कपाल झरेर हैरान हुनुहुन्छ ? के डेंगुले पनि कपाल झार्न सक्छ? | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

कपाल झरेर हैरान हुनुहुन्छ ? के डेंगुले पनि कपाल झार्न सक्छ?





कपाल अथवा रौँ स्तनधारी जीवको पहिचान हो l यो हाम्रो शरिरको धेरै ठाउँमा भएपनि टाउकोको कपालको धेरै महत्व छ। यो केराटिन प्रोटिनले बनेको हुन्छ l यसले मानिसको सौन्दर्यलाई निखार्ने मात्र नभई शरीरलाई न्यानो प्रदान गर्ने, हानिकारक विकिरणबाट सुरक्षा गर्ने, रोगको, पोषणको र हर्मोनको अवस्था समेत जनाउछ। कपालले वैज्ञानिक लिङ्ग पहिचान, विधिविज्ञानबाट व्यक्ति पहिचान, जाति पहिचान आदिमा समेत मद्दत पुर्याउछ l कपालसँग हाम्रो सामाजिक, सांस्कृतिक, आर्थिक नाता गासिएको छ l महिलाहरुले लामो कपाल राख्ने र पुरुषहरुले धर्म अनुसार मुन्डन गर्ने पुरातन समयदेखि चलिआएको चलन आजसम्म पनि विद्यमान छ l आजकाल कपाल सौन्दर्यको पर्याय नै भैसकेको छ l अहिलेको आर्थिक विश्वमा कपाल हटाउने र कपाल उमार्ने प्रक्रियामा करोडौ रकम खर्च भइरहेको छ l

कपाल झर्नु अथवा तालु खुईलिनु सामान्य प्रक्रिया हो l प्राय सबै जनाको कपाल झरिरहेको हुन्छ र करिब १०० देखि १५० दैनिक रौँ झर्छ l कोभिड-१९ को महामारिमा धेरै जनाले अनुभव गर्नुभएको थियो। अहिले डेङ्गुको महामारीमा समेत धेरै व्यक्तिहरुमा कपाल झर्ने समस्या बढ्न थालेको देखिन्छ।

के हुन् कपाल झर्ने साधारण कारणहरु?
वंशाणुगत- पुरुष र महिलामा हुने सबैभन्दा प्रमुख कारण
कुपोषण: पोषणको गडबडी, विभिन्न प्रोटिन, कर्बोहाइड्रेट, भिटामिन र खनिजतत्वको कमि
हर्मोन: पुरुष र महिलाको शरिरमा हुने सेक्स हर्मोन, थाईराईड हर्मोन आदिमा गडबडी
शारीरिक अवस्था: रक्तअल्पता, गर्भवती अवस्था, गर्भपतन, स्तनपान, अप्रेसन, सङ्क्रमण पछि,
सङ्क्रमण: कोभिड, डेंगु, औंलो लगायत धेरै रोगहरु, कपालकै सङ्क्रमण
तनाव: शारीरिक तथा मानसिक तनाब
कपालका र छालाका रोगहरु: चाया, दाद, घाउखटिरा, छालाको क्षयरोग
औषधिहरु: हर्मोनहरु, केमोथेरापी, रेडियोथेरापी
चोटपटक, दीर्घरोग तथा क्यान्सर

कपाल झर्नु धेरै मानिसको लागि चिन्ता को बिषय हो l कुपोषणको कारणले गर्दा शरीरमा विभिन्न पौष्टिक तत्वहरुको कमी हुन्छ र यसले पनि कपाल झर्छ l धेरैजस्तो यो बच्चा, बृद्ध र दीर्घरोगीहरुमा हुन्छ l हर्मोन र भिटामिनको कारणले पनि कपाल झर्ने गर्छl सेक्स हर्मोन, थाइराइड हर्मोनको कारणले कपाल धेरै आउने र झर्ने दुबै हुनसक्छl गर्भवती हुँदा, बच्चालाई स्तनपान गराउदा, रक्ताअल्पता हुँदा, कुनै पनि कारणले थला पर्दा बिरामी हुँदा (कोभिड, डेङ्गु), वा कुनै अप्रेसनपछि पनि कपाल झर्न सक्छl यतिमात्र नभई कुनै पनि कारणले मानसिक तथा शारीरिक तनाब हुँदा पनि पनि कपाल झर्छl कपाल झर्ने कारण कपाल र छालाको आफ्नै रोगकै कारणले पनि हुन्छl जस्तै चाया, ढुसीदाद, एक्जिमा, एलर्जी, घाऊ, खाटीरा, खोइलो, ठेउला, क्षयरोग, क्यान्सर आदिl बेस्सरी कसेर कपाल बाँध्यो भने, कपालमा विभिन्न केमिकल वा औषधिहरु को प्रयोगले, रंगाऊदा, कपाललाई स्ट्रेट गर्दा वा धेरै चिसो वा तातो चीजले पनि कपाल चुडिन वा झर्न सक्छl कुनै औषधिहरु जस्तै खाने चक्की पिल्स, हर्मोन र क्यान्सरको औषधिहरुले पनि कपाल झार्न सक्छनl वंशानुगत तरिकाले कपाल झाने भनेको आफ्नो दाजुभाइ, दिदीबहिनी, बुवा, हजुरबुवाहरुको कपाल झर्ने संग सम्बन्धित छ l कपाल झर्ने जीन (Gene) पुस्तापुस्ता देखि हस्तान्तरण हुदै आएको हुन्छ l

के डेंगुले पनि कपाल झार्छ?
डेंगु लगायत सङ्क्रमणमा पनि कपाल झर्न सक्छ। बिभिन्न अध्ध्यनले देखाए अनुसार डेंगु गराउने भाईरसले कपालको जरामा नै असर गरेर कपाल झर्ने हुनसक्छ।

के छन् रोकथाम तथा उपचारका उपायहरु?
कपाल झर्दैमा आत्तिनु हुन्न l कपाल झर्ने रोगहरु प्राय वंशाणुगत हुन्छन् वा शरीरको पोषण तथा हर्मोन कारणले हुन्छन् l त्यसैले सन्तुलित खानपानमा ध्यान दिने बानि गर्नुपर्छ/ जथाभावी तथा अनावश्यक औषधी तथा चिजबिज लाऊनु हुँदैन l कुनै पनि औषधि खादा वा प्रयोग गर्दा चिकित्सकको सल्लाह बिना खानु र लगाउनु हुँदैन l कुन कारणले कपाल झरेको छ, त्यो पत्ता लगाएर उपचार गर्नुपर्छ l जस्तो कि ढुसीदादले गर्दा कपाल झरेको छ भने त्यसको औषधि खाने, लगाउने वा कपाल धुने गर्ने l कोभिड, डेंगु लगायत रोगले गर्दा कपाल झरेको बेलामा रोगको उपचारसँगै कपालको पनि उपचार गर्नुपर्छ। धेरैजस्तो अवस्थामा रोग निको भएपछि कपाल झर्न रोकिन्छ र नयाँ कपाल आउनथाल्छ।

यसको लागि चर्मरोग तथा कपालको विशेषज्ञ चिकित्षकको सल्लाह लिनुपर्छl सबै रोगको लागि औषधिको जरुरत नहुन पनि सक्छ l रोग अनुसारको उपचार प्रक्रिया फरक फरक हुन्छ l कुनै रोगको लागि छोटो समयको खाने र लगाउने औषधि हुन्छ भने कुनै लामो समय सम्म खाने र लगाउने हुनसक्छ l अहिलेको आधुनिक युगमा विभिन्न अत्याधुनिक पध्दतीहरु कपाल उमार्न र हटाउन प्रयोग हुदै आइरहेका छन् l प्रकाश र लेजर पद्धति नयाँ पिढिको बैज्ञानिक उपचार महँगो भएपनि यसको आकर्षण बढ्दै गैरहेको छl यति मात्रै नभई तालु खुईलिने समस्याको लागि कपाल रोप्ने प्रबिधी पनि गर्न सकिन्छl त्यसैले समयमा नै उचित परामर्श लिऊ र उपचार गरौँ ।

यदि तपाईंहरू पनि कपाल झर्ने समस्याबाट मुक्त हुन चाहनुहुन्छ भने हाम्रो पात्रो पात्रो हेल्थबाट डा. विकास पौडेलसँग परामर्श लिनुहोस् ।

डा. विकास पौडेल
चर्म, यौन तथा सौन्दर्य विशेषज्ञ
Dermatology, Venereology and Aesthetics Specialist



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.