समय सान्दर्भिक माग : विशेषज्ञता अनुसार को फिजियोथेरापी सेवा | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

समय सान्दर्भिक माग : विशेषज्ञता अनुसार को फिजियोथेरापी सेवा





सामान्यतया फिजियोथेरापी वा जनबोलिमा "थेरापी" भनेर चिनिने भौतिक चिकित्सा जसमा भौतिक माध्यम जस्तै ताप, करेन्ट, ध्वनि, कसरत , म्यानुल, मुभमेन्ट वा चाल को प्रयोग बाट उपचार गर्ने पद्धति भन्ने बुझिन्छ। उपचारात्मक मात्र नभएर स्वास्थ्य प्रवद्र्धनात्मक, निदानात्मक र पुनर्स्थापनात्मा क्षेत्रमा समेत फिजियोथेरापीको विशेष भूमिका हुन्छ। स्नातक तह मा ४ बर्ष को पढाई र छ महिना को किल्निकल अभ्यास (इन्टर्नसिप) पछि फिजियोथेरापी लाइसेन्स को लागि योग्य भइन्छ। नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिने उक्त लाइसेन्स परिक्षा पास भइसकेपछि मात्रै फिजियोथेरापिष्टको रूपमा किल्निकल अभ्यास गर्न पाइन्छ। विशेषज्ञ फिजियोथेरापिष्टको निमित्त भने २ बर्षको स्नाकोत्तर गर्नुपर्छ जसमा बिभिन्न बिषयहरु रोज्न पाइन्छ। हालसम्म नेपालमा मस्कुलोस्केलेटल, न्युरोलोजि, कार्डियोपल्मुनरि, कम्युनिटि फिजियोथेरापी, अब्टे्टिक एण्ड गाइनोकोलोजि, स्पोर्टस गरि विभिन्न विधामा विशेषज्ञ अनुसारको फिजियोथेरापिष्ट दर्ता भइरहेको छ। यसको लागि पनि विशेषज्ञ अनुसारको लाइसेन्स परिक्षा नेपाल स्वास्थ्य व्यवसायी परिषद संचालन गर्दछ।

जनमानसमा के छ त बुझाइ ?
फिजियोथेरापी भन्नाले हाडजोर्नी वा नशा सम्बन्धि दिर्घ रोगहरू को निदानात्ममक उपचार भन्ने बुझाइ छ। धेरै जना को बुझाइ फिजियोथेरापी भनेपछि वैकल्पिक उपचार वाऔषधि/ शल्यक्रिया को विकल्प भन्ने पनि पाइन्छ।अझ थेरापी जोडिएका कतिपय गैर फिजियोथेरापी पद्धति जस्तै प्राकृतिक चिकित्सा, अकुपंचर, रेकि, सेराजेम, योग लाई पनि एउटै एउटै हो भन्ने प्रचलन आम जनता मध्ये कायम छ।यस बिधमान स्थितिलाई थप अन्योल फिजियोथेरापी वा फिजियोथेरापी जस्तै लाग्ने पद्धति एउटै सेन्टर बाट सेवा प्रवाह गर्ने गरेकाले पनि हुन सक्छ। केहि व्यवसायी हरुले अफ्नो सामान हरू भाइब्रेटर, सेक्ने प्याड, मसाजरमा "फिजियो" वा "थेरापी" शब्द प्रयोग गर्दा थप दुविधा उत्पन्न भएको हो।

फिजियोथेरापी पुनर्स्थापना को एक अङ्ग हो, जस मध्ये मेडिकल, सर्जरी, स्पिच थेरापी, अकुपेशनल थेरापी, पोर्थेटिक्श अर्थोटिक्श, साइक्याटि्श्ट, साइको-सोसिएल काउन्सलर, सामाजिक सल्लाहकार पनि आवश्यकता अनुसार समावेश हुन्छ। फिजियोथेरापी मा विभिन्न कार्य क्षेत्र जस्तै अस्पताल, पुनर्स्थापना केन्द्र, खेलकुद क्लब, समुदायि ईकाइ साथै अन्य स्वास्थ्य सँग सम्बन्धित क्षेत्रहरू लागायतका हुन सक्छन्। विशेषज्ञता अनुसार को फिजियोथेरापी तालिम र तालिम अनुसारको अभ्यास हुनु नितान्त आवश्यक छ।

विशेषज्ञता अनुसार को अभ्यासको बिधमान अवस्था
हाम्रो जस्तो निम्न आम्दानी भएको मुलुकमा पर्याप्त स्वास्थ्य जनशक्ति उत्पादन र सेवा मा उपलब्ध नहुनु स्वाभाविक हो। वर्तमान स्थिति मा २००० फिजियोथेरापी जनशक्ति दर्ता भएपनि ३०० भन्दा कम विशेषज्ञ दर्जामा सुचित छन् । उक्त संङ्ख्या जनसंख्या र भौगोलिक अवस्थाको यो संख्या न्यून र त्यसमाथि सुगम केन्दि्रत रहेको पाइन्छ। थप विदेशीएको वा फिजियोथेरापी आभ्यास नगर्ने को लेखाजोखा छैन। सिमित जनशक्ति, जनचेतना को कमी, विशेषज्ञता को कम पहिचान, सबै किसिमका सेवा प्रवाह गर्नुपर्ने बाध्यताले फिजियोथेरापी को महत्व त्यसमाथि पनि यसको गुणस्तरमा आँच पुर्याउछ। फिजियोथेरापी डिप्लोमा र स्नातक को अध्ययनको लागि सिमित भएपनि शैक्षिक संस्था उपलब्ध छन् तर स्नाकोत्तर को लागि कुनै व्यवस्था नहुँदा विदेशिनु पर्ने वा ठुलो व्ययभार पर्ने स्थिति रहेकोले नेपाल मै फिजियोथेरापी स्नाकोत्तर अध्यापन हुनुपर्ने देखिन्छ। राष्ट्रिय स्वास्थ्य निति अनुसार आधारभूत स्वास्थ्य सेवा अन्तर्गत जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सँगै फिजियोथेरापी र पुनर्स्थापना को व्यवस्था सबै तहका स्वास्थ्य संस्थाबाट निशुल्क हुनु पर्ने व्यवस्था उल्लेख छ। स्वास्थ्य सेवा नियमावली २०५५ अनुसार फिजियोथेरापी सेवा समुह कायम छ भने कुनै उपसमुहको प्रावधान छैन।स्वास्थ्य संस्था स्थापना तथा स्तरउन्नती सम्बन्धि कार्यविधि अनुसार ५० शैया क्षमताको अस्पतालमा कम्तिमा १ जाना विशेषज्ञ फिजियोथेरापिष्ट हुनु पर्ने व्यवस्था छ। एवं रीतलेअस्पताल को क्षमता अनुसार जनशक्ति को आवश्यकता हुन्छ। यधपी नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ मा फिजियोथेरापी सेवाको उपसमुह उल्लेख नभएको ले विशेषज्ञ फिजियोथेरापी को प्रावधान अझैसम्म स्थापना भएको छैन। यसको निम्त नियमन निकाय बाट निति योजना मा परिमार्जन गरि कार्यान्वयन सम्म आउनुपर्ने र सेवा ग्राही पनि यस विषयमा जानकार हुन पर्ने उत्तिकै महत्वपूर्ण छ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय को २०७८/११/०४ को सुचना अनुसार स्वास्थ्य सेवा नियमावली २०५५ को संसोधन/परिमार्जन को निमित्त सरोकारवाला माग गरेको राय सुझावमा नेपाल फिजियोथेरापी सघं को तर्फबाट स्वास्थ्य मन्त्रालय समक्ष ज्ञापनपत्र बुझाएको थियो। उक्त ज्ञापन पत्रमा विशेषज्ञता अनुरुपको उपसमुह थप गर्नु पर्ने सम्बन्धमा ध्यान आकर्षण सहित को माग पनि उल्लेख छ। प्रस्तुत बिषय सान्दर्भिक रहेको र समयानुकूल परिमार्जन हुनुपर्ने जोड दिदै स्वास्थ्य मन्त्रालय सकारात्मक रहेको जानकारी प्राप्त भएको छ। तर फिजियोथेरापी बिशेषज्ञता को बारेमा जनमानसमा प्रयाप्त चेतना नभएको महशुस भएको हुनाले यो लेख तयार पारिएको हो।

किन चाहिन्छ विशेषज्ञका अनुसार को अभ्यास ?
विशेषज्ञता अनुसार को तामिलले फिजियोथेरापी अभ्यासलाई प्रमाण मा आधारित बनाउन, केन्द्रित रहि परिणाम उन्मुख हुन, फिजियोथेरापी अभ्यासमा एकरुपता कायम गर्न, गुणस्तरमा सुधार ल्याउन सहयोग गर्दछ। जनशक्ति को अभाव हुँदा एउटै व्यक्तिले विभिन्न किसिमका सेवा प्रवाह गर्नु सो समयको लागि उपयुक्त नै भएपछि, जनशक्ति र श्रोत को उपलब्धि सँगै विशेषज्ञता अनुसारको सेवा प्रवाह समयानुकूल परिमार्जन हुँदै जानु अतिआवश्यक छ। यसको दृष्टान्त हाम्रो दैनिक जीवनयापन सँग जोडिएको कतिपय उदाहरण ले प्रष्ट पार्दछ। कुनै विकट गाउँ को एउटै पसलबाट विभिन्न किसिमका सामाग्रीहरू जस्तै खाध्यान्न, लत्ताकपडा, भाँडाकुँडा बिक्री वितरण गरिरहेको हुन्छ। त्यहाँ एउटा भन्दा बढी पसल स्थापना गर्नै नसकिने, संचालन नहुने वा आवश्यकता नै नहुने भएकाले ठिक देखिन्छ भने सुगम ठाउँ जहाँ जनसंख्या धेरै र धेरै पसलहरु को आवश्यकता हुन्छ त्यहाँ खाध्यान्न सम्बन्धि छुट्टै पसल, लत्ताकपडा भाँडाकुँडा सम्बन्धि छुट्टाछुट्टै पसलहरु हुनु जरुरी हुन्छ। यसो हुँदा त्यहाँ पाइने सामानहरू छान्न पाइन्छ, मुल्य समायोजित हुन्छ र गुणस्तरिय सामान पाइन्छ। मानवश्रोत नहुँदा वा सेवाग्राही को अनुपातमा आवश्यकता कम हुँदा ऐकै जनाले विभिन्न किसिमका सेवा प्रवाह गर्नु सो परिस्थिति को लागि उत्तम उपाय हो। यस्तो अवस्थामा फिजियोथेरापिष्टले अरुको पनि भुमिका निर्वाह गर्न आवश्यक देखिन्छ। जस्तै सहायक सामग्रीहरू सिफारिस, स्पिच थेरापी, अकुपेशनल थेरापी। यसलाई ट्रान्सडिसिप्लिनरि एप्रोच भनिन्छ। तर उपलब्ध भएसम्म मल्टिडिस्पिनरि एप्रोच को सेवा प्रवाह उपलब्ध हुदा फिजियोथेरापी मात्र नभएर सम्पूर्ण पुनर्स्थापना सेवा नै प्रभावशाली हुन्छ।

यसलाई प्रभावकारी बनाउन फिजियोथेरापिष्ट स्वयंले आफ्नो बिशेषज्ञता अनुरूप अभ्यास गर्नु पर्दछ। आवश्यक परेको खण्डमा एक अर्कासँग समन्वय गरी प्रेषण गर्ने व्यवस्था कायम गर्नुपर्छ। ।जनमानसमा प्रयाप्त मात्रामा फिजियोथेरापी विशेषज्ञ सम्बन्धि चेतना दिइ सेवा प्रवाह गर्नुपर्दछ। र मुख्यतया नेपाल सरकार तथा गैरसरकारी संस्थामा स्नाकोत्तर तहको फिजियोथेरापिष्टको दरबन्दी सिर्जना गर्दा विशेषज्ञता अनुसारको बिज्ञापन गर्नुपर्ने देखिन्छ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.