दिर्घायु रहन खानैपर्ने खानेकुराहरु | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

दिर्घायु रहन खानैपर्ने खानेकुराहरु




सुखी, स्वस्थ र लामो जीवनका लागि खान सकिने केही खानेकुराहरु यसप्रकार छन् ।



औपचारिक तथ्याङ्कअनुसार मोनाको, जापान र सिंगापुरका मानिसहरुको औसत आयु धेरै छ । यी देशहरुमा बसोबास गर्ने मानिसहरुले गुणस्तरीय जीवन बाँच्न पाउने पनि बताइएको छ । यस्तो जीवन बिताउन पाउनुमा चाहिँ उनीहरुले खाने खानेकुरा पनि महत्वपूर्ण आधार रहेको पाइएको छ ।
आजकल बजारमा सुपरफुड नामले केही खानेकुरा प्रचलित बन्दै आएको हामीले सुनेका छौँ ।पोषणविद्हरुका अनुसार सुपरफुडको नाममा दुई चार वटा खानेकुरा खाएर स्वस्थ र तन्दुरुस्त हुन सकिँदैन, यसका लागि मात्रा मिलाएर पौष्टिक आहारा खानैपर्ने उनीहरु बताउँछन् । यति भन्दाभन्दै पनि केही खानेकुराहरुमा पोषण बढी हुने कुरालाई भने नकार्न सकिन्न । अनुसन्धानले देखाएअनुसार ती खानेकुराहरुमा केही रोग विरुद्ध लड्न सक्ने र हाम्रो आयु बढाउन सक्ने क्षमता हुन्छ । सुखी, स्वस्थ र लामो जीवनका लागि खान सकिने केही खानेकुराहरु यसप्रकार छन् । 


भटमास
हरियो भटमासलाई विशेष गरी एसियाली मुलुकहरुमा अत्यधिक रुचाइन्छ । उसिनेर, तरकारी पकाएर, सुप बनाएर वा टुसा उमारेर पनि खान सकिने हरियो भटमासलाई धेरै तरिकाले पकाएर खाने चलन छ । भटमासमा आइसोफ्ल्याभोन नामक तत्व पाइन्छ जसले घाउ वा चोटपटक, शरीरमा पाइने विषादी, क्यान्सर तथा अन्य जिवाणुविरुद्ध लड्न मद्दत गर्दछ । यसले शरीरमा चोटपटक लाग्न वा सुन्निन दिँदैन, कोषहरुको उमेर लम्ब्याउने र क्यान्सरविरुद्ध लड्न पनि सहयोग गर्दछ । अनुसन्धानका अनुसार जीवनभर भटमासलाई हामीले खाने खानेकुराको अंश बनाउन सके स्तन क्यान्सरको जोखिमबाट पनि बच्न सकिन्छ । 


तोफु
हेर्दा पनिरैजस्तो देखिने भटमासबाट बनेको तोफुले हाम्रो शरीरलाई एकदम नै फाइदा गर्दछ । भटमासमा पाइने तत्व नै यसमा पनि पाइने भएकाले यो पनि स्वास्थ्यवद्र्धक छ । एसियाली मुलुकहरुमा प्रचलित तोफुलाई तेलमा फु¥याएर, उमालेर वा यसै पकाएर पनि खान सकिन्छ । भटमासबाटै बन्ने भएकाले यसमा पनि आइसोफ्ल्याभोन प्रशस्त मात्रामा पाइन्छ जसको व्याख्या यसअघि नै गरिसकिएको छ । यसका साथै यसमा प्रोटिन, क्यालसियम, आइरन, सेलेनियम, फोस्फोरस, म्याग्नेसियम, जिंक, कप्पर र हाम्रो हड्डी र दाँत बलियो र स्वस्थ बनाउन चाहिने खनिज पनि पाइन्छ । केही पोषणविद्हरुका अनुसार तोफु खाएपछि लामो समयसम्म टन्न भएको महसुस गराउने भएकाले धेरै खाने बानी भएकाहरुले तोफु खादाँ खाना कम गर्न सक्ने बताउँछन् । 


गाजर
गाजरमा हुने बेटा क्यारोटिनले यो सुन्तला रंगको हुन्छ । यो तत्वलाई हाम्रो शरीरले भिटामिन ए मा बदल्छ । न्यासनल इन्स्टिच्यूट अफ हेल्थका अनुसार हाम्रो शरीरले भिटामिन ए उत्पादन गर्न सक्दैन, त्यसैले हामीले खाने खानेकुराबाट नै शरीरले भिटामिन ए प्राप्त गर्दछ । बेटा क्यारोटिनले रोगसँग लड्न सक्ने क्षमता, दृष्टि, प्रजनन तथा कोषिय सञ्चारको अभिवृद्धि गर्दछ । यही तत्वले नै शरीरको विषादी हटाउँदै कोषलाई जीवित रहन र यौनावस्था वृद्धि गर्न मद्दत गर्दछ । बढ्दो उमेरका कारण गुम्दै जाने दृष्टिको रक्षा गर्न पनि यसले सहयोग गर्दछ । गाजरलाई सकेसम्म काँचो खाँदा नै यसले बढी फाइदा गर्छ तर यसको पोषण खेर नजाने गरी पकाएर खाँदा पनि यो फाइदाजनक नै हुन्छ । 

 
बन्दा,गोभीजस्ता तरकारी
हामीले खानैपर्ने खानेकुराहरुमा हरिया तरकारीहरु जस्तैः बन्दा, ब्रोकाउली, सिमी, काउली, मूला, आदिजस्ता तरकारीहरु पनि पर्दछन् । यी तरकारीहरुमा भिटामिन सी, भिटामिन ई, भिटामिन के, खनिज, पोटासियम, क्यालसियम, सेलेनियम, आदि तत्वहरु पाइन्छन् । बन्दा, गोभीका यस्ता तरकारीहरुमा पाइने ग्लुकोजिनोलेट्स्ले शरीरलाई धेरै फाइदा गर्दछ । यति मात्र होइन, यस्ता तरकारीले दिमाग र मुटु स्वस्थ राख्दछ भने यसले क्यान्सर समेत रोक्न सक्ने अड्कलको अनुसन्धान भइरहेको छ । साथै यसमा पाइने फाइबरले रगतमा चिनीको मात्रालाई सन्तुलनमा राख्दै, तौल बढ्न दिँदैन र लामो आयुसम्म पनि स्वस्थ राख्न मद्दत गर्छ ।


साइट्रस फलपूmलहरु
साइट्रस फलपूmल भन्नाले सुन्तला, अंगुर, कागती, निबुवा, आदिजस्ता फलपूmलहरुलाई बुझाउँछ । यो हाम्रो खानेकुरामा नभई नहुनेमध्येको खाना हो । यस्ता फलपूmलहरु हामीलाई लामो समयदेखि पोषणविद्का साथै हाम्रा हजुरआमाले पनि खान सुझाउनुहुन्छ । यसमा पाइने भिटामिन सीले शरीरको विषादी फाल्ने र घाउ, चोटपटक तथा संक्रमणबाट जोगाउने काम गर्दछ । यसबाहेक यी फलपूmलहरुमा फाइबर, पोटासियम, क्यालसियम, थाएमिन, भिटामिन बि सिक्स, फोसफरस, म्यागनेसियम, कपर, आदिजस्ता तत्वहरु पनि पाइन्छन् । साइट्रस फलपूmलमा भएका तत्वहरुले क्यान्सर, मुटु तथा नशासम्बन्धि रोगविरुद्ध लड्न सहयोग गर्दछ ।

 
यहाँ प्रस्तुत सबै खानेकुराले हामीलाई स्वस्थ रहन सहयोग गर्नुका साथै निरोगी र यौवनको आयु बढाउन सहयोग गर्दछ । पछिल्लो अध्ययनअनुसार हाम्रो वंशाणुगत विशेषता फरक परेसँगै हाम्रो शरीरलाई चाहिन खानेकुराहरु पनि फरक पर्दछन् । यसकारण खानेकुराहरु खाँदा आपूmलाई के बढी प्रभावकारी हुन्छ भनेर पनि ख्याल गर्नुपर्ने हुन्छ ।

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.