पाँच मिनेटमा मस्तिष्क स्वस्थ कसरी राख्ने ? | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

पाँच मिनेटमा मस्तिष्क स्वस्थ कसरी राख्ने ?




   Suyog Dhakal - Apr 25 2018

यसकारण मस्तिष्कलाई स्वस्थ राख्न ध्यान अति आवश्यक छ भनेर पुष्टि भइसकेको छ । ध्यान सुरु गर्नका लागि तपार्इँले यी तीन कदम चाल्न सक्नुहुनेछ ।



व्यस्तता बढेसँगै हामीले हाम्रो शरीरको हेरचाह गर्न छाडिदिन्छौँ । शरीरलाई जति आराम र तन्दुरुस्ता मस्तिष्कलाई पनि चाहिन्छ भन्ने जान्दाजान्दै पनि ख्याल गर्न सक्दैनौँ वा जान्दैनौँ ।
अध्ययनले देखाएअनुसार मानिस २५ देखि ३० वर्षको उमेरमा ढल्किदैँ जाँदा, मस्तिष्कको विकास रोकिँदै जान्छ भने कति कार्य क्षमता गुमाउँदै जान्छ । युसीएलएको नसासम्बन्धि विभागका चिकित्सक डा. फ्लोरियन कुर्थका अनुसार, “२४ देखि २५ वर्षको भएपछि मानिसको दिमागको आकार पनि सानो हुँदै जान्छ । हामीले लामो समयसम्म यो कुरा चाल पनि पाएका हुँदैनौँ । बिस्तारै कुराहरु बिर्सिन थालेपछि मात्र यसको सुइँको पाउँछौँ ।”
डा. कुर्थ लगायतका उनको समूहले गरेको अनुसन्धानमा ५० जना दिनहुँ ध्यान गर्ने मानिस र ५० जना ध्यान नगर्ने मानिस छानेर परिक्षण गरेका थिए । सो अध्ययनमा ध्यान नगर्ने मानिसको भन्दा ध्यान गर्ने मानिसहरुको मस्तिष्कको वजन धेरै रहेको पत्ता लगाएका थिए । हार्भड मेडिकल स्कुलका नसाविज्ञ डा. सारा ल्याजर र उनको टोलीले लामो समय लगाएर ध्यानमा अध्ययन गरेका थिए । ध्यान गर्दा मस्तिष्कमा आठ हप्तामा नै परिवर्तन देखिन थाल्ने उनीहरुको अध्ययनले देखाएको थियो । ध्यान नगर्ने मानिसहरुले ध्यान गर्न सुरु गरेको आठ हप्तामा उनीहरुको मस्तिष्कको चार भागहरु बाक्लिँदै गएको स्क्यान गरिएको तस्बिरहरुमा देखिएको थियो । यसकारण मस्तिष्कलाई स्वस्थ राख्न ध्यान अति आवश्यक छ भनेर पुष्टि भइसकेको छ । ध्यान सुरु गर्नका लागि तपार्इँले यी तीन कदम चाल्न सक्नुहुनेछ । 


१. ध्यान गर्ने कुनै एक शैलीको पहिचान गर्नुहोस् र यसलाई बानी बनाउनुहोस् ।

डा. कुर्थका अनुसार ध्यानले संज्ञानात्मक क्षमताहरुको अभिवृद्धि गर्दछ र तनाव घटाउन मद्दत गर्दछ । ध्यानले लामो समयसम्म पु¥याउने सुरक्षात्मक प्रभाव हामीले थाहा पाउन नसके पनि, यसले तत्काल प्रदान गर्ने लाभहरुको बारेमा भने हामी जानकार हुन सक्छौँ । उनले हामीलाई प्रभावकारी हुने ध्यानको शैली पहिचान गर्न सुझाउँछन् । यसका लागि कुनै योगा वा आफ्नो वरिपरि भइरहेका घटनाहरुबारे सचेत हुने क्रियाकलापहरु हुन सक्छन् । आपूmलाई पायक पर्ने सर्वोत्तम विधि वा शैलीको पहिचान गर्छु र मात्र सुरु गर्छु भन्दै गर्दै छोड्ने गर्नुभन्दा पनि आपूmलाई प्रभावकारी लागेको कुनै शैली चिनेर अभ्यास थालिहाल्न पनि डा. कुर्थ सल्लाह दिन्छन् । त्यस्तै, डा. ल्याजरले पनि धेरै अन्तरालको समयमा धेरै बेर ध्यान गर्नुभन्दा पनि हरेक दिन बरु पाँचदेखि दश मिनेट ध्यानमा बस्दा बढी प्रभावकारी हुने बताउँछिन्।
२. समय छुट्याउनुहोस् ।
यसका लागि हामीसँग समय नै कहाँ छ र भनेर पन्छिन सबैभन्दा सजिलो छ । यसकारण ध्यान गर्नुलाई पनि दाँत माझ्नलाई पाँच मिनेट छुट्याए जसरी छुट्याउनुपर्छ । दाँत कुहिन्छ भनेर जति चनाखो हुन्छौँ, हाम्रो मस्तिष्कको स्वास्थ्यको लागि पनि हामी चनाखो हुनपर्छ । तपार्इँ काम गर्ने अफिसको कुर्सीमा बसेर, गाडीमा बस्दा, हिँड्दा, कहीँ थकाइ मार्न बस्दा पनि यो काम गर्न सक्नुहुन्छ । आपूm एक्लो हुन सक्ने कुनै स्थान र समय छुट्याउन नहिचकिचाउनुहोस् । 


३. यी सरल अभ्यासबाट सुरु गर्नुहोस् ।
योगा तथा ध्यानका प्रशिक्षक एलेक्सिस पियर्सका अनुसार ध्यानपूर्वक सास फेर्ने बानीले बिस्तारै दिमागको एकाग्रता बढाउन सहयोग गर्छ । दिमागलाई हाम्रो सास तथा शरीरमा ध्यान केन्द्रित गर्नका लागि यो विधि प्रभावकारी हुन्छ । यसले भूत र भविष्यको तनावबाट मुक्त भई वर्तमानमा केन्द्रित हुन सहयोग गर्दछ साथै, यसले मस्तिष्कलाई शान्त र आनन्दित राख्दछ । यसका लागि यी दुई वटा विधिबाट मात्र पनि सुरु गर्न सकिन्छ । 


क. आँखा बन्द गर्नुहोस् । 

आँखाको बीचमा आफ्नो ध्यान केन्द्रित गर्नुहोस् र यो क्षेत्रमा अंग्रेजी अक्षरको भी आकारको कल्पना गरी सोही क्षेत्रमा हावा छिरेको र निस्केको पनि कल्पना गर्नुहोस् । सास तान्दा त्यो भी आकारलाई निधारमा सारेर निधारमा छरेको कल्पना गर्नुहोस् भने सास फ्याँक्दा फेरी त्यो आकारलाई आँखाको बीचमा नै सार्नुहोस् । यसो गर्दा तपाईँले यी क्षेत्रहरुमा अक्सिजन प्रदान गर्नुहुनेछ र शान्त अनुभव गर्न सक्नुहुनेछ।
ख. अर्को विधि, आँखा बन्द गर्नुहोस् ।

 लामो सास तानेर पेटसम्म पु¥याउनुहोस् । यसरी सास तान्दा छाती फुल्दै, माथिल्लो छाती र घाँटीमुनिको हाडसम्म लानुहोस् । एकछिन सास रोक्नुहोस् र ३ गन्तीमा माथिल्लो छाती, छाती हुँदै पेटसम्म पु¥याएर सास छोड्नुहोस् । यो अभ्यास गर्दा सास पेट, छाती र माथिल्लो छातीमा सरेको अनुभव गर्नुहोस् । यसरी अनुभव गर्नुहुँदा आनन्दित महसुस गर्न सक्नुहुनेछ ।
हरेक दिन पाँचदेखि १० मिनेट मात्र यो अभ्यास गर्नुहुँदा मात्र पनि मस्तिष्कले आराम पाउँछ र मस्तिष्कलाई स्वस्थ राख्न सक्नुहुनेछ । यसबाहेक आपूmलाई पायक पर्ने वा आपूmले जानेको कुनै सरल विधि छ भने, त्यो नै अप्नाउन सक्नुहुनेछ तर यो दिनहुँ नै गर्नुपर्छ ।

हाम्रो पात्रो




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.