तनाव र समाधान | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

तनाव र समाधान





सबैजसो व्यक्तिहरूलाई समय समयमा तनावको महसुस हुने गर्दछ । केही मानिसहरूले तनावलाई सहयोगी भएको र कहिले काहिँ जीवना उत्प्रेरणा जगाउने पनि भन्दछन्। तर कहिलेकाहिँ तनावले जीवनमा प्रभाव पारिरहेको छ भने उपचार र उपायहरू उपलब्ध छन्।

तपाईँको जीवनमा तनावसँग जुध्न सकिरहनुभएको छैन भने सहायता र परामर्शहरू उपलब्ध हुन्छन्।

तनावका लक्षण र चिन्हहरू
तनावले विभिन्न प्रकारका लक्षण तथा चिन्हहरू देखाउँछ। तपाईँले शारीरिक, मानसिकरूपमा कस्तो महसुस गरिरहनुभएको छ भन्ने प्रभाव पार्छ।

तर तपाईँले महसुस गरिरहनुभएको कुरा तनाबकै कारण भएको हो कि हैन भनेर निर्क्यौल गर्न चाहिँ गाह्रो छ।

शारीरिक लक्षणहरू
- टाउको दुखाइ या रिङ्गाटा लाग्ने
- मांशपेशी खुम्चने या दुखाइ
- पेटको समस्या
- तीब्रहृदय गति या छातीको दुखाइ
- यौन समस्याहरू

मानसिक लक्षणहरू
- एकाग्रतामा समस्या
- निर्णय लिनको लागि समस्या
- सबैकुराले अभिभूत महसुस गर्ने
- निरन्तर चिन्ता
- बिर्सिने बानी

व्यवहारगत परिवर्तनहरू
- सानो कुराहरूमा झन्झट मान्ने र झर्कने
- अति धेरै सुत्ने या अति कम सुत्ने
- अति धेरै खाने या कम खाने
- केही मानिसहरू या व्यक्तिहरूबाट टाढा बस्ने
- धेरै धुम्रपान या मद्यपान गर्ने

तपाईँले तनाब कम गर्नको लागि गर्नसकिने कुराहरू
गर्न हुने
- आफ्ना भावनाहरूलाई साथी, परिवारका सदस्य या स्वास्थ्य विशेषज्ञसँग अभिव्यक्त गर्नुहोस्
- तनाव कम कसरी गर्ने भन्ने जान्नुहोस् - कसरत सुरु गर्नुहोस् र आफ्नो लागि समय छुट्याउनुहोस्
- आफ्नो नियन्त्रण कायम गर्न समयको व्यवस्थापन उपायहरू अपनाउनुहोस्
- मन शान्त पार्ने स्वासप्रश्वास विधिहरू अपनाउनुहोस्
- तनावपूर्ण दिनहरू या गतिविधिहरूको लागि पहिले नै योजना गर्नुहोस् - लामो यात्रा या अन्यकुराहरूको     योजना र गर्नुपर्ने कुराहरूको सुचीले तनाव कम गर्न सहायता गर्छ
- साथीहरूको सहायता लिनुहोस्, तनाबमा परेका व्यक्तिहरूसँ एक अर्काको सुझाव र सहायताले सहायता पुग्छ

गर्न नहुने
- सबैकुरा एकैपटक हासिसल गर्न प्रयास नगर्नुहोस् - साना साना लक्ष्य सेट गर्नुहोस् जुन तपाईँले सहजै पूरा         गर्न सक्नुहुन्छ
- तपाईँले समाधान गर्न नसक्ने समस्यामा ध्यान नदिनुहोस् - तपाईँको समय र शक्तिलाई आफूलाई सहायता      गर्ने तर्फ लगाउनुहोस्
- तपाईँ आफू एक्लो छु भनेर नसोच्नुहोस् - प्राय मानिसहरू जीवनको कुनै खण्डमा तनाब महसुस गर्छन् र          सहायता उपलब्ध छ
- तनावलाई कम गर्न रक्सी, चुरोट, जुवातास या लागूऔषधिको प्रयोग नगर्नुहोस् ‍यसले तपाईँको समस्यालाई      घटाउन भन्दा तपाईँको मानसिक स्थितीलाई झन बिगार्न सक्छ

निम्न अवस्थामा डाक्टर भेट्नुहोस्:
- यदि जीवनमा तनाबसँग जुध्न सङ्घर्ष गरिरहनुभएको छ भने
- तपाईँले आफैँ विभिन्न प्रयासहरू गरिरहनु भएको छ तर सहायता भएको छैन भने
- यदि मानसिक स्वास्थ्य विशेषज्ञसँग भेट्ने योजना बनाइरहनुभएको छ भने

हाम्रो पात्रो हेल्थमा विभिन्न डाक्टरहरू उपलब्ध हुनुहुन्छ।
खाता खोल्न र सहायतासँग कुरा गर्न निशुल्क छन् र स्वास्थ्य सम्बन्धी थुप्रै जानकारीहरू र भिडियोहरू निःशुल्क रूपमा उपलब्ध छन् ।
डाक्टरहरूसँग टिकट लिएर तुरन्त, अपोइन्टमेन्ट लिएर या विशेषज्ञ समूहसँग स्वास्थ्य परामर्श लिन सकिन्छ। सबै परामर्शहरू गोप्य र सुरक्षित छन्।

तनावको कारण
तनाव मानसिक या भावनात्मक दबाबको प्रतिक्रियास्वरूप उत्पन्न हुन्छ तपाईँले कुनै पनि उपाय नभेट्टाउनु भएको समस्याको कारणले गर्दा हुन्छ, तर कहिले काही तनावको कारण सतही नहुन पनि सक्छ

तपाईँ चिन्तित या त्रशित महसुस गर्नुहुन्छ तपाईँको शरीरले एड्रिनालिन तथा कट्रिसोल जस्ता हर्मोनहरू निर्माण गर्छ
यसले केही मानिसहरूलाई यसरी उत्पन्न तनावले राम्रो गर्छ मानसिहरू केही गर्नको लागि उत्प्रेरित हुन्छन् र कार्यहरू गर्दछन्
तर यसले धड्कन बढ्ने र पसिना आउने जस्ता शारीरिक लक्षणहरू उत्पन्न हुन्छन् जतिखेर पनि तनाब महसुस गर्नुभयो भने त्यो समस्या हुनसक्छ

तनावको कारण
यदि के कारणले तनाब भएको को भन्ने थाह भयो भने यसलाई व्यवस्थापन गर्न सजिलो हुन्छ
प्रायः मानिसहरूलाई तनाब गराउने मुख्यकारणहरू निम्न हुनसक्छन्:
- जागिर - काममा दबाब , बेरोजगारी या निवृत्ति
- परिवार - सम्बन्धमा समस्या, सम्बन्ध विच्छेद या कसैको प्रेम
- आर्थिक कारण - ऋण , सामाजिक आर्थिक स्तर
- स्वास्थ्य - रोग, चोटपटक या कसैको मृत्यु र शोक

कहिले काहिँ घर किन्ने, सन्तानको आगमन या विवाहको सोचले जस्ता राम्रा कुराहरूले पनितनाव हुनसक्छ।
तपाईँलाई यस्तो किन भइरहेको छ भन्ने थाह नहुन सक्छ तर विशेषज्ञसँगको परामर्शले यहाँलाई सहायता गर्नसक्छ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.