टाइफाइडको ज्वरो | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

टाइफाइडको ज्वरो




   डा. समीक्षा निरौला - May 30 2023

टाइफाइड ज्वरो साल्मोनेला टाइफी ब्याक्टेरियाको कारणले गर्दा हुन्छ। यसलाई नेपालीमा म्यादी ज्चरो र चिकित्सा विज्ञानमा इन्टेरिक फिभर भनेर पनि भन्ने गरिन्छ। टाइफाइड एक सरुवा रोग हो। हाम्रो जस्तो कम विकसित देशहरू र व्यवस्थित शहरीकरण नभएका देशहरू तथा ढल तथा फोहरमैलाको व्यवस्थापन राम्ररी नहुने देशहरूमा यस रोगको प्रकोप बढी हुन्छ।

कसरी सर्छ?
यो जीवाणु टाइफाइड भएको मानिसको दिसामा देखिन्छ र फोहोर खाना-पानीको माध्यमद्वारा मौखिक मार्ग हुदै मानव शरीरमा प्रवेश गर्छ। टाइफाइड प्राय पानी आपूर्ति र सरसफाइको अवस्था कमजोर भएको र सडेगलेको खाना, फोहोर पानी मिसिएको खानामा पनि देखिने गर्छ।
टाइफाइड ज्वरोको सङक्रमण अवधि १०-१४ दिनको हुन्छ तर लामो समयसम्म रहन सक्छ साथै सुरुवात घातक पनि हुन सक्छ।

लक्षणहरू
पहिलो हप्ता:
ज्वरो: कम ग्रेड ज्वरोको रूपमा सुरु हुन्छ र पहिलो हप्ताको अन्त्यमा ज्वरो १०३-१०४ डिग्री सेल्सियससम्म बढ्छ।
टाउको दुख्ने
मांसपेशी दुख्ने
ब्राडिकार्डिया (मुटुको चाल कम हुने)
कब्जियत हुने
सेतो बाक्लो जिब्रो देखिने
बच्चाहरूमा पखाला र बान्ता हुने

पहिलो हप्ताको अन्त्यमा:
पेटको माथिल्लो भाग र पछाडि ढाडमा थोरै उठेको रातो डाबर देखा पर्छन् (रोज स्पट)
पेट फुल्ने
पखाला लाग्न सक्ने
स्प्लेनोमेगाली
खोकी लाग्ने

दोस्रो हप्ताको अन्त्यमा:
प्रलाप (डेलिरियम)
ब्रोन्काइटिस
उपचार नभएमा कोमा र मृत्यु सम्म हुने जोखिम हुने

जटिलता
टाइफाइडको समयमा उपचार र व्यवस्थापन भएन भने धेरै किसिमा जटिलताहरू उत्पन्न हुनसक्छन्।
पेटमा प्वाल पर्ने
आन्द्राबाट रगत बग्ने
हड्डी र जोर्णीको संक्रमण
पित्त थैलीको सूजन
मेनिन्जाइटिस
मायोकार्डाइटिस (हृदय मांसपेशीहरूको संक्रमण)
नेफ्राइटिस (मृगौलाको संक्रमण)
डाक्टरसँग कतिखेर परामर्श लिने?

माथिका लक्षणहरू देखिएर दैनिक जीवनमा प्रभाव पारेमा तुरन्त डाक्टरसँग परामर्श लिनु पर्छ। जतिसक्दो चाँडो विशेषज्ञ डाक्टरसँग परामर्श लिनु पर्छ। डाक्टरको सल्लाह बमोजिम उपचार या व्यवस्थापन विधिहरू अपनाउनु पर्छ।

“हाम्रो पात्रो हेल्थमा नेपाल मेडिकल काउन्सिलबाट प्रमाणित २४ विशेषज्ञतामा रहेका २३० जना भन्दा बढि डाक्टरहरू उपलब्ध हुनुहुन्छ। हाम्रो पात्रो हेल्थबाट यहाँले आफ्नो सहजतामा संसारको जुनसुकै स्थानबाट पनि प्रत्येक्ष भिडियो कलमा डाक्टरसँग परामर्श लिनसक्नुहुन्छ। थप जानकारीको लागि https://health.hamropatro.com/ मा हेर्नुहोस्”

टाइफाइड बिरामीले के खाने?
टाइफाइड लागेका बिरामीले प्रशस्त झोलयुक्त नरम खानामा ध्यान दिनुपर्छ।
नरम खानाहरू
झोल कुरा प्रशस्त मात्रामा पिउने
दालको रसमा खाना नरम बनाएर (जाउलो)
प्रशस्त मात्रामा उमालेको पानी
दालको रस वा झोलिलो चिज बढी खानुपर्छ
दुषित पानीबाट रोग सर्ने भएकोले पानी फिल्टर गरेर र उमालेर मात्र खाने

टाइफाइड बिरामीले के नखाने?
साह्रो कुराहरू नखाने
धेरै तेल युक्त चिल्लो खाने कुराहरू नखाने
रक्सी, मासु चुरोट मादक पदार्थ सेवन नगर्ने
फिल्टर नगरेको पानी

रोकथाम
सरसफाइमा ध्यान दिने र जीवन शैली सुधार गर्ने
चर्पीमा दिसा गर्ने बानी बसाल्ने र दिसा गरेपछि साबुन पानीले हात राम्रो संग धुने बानी बसाल्ने।
धारा , नदी र खोलाको पानी फिल्टर गरेर वा उमालेर मात्र खाने ।
हात नधोइकन पकाएको खाना नखाने।
टाइफाइड ज्वरो फैलिएको देशहरूमा यात्रा गर्ने यात्रीहरूले डाक्टरको सल्लाह अनुसार खोप लगाउने

त्यसैले टाइफाइडको लक्षणहरू देखिएमा वा ज्वरो नघटेमा नजिकैको अस्पताल गई डाक्टरको सल्लाह अनुसार रगत, दिसा, पिसावको जाँच गराएर औषधी सेवन गर्नु पर्छ। कहिले काहीँ अवस्था हेरेर भर्ना गर्नु पर्ने पनि हुन सक्छ। कहिले पनि डाक्टरको सल्लाह बिना एन्टिबायोटिक लगायतका कुनै पनि औषधी सेवन गर्नु हुदैन।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.