पित्तमा अत्याधिक कोलेस्टेरोल हुनु
पित्त रसायन कोलेस्टेरोल र बाइल लवण मिलेर बनेको हुन्छ। कलोजोले पित्त रसायन उत्पादन गर्दा पित्तमा कोलेस्टेरोलको मात्रा धेरै भएमा कोलेस्टोरलजन्य पत्थरी हुनसक्छ। यसको कारण कि पित्तमा बाइल लवणको कमीले गर्दा हुन्छ कि कोलेस्टेरोलको उत्पादन भएको कारणले हुन्छ जसले गर्दा पित्त रसायनले सामान्यतया बाइल लवण र कोलेस्टोरको घुलनशीलताको क्षमता भन्दा बढीकोलेस्टेरोलको मात्रा हुन जान्छ। धेरै भएको कोलेस्टेरोल क्रिस्टल बनेर जान्छ र ठोस पत्थरीमा परिवर्तन हुन्छ।

अत्याधिक बिलिरुबिन
यसै‌ गरी बिलिरुबिन नामक रसायन पित्त रसायनको‌ एक मुख्य अवयव हो जुन पाचन पक्रियामा मदत गर्दछ। बिलिरुबिनको उत्पादन रगत कोषिकाको उमेर पुगेपछि विसर्जन हुदा बन्ने रसायन हो।बिलिरुबिनको‌ मात्रा धेरै हुन्न जादा पनि बिलिरुबिनजन्य पत्थरी या गलस्टोनको समस्या ‌देखिन सक्छ। रगत कोशिकाको रोग,‌ लिभर सिरोसिस, र पित्त थैलीमा संक्रमणमा बिलिरुबिन बढेर जाँदा पत्थरी समस्या देखिन्छ।

पित्त थैलीको‌ अनियमितता
कहिले काँही पित्त थैली पूर्ण रूपमा नखुम्चिँदा पित्त र रसायन पित्त थैलीबाट खाली हुन नसक्दा नियमित रूप भन्दा बढी गाढा भएर जाँदा पनि गलस्टोन बन्न सक्छ।

पित्त पत्थरका प्रकारहरू
कोलेस्टेरोल स्टोन :
कोलेस्टेरोल स्टोन मा कोलेस्टेरोलको‌ मात्रा आध्याधिक रुपमा पाइन्छ। कोलेस्टेरोल पत्थरी बन्ने क्रम बुढ्यौलीमा‌ ,महिलामा, मोटापनमा देखिन्छ। पित्त थैलीको असामान्य प्रकार्यले पनि हुन्छ।

पिगमेन्ट स्टोन : पिगमेन्ट स्टोन दुई किसिमको हुन्छ - कालो र‌ खैरो रङको। यस किसिमको पत्थरी किटानुको पित्त थैलीको संक्रमणले बदि बन्ने गर्छ।

लक्षण र जटिलताहरू

पित्त थैलीको पत्थरी हुँदा
अस्वाभाविक पेटको दुखाइ, विशेष गरेर पेटको बीच या माथिल्लो दाहिने भाग
ढाडको पाताहरूको बीछमा दुखेको जस्तो हुने
वान्ता हुने
ढ्याउ आउने
खाना पचाउन समस्या हुने जस्था समस्याहरू हुन्छन्।

पत्थरीले पित्तको थैलीको मुखमा ढाकेमा कोलेसिस्टाइटिस हुन सक्छ । पित्त थैली पाक्न थाल्न सक्छ। पत्थरी अत्याधिक ठुलो भए असर गर्न सक्छ।

कतिखेर डाक्टर भेट्न जाने?
माथिका लक्षणहरू देखिएर दैनिक जीवनमा प्रभाव पारेमा तुरन्त डाक्टरसँग परामर्श लिनु पर्छ। जतिसक्दो चाँडो विशेषज्ञ डाक्टरसँग परामर्श लिनु पर्छ। डाक्टरको सल्लाह बमोजिम शल्यक्रिया या व्यवस्थापन विधिहरू अपनाउनु पर्छ।

“हाम्रो पात्रो हेल्थमा नेपाल मेडिकल काउन्सिलबाट प्रमाणित २४ विशेषज्ञतामा रहेका २३० जना भन्दा बढि डाक्टरहरू उपलब्ध हुनुहुन्छ। हाम्रो पात्रो हेल्थबाट यहाँले आफ्नो सहजतामा संसारको जुनसुकै स्थानबाट पनि प्रत्येक्ष भिडियो कलमा डाक्टरसँग परामर्श लिनसक्नुहुन्छ। थप जानकारीको लागि https://health.hamropatro.com/ मा हेर्नुहोस्”

 पहिचान उपचार
पित्तथैलीको‌ पत्थरी भएको अल्ट्रासाउन्ड तथा भिडियो एक्सेबाट पत्ता लगाउन सकिन्छ र यस रोगको उपचार पित्ताथैलीको -उच्छेदन अर्थात पित्त थैलीलाई हटाएर ( कोलेसिस्टेकटोमीबाट) गर्न सकिन्छ । शल्यक्रिया नगर्दा स्वास्थ्य जटिलतले‌ सिर्जना भएर हानी पुग्न सक्छ । पित्त थैली नै झिकेर फाल्दा पित्त रसायनहरु पित्तमा जम्मा नभएर सिधै आन्द्राको‌ पाचनमा‌ प्रयोग हुन्जान्छ यसको कारणले सामान्य समास्या भए पनि जीवन स्वस्थ र राम्ररी बिताउन सकिन्छ।

रोकथाम
 चिल्लो खानेकुराले पत्थरी बन्नेमा थप प्रभाव पार्छ र खानपानमा कम चिल्नो खाँदा नै स्वास्थ्यमा लाभ हुन्छ। सन्तुलित भोजन। शारीरिक सक्रियता र हप्तामा कम्तिमा पनि पाँच दिन ३० मिनेट पसिना निस्कने गरी कसरत, हिँडडुल या अभ्यास। चुरोट, अल्कोहलको अन्य कुलतबाट टाढा बस्ने गर्नाले रोगलाई केही कम गर्न सकिन्छ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.