कोभिड-१९को फैलिँदो संक्रमणलाई नियन्त्रण गर्न विद्यालयहरू बन्द गरिएसँगै कामकाजी अभिभावकहरूलाई यसबाट नया चुनौतीको सिर्जना भएको छ। काम गर्ने लचिलो समयतालिका, बालबालिकाको हेरचाह गर्ने सुविधा तथा तलबी विदाको अभावका कारण धेरैले आफ्नो रोजगार र पारिवारिक जिम्मेवारीहरू निभाउन कठिनाई भोगिरहेका छन्।
अभिभावकको प्रत्यक्ष सहयोगको अभावका कारण बालबालिकाको स्वास्थ्य, शिक्षा तथा भावनात्मक अवस्था जोखिममा रहेको छ। बालबालिकालाई उनीहरूको हेरचाह गर्ने उचित सीप नभएका हेरचाहकर्ताहरूको जिम्मामा छोड्दा वा एक्लै छोड्दा उनीहरूको सुरक्षामा जोखिम बढ्न जान्छ।
कार्यालयमा परिवार मैत्री नीति तथा अभ्यासहरू लागु गर्नाले तपाईँको संस्था वा व्यवसायले बालबालिकाको स्वास्थ्य तथा समग्र हितको प्रवर्धन गर्न र आफ्ना कर्मचारीहरूलाई संस्थागत सहयोग पुर्याउन अग्रसर हुनुहुन्छ।
यसका अतिरिक्त, यस प्रकारका नीतिहरूले कर्मचारीहरुको जिम्मेवारी वहनमा सुधार ल्याउने र तनाव कम गराउने हुनाले उनीहरूको सिक्ने प्रवृत्तिमा वृद्धि हुनुको साथै नया प्रविधि अपनाउन समेत प्रोत्साहन गर्ने गरेको छ।
तपाईंको व्यवसाय/संस्थाले चाल्न सक्ने कदमहरू:
-आफ्ना कर्मचारीहरूको बारेमा उनीहरूका बालबालिकाको संख्या, उमेर, लिंग, अध्ययनरत कक्षा, र अपांगता भएमा सो समेत संलग्न गरि विस्तृत जानकारी राख्नुहोस ताकि तपाईंका नीतिबाट के कति बालबालिका लाभान्वित भईरहेकाछन् भनेर जानकारी अद्यावधिक रहोस्।
-कोभिड-१९ को सन्दर्भमा बालबालिका भएका अभिभावक कर्मचारी तथा बालबालिकाको हेरचाह गर्ने जिम्मेवारी पाएका कर्मचारीहरूसँग हालका सेवा सुविधा तथा अभ्यासहरू पर्याप्त भए नभएको मुल्यांकन गर्नुहोस्।
-नयाँ नीति तथा प्रावधानहरू लागु गर्दा सबै कर्मचारीले राम्ररी बुझेको, अपनाउन सहज महसुस गरेको र यसको कार्यान्वयनबाट कर्मचारीलाई केहि हानी नहुने सुनिश्चित गर्नुहोस्।
तपाईंको व्यवसाय/संस्थाले चाल्न सक्ने लागु गर्नसक्ने परिवार मैत्री असल नीति तथा अभ्यासहरू निम्न हुनसक्छन् :
फेरबदल गर्न सकिने कार्यालयको समयतालिका
-फेरबदल गर्न सकिने कार्यालयको समयतालिका, र फोन तथा ईन्टरनेट मार्फत काम गर्ने र बैठक बस्ने व्यवस्था मिलाउने।
-आफु वा आफ्ना परिवारका सदस्य बिरामी भएको अवस्थामा भिन्न र अनुकुल समयमा काम गर्ने व्यवस्था मिलाउने।
-अस्पताल भर्ना हुनुपरेको कारण परिवार भिन्न हुनुपरेको अवस्थामा कर्मचारीलाई बिरामी भेट्न तथा हेरचाह गर्न सहज होस भनि आफ्नो अनुकुल हेरि काम गर्ने व्यवस्था मिलाउने।
-सरकारीले तोके बमोजिम १४ दिन क्वारेन्टाईनमा बस्नुपर्ने अवस्था आएमा कर्मचारीलाई आवश्यक सहयोग गर्नुहोस् (जस्तै तलबी बिदा दिएर)।
गर्भवती तथा स्तनपान गराईरहेका आमालाई सहयोग
-गर्भवती अवस्थामा महिलाको रोग प्रतिरोधात्मक क्षमताका साथै शारीरिक प्रणालीमा परिवर्तन आउने भएको हुनाले कोभिड-१९ जस्ता श्वासप्रश्वास सम्बन्धी भाइरल संक्रमणको जोखिम उच्च रहन्छ। गर्भवती महिला कर्मचारीलाई आवश्यक सहयोग पुर्याउनुहोस् र संक्रमणबाट जोगिन उनीहरूले नियमित स्वास्थ्य जाँच गरेको सुनिश्चित गर्नुहोस्।
-स्तनपान गराईरहेका आमाहरूका लागि कार्यालयमा स्तनपान कक्षको व्यवस्था गर्नुहोस्। दुध निकाल्ने उपकरण जस्ता स्तनपानकालागि आवश्यक उपकरण वा सामाग्रीहरूको व्यवस्था गर्नुको साथै किटाणुनाशक पुछ्ने कागजी रुमाल, ढक्कन सहितको फोहोरदानी, कम्तीमा ६०% अल्कोहल युक्त हात स्यानीटाईजर र साबुनपानीले हात धुने व्यवस्था जस्ता सरसफाईका आवश्यक व्यवस्था गर्नुहोस्।
बालबालिका हेरचाह सुविधा
-बालबालिका हेरचाह भत्ता, बालबालिका हेरचाहका लागि सामुदायिक सहयोग, अभिभावक शिक्षा तथा आवश्यक जानकारीको उपलब्धता जस्ता बालबालिकाको हेरचाहका लागि बिभिन्न सुविधाहरूको व्यवस्था गर्नुहोस् ।
-कार्यक्रमको प्रासंगिकता, प्रभावकारिता तथा दिगोपन सुनिश्चित गर्नका लागि बालबालिका हेरचाह कार्यक्रमको समयावधिभर कामकाजी अभिभावकहरू/हेरचाहकर्ताहरूलाई आफ्ना विचार व्यक्त गर्ने र आवश्यकताका बारेमा आवाज उठाउने वातावरण/अवसर दिनुहोस्।
-निजी क्षेत्रका लागि थप श्रोत-सामग्री
स्रोत: युनिसेफ
Liked by: