औलो (मलेरिया) | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

औलो (मलेरिया)




औलो (मलेरिया) सम्बन्धी जानकारी 

परिचय
औलो परजीवीहरूले हुने सङ्क्रमण हो। यो परजीवी मानिसहरूमा लामखुट्टेको टोकाइबाट सर्छ। औलो लागेको व्यक्तिलाई धेरै ज्वरो र कामछुट्ने हुन्छ।
चिसो हावापानी भएका शितोष्ण भागमा कम भए पनि उष्ण र अधिक गर्मीहुने क्षेत्र या देशहरूमा बढी हुन्छ। हरेक वर्ष २ अरब मानिसहरूमा औलोको सङ्क्रमण हुन्छ र ४ लाख भन्दा बढी मानिसहरू यो रोगले मर्छन्।

औलोको सङ्क्रमण कम गर्न विश्व स्वास्थ्य संगठन र सरकारहरू मिलेर किटनाशक औषधिले उपचार गरेको झुल वितरण गरिन्छ। विश्व स्वास्थ्य संगठनले धेरै औलो संक्रमण हुने क्षेत्रमा बस्ने बालबालिकाहरूले औलोको सुई लगाउन सिफारिस गरेको छ।

सुरक्षात्मक पहिरन सुत्ने बेला झुल र किटनाशकको प्रयोगले तपाईँलाई औलोबाट सुरक्षित राख्न सहयोग पुर्‍याउन सक्छ। तपाईँ औलो लाग्ने क्षेत्रमा बस्नुहुन्छ या तात्रा गर्नुहुन्छ भने रोकथाममूलक औषधिहरू पनि लिन सक्नुहुन्छ। धेरै औलोका परजीवीहरूले औलोको उपचारमा प्रयोग हुने सामान्य औषधिहरूबाट निश्प्रभावी भइसकेका छन्।

लक्षणहरू
औलोको लक्षण र चिन्हहरूमा निम्न पर्न सक्छ:
- ज्वरो
- कँप्ने र जाडो हुने
- असजिलो महसुस हुने
- टाउको दुख्ने
- वाकवाकी वा बान्ता
- पखाला लाग्ने
- पेट दुखाइ
- मांशपेशी वा जोर्नी दुखाइ
- थकान
- सास छिटो छिटो फेर्ने
- मुटुको गति तीब्र हुने
- खोकी

औलो लागेको व्यक्तिमा औलोको चक्र देखिन्छ। चक्रमा कामछुट्ने अनि ज्वरो आउने र पसिना निस्कने र फेरि सामान्य तापक्रममा निस्कने हुन्छ।
संक्रमित लामखुट्टेले टोकेको केही हप्तापछि नै औलोका लक्षणहरू देखिन्छ तर केही प्रकारका औलोका परजीवीहरू मानिसको शरीरमा एक वर्षभन्दा बढी निश्क्रियरूपमा रहन सक्छन्।

डाक्टरलाई कतिखेर भेट्ने
औलो धेरै हुने उच्च जोखिम क्षेत्रमा बस्नुहुन्छ या त्यस्तो क्षेत्रमा यात्रा गरेर फर्कनु भएको छ र ज्वरो आएमा डाक्टरसँग कुरा गर्नुहोस्। यदि कडा लक्षणहरू छन् भने आकस्मिक मेडिकल सहायता लिनुहोस्।

कारणहरू
औलो प्लाज्मोडियम जिनसमा पर्ने एककोषीय परजीवीले गराउने रोग हो। यो परजीवी मानिसहरूमा सामान्यरूपमा लामखुट्टेको टोकाइबाट सर्छ।

लामखुट्टे संक्रमण चक्र

औलो संक्रमण चक्र
औलो लागेको बिरामीलाई टोकेपछि सङ्क्रमित भएको लामखुट्टेले टोकेपछि औलो नलागेको व्यक्तिलाई टोक्दा औलो सर्छ। औलोका परजीवीहरू शररीरमा पसेपछि रक्तप्रवाहसँगै कलेजो सम्म पुग्छन्। त्यहाँ परजीवीहरू हुर्कन्छन् र रातो रक्तकोषमा सङ्क्रमण गर्दछन्।
- कुनै पनि औलो नलागेको लामखुट्टे पनि औलो लागेको मानिसको रगत खाँदा सङ्क्रमित हुने गर्छ।
- परजीवीहरूको प्रसार या फैलने प्रक्रिया। यदि लामखुट्टेले तपाईँलाई टोक्छ यसले औलो सार्नसक्छ।
- कलेजोमा परजीवीहरू मानिसको शरीररमा पस्छन् र कलेजोमा पुग्छन्। परजीवीहरू कलेजोमा एक वर्षसम्म निश्प्रभावी रहन सक्छन्।
- रक्तप्रवाहमा हुर्किएपछि परजीविहरू कलेजो छोडेर रक्तप्रवाहमा प्रवेश गर्छन् र रक्तकोषमा सङ्क्रमण गर्छन्। यसै समयमा मानिसहरूलाई औैलोको लक्षणहरू देखिन्छन्।
- अर्को व्यक्तिमा यदि औलोको परजीविहरू नबोकोे लामखुट्टेले यस समयमा तपाईँलाई टोकेमा यो सङ्क्रमित हुनपुग्छ र अन्यव्यक्तिलाई टोक्दा अन्य व्यक्तिलाई पनि औलो सार्छ।

सर्ने अन्य तरिकाहरू: परजीवीहरूले 
- आमाबाट जन्मेको शिशुमा
- रक्तदानबाट या अन्यव्यक्तिको रगत लिँदा
- लागूऔषधि लिनको लागि एउटै सुइ प्रयोग गर्दा

जोखिमहरू
औलोको सबै भन्दा ठूलो जोखिम भनेको औलो हुने स्थानमा बस्नु या भ्रमण गर्नु हो। यसमा निम्न क्षेत्रहरू पर्दछन्:
- सहारा तलको अफ्रिका
- दक्षिण र दक्षिणपूर्वी एसिया
- प्राशान्त महासागरका द्विपहरू
- केन्द्रिय अमेरिका र उत्तरी दक्षिण अमेरिका
The degree of risk depends on local malaria control, seasonal changes in malaria rates and the precautions you take to prevent mosquito bites.

अझ गम्भीर रोगको जोखिम
गम्भीर अवस्थाको जोखिममा रहेका व्यक्तिमा निम्न पर्नसक्छन्:
- साना बालबालिका तथा शिशुहरू
- वृद्ध वयस्कहरू
- औलो नलाग्ने क्षेत्रबाट आएका पर्यटक तथा यात्रीहरू
- गर्भवती महिला तथा गर्भमा रहेको भ्रुण
धेरै औलो लाग्ने देशहरूमा रोकथाम, उपचार र जानकारीहरूको कमीले गर्दा समस्या झन् बढ्दो छ।

रोगप्रतिरोध क्षमता घट्न सक्छ
औलो लाग्ने क्षेत्रमा बस्ने मानिसहरू रोगसँगको सम्पर्कको कारणले आंशिक प्रतिरोध क्षमता विकास गर्नसक्छन् र औलोको गम्भीर अवस्थाबाट बच्न सक्छन्। तर यदि व्यक्तिहरू तत् पश्चात् औलो नहुने या कम हुने क्षेत्रमा सरेमा प्रतिरोध क्षमतामा कमी आउन सक्छ।

जटिलता
औलो प्राणघातक पनि हुनसक्छ विशेषगरी अफ्रिकामा पाइने प्लास्मोडियम प्रजातिको संक्रमण भएमा। विश्व स्वास्थ्य संगठनको अनुसार करिब ९४% मृत्यू अफ्रिकामा हुने गर्छ र उनीहरू प्रायः ५ वर्षभन्दा मुनिका बालबालिकाहरू हुने गर्दछन्।

औलोको कारणले हुने मृत्यूहरू प्रायः गम्भीर जटिलताहरूले गर्दा हुने गर्छ:
- सेरेबेरल मलेरियाः यदि परजीविहरूले भरिएका रक्तकोषिकाहरूले तपाईँको मस्तिस्कमा रहेको रक्तवाहिनी नलीहरूमा अवरोध गरेमा मस्तिस्कको भागहरू सुनिने र सेरेबेरल मलेरिया हुने हुन्छ। यसले गर्दा छोप्ने या कोमामा जाने हुन्छ।
- श्वासप्रस्वासमा समस्याः फोक्सोमा जमेको तरलपदार्थ (पल्मोनरी इडेमा) ले सास फेर्न गाह्रो पार्न सक्छ।
- अङ्ग निस्क्रिय हुनेः औलोले गर्दा मृगौलामा असर गर्ने कलेजोमा असर गर्ने र फियो फुट्ने हुनसक्ने कारणले अङ्गहरूले काम गर्न छोड्न सक्छन्। यस प्रकारका सबै स्थितीहरूमा ज्यानको जोखिमहुन्छ।
- रक्तअल्पताः औैलोले गर्दा शरीरमा पर्याप्त रक्तकोषको आपूर्ति हुन पाउँदैन र शरीरमा अक्सिजन र अन्य पदार्थहरूको पूर्तिनहुन बाधा पुग्न सक्छ।
- न्यून रक्तग्लुकोजः गम्भीर अवस्थाको औलोले शरीरमा ग्लुकोजको मात्रा न्यून गराउन सक्छ र सामान्यतया औलोको उपचारमा प्रयोग हुने क्विनिन भनिने औषधिले पनि यस्यो स्थिती ल्याउन सक्छ। रगतमा एकदम कम ग्लुकोज हुँदा कोमा या मृत्यू पनि हुनसक्छ।

औलो फेरि देखिन सक्छ
औलोको केही प्रजातिहरू जसले सामान्य प्रकारको रोग गराउँछ त्यो केही वर्षसम्म शरीरमा रहन सक्छ र बारम्बार समस्या गराउन सक्छ।

रोकथाम
यदि तपाईँ औलो हुने स्थानमा बस्नुहुन्छ या उक्त स्थानमा यात्रा गर्दै हुनुहुन्छ भने लामखुट्टेको टोकाइबाट बच्न कदमहरू चाल्नुहोस् लामखुट्टेहरू साँझ देखि विहानको समयमा बढी सक्रिय रहन्छन्। लामखुट्टेको टोकाइबाट बच्नको लागि तपाईँले:
- आफ्नो त्वचालाई ढाक्नुहोस्ः पाइट र लामो बाहुला भएका कमिज लगाउनुहोस्। कमिजलाई पाइट भित्र हाल्नुहोस् र खुट्टाका पाइटका बाहुलालाई मोजाभित्र हाल्नुहोस्।

- छालामा किराहरू निरोधक लगाउनुहोस्ः राम्रो र औषधि व्यवस्था विभागबाट प्रमाणित किरा निरोधकको प्रयोग गर्नुहोस्। यसमा DEET, picaridin, IR3535, oil of lemon eucalyptus (OLE), para-menthane-3,8-diol (PMD) या 2-undecanone. समावेश हुनसक्छन्। अनुहारमा स्प्रे प्रयोग नगर्नुहोस्। oil of lemon eucalyptus (OLE) या p-Menthane-3,8-diol (PMD) लाई तीन वर्षभन्दा साना बालबालिकामा प्रयोग नगर्नुहोस्।

- किरा निरोधकहरू कपडामा प्रयोग गर्नुहोस्ः पर्मेथ्रिन कपडामा लगाउन सुरक्षित मानिन्छ।

- सुत्दाखेरि झुल प्रयोग गर्नुहोस्ः झुल विशेषगरी पर्मेथ्रिन जस्तै किटनाशक प्रयोग गरिएको झुल प्रयोग गर्नुहोस्। जसले गर्दा सुत्दा लामखुट्टेले नटोकोस्।

भ्याक्सिन
विश्व स्वास्थ्य संगठनले धेरै औलो संक्रमण हुने क्षेत्रमा बस्ने बालबालिकाहरूले औलोको सुई लगाउन सिफारिस गरेको छ।

शोधकर्ताहरूले औलोको सुइको विकास र प्रभावकारिता बारेमा अध्ययन गरिरहेका छन्।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.