यस हिँउदमा टन्न गाँजर खानुहोस् | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

यस हिँउदमा टन्न गाँजर खानुहोस्




प्रस्तुत लेख बिश्वप्रसिद्ध पोषण बिज्ञ कवीता देवगनको व्लग बाट साभार र अनुवाद गरिएको हो । उन्का बिश्व प्रसिद्ध पोषण समबन्धी पुस्तकहरु डन्ट डायट अनि ५० ह्याबीट्स अफ थिन पिपल्स अत्यन्त लोकप्रिय छ ।



तरकारी बजार देखि सुपरमार्केटका प्याकेट भित्रका तरकारीसम्म राता राता गाँजरहरु सजिएका छन् । मुख्यतया हिँउदमा गाँजरको मौसम पर्दछ, कहिले सलाद त कहिले बिभिन्न परिकारका रुपमा गाँजरको प्रयोग हुनेगर्दछ । यस पालाको हिँउदको मध्यसम्म त हामी आइपुग्यौं नि ? कत्तिको गाँजर खानुभएको छ त यसपाला ?
हेर्दा राम्रो, खाँदा रसाईलो अनि गुलियो मिठो स्वाद, गाँजर धेरैलाई मनपर्ने कुरा हो । खासै महँगो पनि नहुने अनि सुलभ तवरले जहाँ पनि पाउने यस गाँजर शदियौं देखि मानव भान्साको सहयात्रि हो । गाँजर क्यालोरीका हिसाबले थोरै क्यालोरी भएको हलुका फल हो, दुइवटा ठूला गाँजरले केवल ६० क्यालेरी मात्र दिने बताइन्छ । फाईबर लगायत अन्य बिभिन्न पौष्टीक् तत्वहरु गाँजरमा हुनेगर्दछन् । भिटामीन ए, सी , के लगायत प्यान्थोथेनिक एसिड बी ५, फोलेट बी ९, पोटासियम, आइरन, कोपर र म्यानीज पनि प्रशस्त रुपमा गाँजरमा पाइन्छ । गाँजरमा प्रशस्त मात्रामा बेटा क्यारोटीन पाइन्छ जसले एन्टीअक्सीटेन्डका रुपमा भिटामीन ए मा परिणत भएर हाम्रो रोगप्रतिरोधात्मक क्षमता अनि आँखाको स्वास्थलाई राम्रो गर्दछ । यि क्टारोटीनहरु क्यान्सर क मगर्नक पनि अत्यन्त सक्रिय तत्वहरु हुन् र यिनले शरीरमा ग्लुकोज अनि इन्सुलिनको मात्रा नियन्त्रण गर्न पनि मद्धत गर्दछन् । गाँजरको सेवन नियमित गर्नाले रगतमा सुगरको मात्रा पनि कम गरेको पुष्टि भइसकेको छ ।
दैनिक दुइवटा गाँजर सेवन गर्नु स्वास्थका लागि फाइदाजनक हुने गर्दछ भने गाँजरमा सुगरको मात्रा भएकले धेरै सेवन नगर्न पनि सल्लाह दिइन्छ । गाँजरमा भिटामीन सी र क्याल्सीयम पनि भएकले हड्डीको स्वास्थका लागि गाँजरलाई राम्रो खाधान्न मानिन्छ । गाँजरको सेवनले कलेजोको बाइलको प्रवाह बढाएर कलेजोलाई स्वस्थ राख्न सक्रिय भूमिका खेल्दछ । गाँजरमा न्यूरोट्रान्समीटरको गुण हुनेगर्दछ जसले गर्दा हाम्रा स्वबिवेक अनि मानसिक स्वास्थ पनि राम्रो गर्न मद्धत गर्दछ । पेक्टीन नामक पदार्थ बढि भएकाले गाँजरको सेवनले कोलेस्टेरोल कम गर्न पनि मद्धत गर्दछ भने यसमा रहेको पोटासियमले रक्त प्रवाहलाई सहज गर्दछ ।

अब यस लेखको आशय भने तपाँईको खानामा काँचो अनि पाकेको दुबै रुपमा गाँजरको उपस्थिती जनाउन हो, स्मरण रहोस् काँचो र पाकेको गाँजरको आआफ्नै स्वास्थ बिशेषताहरु हुन्छन् । पकाएको गाँजरमा केही पानीमा घुलनशील भिटामीनहरु र मीनरलहरु कम हुनसक्दछन् तर अर्कोतर्फ गाँजरलाई थोरै तेल हालेर पकाउन सल्लाह दिइन्छ । यसो गर्दा एन्टीअक्सीडेन्ट सहजै उपलब्ध हुने र बेटाकेरोटीन शरीरलाई शोषण गर्न सहज हुने बिज्ञहरुले बताएका छन् ।
गाँजरलाई मसिनो रुपमा कोरेर अनि थोरै तेलमा भुटेर दुध अनि मरमसला हाली पाइने गाँजरको हलुवा भारत, बगंलादेश लगायत बिभिन्न दक्षिण एसियाली मुलुकका परम्परागत पकवानहरु मध्य १ नंबरमा पर्दछ । यसपाला हिँउदमा काचै या उसिनेर मात्र नखाई गाँजरलाई हलुवा बनाएर पनि सेवन गर्ने कि ?
चिनीको अनि फ्याटको मात्रा भने हलुवामा कम नै गर्न सल्लाह दिइन्छ । आफ्नो रंग अनि स्वादका कारणले गाँजर सदैव एउटा फ्याशनेवल फल रहिआएको छ, यस हिँउदमा गाँजरको सेवनमा ध्यान दिएर स्वस्थ रहने तर्फ लाग्ने कि ?

प्रस्तुत लेख बिश्वप्रसिद्ध पोषण बिज्ञ कवीता देवगनको व्लग बाट साभार र अनुवाद गरिएको हो । उन्का बिश्व प्रसिद्ध पोषण समबन्धी पुस्तकहरु डन्ट डायट अनि ५० ह्याबीट्स अफ थिन पिपल्स अत्यन्त लोकप्रिय छ ।

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.