पृष्ठभूमिः
बोलिचालीको भाषामा कुष्ठ रोगलाई कोर र रोगीलाई कोर्या भन्ने गरिन्छ । कुष्ठ रोग माइकोब्याक्टेरियम लेप्री (Mycobacterium leprae) नामको सुक्ष्म जीवाणु (bacteria) को संक्रमणबाट मानिसमा लाग्ने र उपचार गरेर निको हुने सामान्य सरुवा रोग हो । यो रोग मानव सभ्यताको सुरुदेखि चुनौतीको रुपमा रहेको भएपनि हाल आएर उपचार गरेर निको पार्न, रोकथाम गर्न र उन्मूलन गर्न सकिने जीर्ण रोगमा परिणत भएको छ ।
कुष्ठ रोगको विश्वव्यापी अवस्थाः
विश्वका ४५ देशहरुमा कुष्ठ रोग नभएको र अन्य धेरै देशमा प्रकोप घट्दो क्रममा रहेको छ । यो रोग एशिया र अफ्रिकी माहादेशका विशेषगरी भारत, ब्राजिल, कङ्गो, मोजाम्बिक लगायतका देशहरुमा देखा पर्दै आएको छ । विश्व स्वस्थ्य संघका अनुसार सन् २०२० मा विश्वका १३९ देशमा १५ बर्ष मुनिका ८६२९ बालबालिका समेत १,२७,५५८ जना कुष्ठ रोगी थिए । हरेक १० लाख बालबालिकामा ४.४ जनामा बर्षेनी कुष्ठ रोग लाग्ने गरेको छ । बर्षेनी देखा पर्ने नयां कुष्ठ रोगीहरुमा ७१९८ जना (१० लाखमा ०.९ जना) मा दोश्रो श्रेणीको रोग देखा परेको छ । विश्वमा सन् २०२० को अन्तमा उपचार गराई रहेका र नयां रोगी समेत जम्मा १२९३८९ जना (१० लाख जनसंख्यामा १६.७ प्रतिशत) कुष्ठ रोगी पाइएको थियो । सन् २०१९ को तुलनामा सन् २०२० मा नयां रोगीहरु फेला पार्ने दरमा ३७ प्रतिशतले कमी भएको कारण कोभिड माहामारीको स्वास्थ्य सेवामा परेको असरको रुपमा लिइएको छ । भारतमा सन् २०२१ मा ७५,३९४ जना कुष्ठ रोगी (विश्वको ५३.६४%) भएको अनुमान गरिएको छ । विश्व स्वास्थ्य संघले सन् २०३० सम्ममा कुष्ठ रोग उन्मूलन गर्ने लक्ष सहित अभियान सञ्चालन गरेको छ ।
नेपालमा कुष्ठ रोगको अवस्थाः
नेपालमा कुष्ठ रोगीहरु परापूर्व कालदेखि (स्वस्थानीमा चन्द्रावतीको प्रसङ्ग) फेला पर्ने गरेको हो । कोर लागेका रोगीबाट अरुमा रोग नसरोस् भनेर त्यस्ता रोगीलाई बारीको छेउमा कटेरो बनाएर अलग्गै राख्ने (क्वारेन्टाइन) गरिन्थ्यो । अझैपनि कतिपय स्थानमा कोर लागेर हात खुटृा, नाक, मुख कुहिएर झरेका र औषधि गरेर निको भएका मानिसहरु (विशेषगरी माग्नेहरु) देखिन्छन् ।
नेपालमा बि.सं. २०५५ मा गरिएको एक अध्ययन अनुसार ७७ मध्ये ८ जिल्लामा यो रोग देखिएन भने हरेक १० हजार जनसंख्यामा १७ जिल्लामा १ जना भन्दा धेरै र ५२ जिल्लामा १ जना कुष्ठ रोगी भएको पाइएको थियो । नेपालमा बि.सं. २०६६ मा नै कुष्ठ रोग जनस्वास्थ्य समस्याको रुपमा निवारण भएको घोषणा गरिएको भएपनि हाल बर्षेनी करिब २५०० नयाँ रोगीहरु थपिने गरेको छ जसमा करिब ७.९२ प्रतिशत १५ बर्ष मुनिका बालबालिका रहेकाछन् ।
नेपाल सरकारले सन् २०३० सम्ममा कम्तिमा हरेक १० हजार जनामध्ये एक जना भन्दा कममा कुष्ठ रोग सिमित गर्ने, कुष्ठ रोगबाट हुने अङ्गभङ्ग हुन नदिने, गुणस्तरीय चिकित्सा सेवा सर्व सुलभ गराउने, भ्रम, अन्धविश्वास र भेदभाव निवारण गनेर्, कुष्ठ रोग संक्रमणलाई शुन्य बनाउने र कुष्ठ रोगबाट हुने अपाङ्गता दर घटाएर कुष्ठ रोग मुक्त समाज निर्माण गर्नविश्वव्यापी लक्ष अनुरुप ५ बर्षे कुष्ठ रोग नियन्त्रण कार्यकम कार्यान्वयन गरेको छ । यस योजनामा कुष्ठ रोगीहरुको खोज तलास गर्ने, जनचेतना जागरण गर्ने, रोकथामका उपायहरु अबलम्बन गराउने, रोगीहरुको उपचार तथा स्थापना र भेदभाव हटाउने लगायतका कार्यकमहरु समाबिष्ट छन् । सन् २०१० मा नेपाल कुष्ठरोग मुक्त भएको घोषणा गरेको भए पनि सन् २०१९ सम्म बर्षेनी करिब २५०० नयाँ कुष्ठ रोगीहरु फेला पर्ने गरेको छ । कोभिड माहामारीको कारण कुष्ठ रोगीहरुको खोजी र उपचार गर्ने कार्यमा धेरै वाधा परेको छ ।
कुष्ठ रोगका रिर्जभायर र सर्ने तरिकाः
कुष्ठ रोग उत्पन्न गर्ने ब्याक्टेरिया (M. leprae) रोगी मानिसबाट स्वस्थ मानिसमा, मानिसबाट एक किसिमको सालक वा आर्माडिलो (armadillo, Dasypus novemcinctus) नामक पशुमा र अर्माडिलोबाट मानिसमा सर्ने गरेको पुष्टि भएको छ । त्यसैगरी, बनमान्छे (चिम्पाञ्जि), बाँदर, लोखर्के तथा एक कोषीय सूक्ष्मजीव अमिवालाई कुष्ठ रोगका जीवाणु संग्रह र्गन मुख्य स्रोत (reservior) र मानिस एवं पशुपन्छीबीच र्सने जुनोटिक स्वरुपमा पनि हेर्ने गरिन्छ ।
चिकु आर्माडिलो (Dasypus novemcinctus) । साभारः google.com
सर्ने तरिकाः
कुष्ठ रोग लागेका रोगीको सिंगान र ¥याल तथा मुख, नाक र हात गोडाका घाउहरु र रोगका जीवाणुका रिजर्भायरसंगको पटक पटकको प्रत्यक्ष संसर्गबाट यो रोग सर्न सक्दछ । यो जीवाणु शरीरमा प्रवेश गरेपछि सामान्यतया ५ बर्षदेखि २० बर्षसम्ममा रोगका लक्षण देखिन सक्दछ । उपचार गराइरहेका रोगीबाट कुष्ठ रोग अरुमा सर्दैन ।
अनुहार र मुखमा कुष्ठ रोगः
कुष्ठ रोगले मानिसको छाला, अँंखा, माथिल्लो स्वास प्रस्वास प्रणालीका म्यूकस झिल्ली, पेरिफेरल स्नायुहरु (peripheral nerves) र हात गोडामा संकुमण गरी कुहीने, खस्ने र अपाङ्ग तथा कुरुप बनाउँदछ । करिब २० देखि ६० प्रतिशत कुष्ठ रोगीहरुका मुख र अनुहारमा रोगका लक्षण देखा पर्ने भएतापनि सुरुसुरुका अधिकांश अवस्थामा यो रोगप्रति त्यति ख्याल गरिदैन । कुष्ठ रोगका मुख्य लक्षणहरुमा छालामा नदुख्ने तर बढ्दै जाने फुस्रा दागहरु देखिने, कुुहिना र घुंडाका स्नायू सुन्निने, हात गोडाका मासु गल्ने (पक्षघात हुने, कुुहिने), औँला खस्ने, अनुहारमा काला दाग बस्ने, अनुहार (trigeminal) तथा कुुहिना र घुँडाका स्नायु सुन्निने, आँखा तथा नाकका छाला र मासु कुुहिने, अन्धो हुने आदि पर्दछन् ।
खत र कुरुपताः
कुष्ठ रोगका जीवाणुले मुखमा जिभ्रो माथिको कडा तालु, अनुहारको हाड र नाकको डण्डीको कुरकुरे हाडमा घाउ बनाएर गलाउने, छिद्र पार्ने, गिर्खा पर्ने, कुहाउने, टुकाउने र उमेर बढ्दै जाँदा अनुहार कचाकुचुक्क भएर कुुरुप गराउँदछ । सुरु सुरुमा ओँठ, जिभ्रो, तालु, भित्रि गाला सुन्निने (बाक्लिने), निको नहुने राता वा फुस्रा घाउ देखिने, फुट्ने (चिरिने) र खस्रो बन्दछ । पछि गएर ती घाउ भएका स्थानहरु खुम्चिने, दागहरु बढ्दै जाने, मुखको लालिमा चमकु हराउने, गिँजा सुन्निने, सास फेर्न कुठिन परेर मुखले सास फेर्ने, बोल्न कुठिन हुने, खानेकुुरा नाकुबाट निस्कुने र स्वाद हराउने जस्ता समस्याहरु देखिन सक्ुदछन् । मुख वा दन्त परीक्षण गर्दा विशेष गरी कुुहिएका (Decayed), नउम्रिएका (Missing) र भरेका (Filled) दाँतहरु धेरै देखिने (DMF index), क्रेनियल स्नायुको गडबडी र दोश्रो चरणको बिकृति (grade 2 deformity) वा विकलाङ्कताबाट पनि कुष्ठ रोगको शङ्का गर्न सकिन्छ । कुष्ठ रोेगका मुख र अनुहारमा देखिने मुख्य असरहरुमा मुख भित्र विभिन्न भागमा मासुका गिर्खा पलाउने र राता वा फुस्रा दागहरु देखिने, नाकु र अनुहारका हाड कुुहिएर कुुच्चिने, अँगाडिका दाँत झर्ने र अनुहार खुम्चिएर कुुरुप हुने लगायतका लक्षणहरु देखा पर्दछ ।
जोखिममा दन्त चिकित्साः
दन्त चिकित्साको अभ्यास गर्दा रोगी र चिकित्सकको मुखामुख सामिप्यता ज्यादै नजिकबाट हुने, मुख वा दाँतको उपचार गर्दा उत्पन्न हुने खोकी, आच्छीउँ, ¥याल, सिंगान र दाँत सफा गर्न उत्पन्न हुने भाइब्रेसन र संकुमित एरोसोल चिकित्सकको आँखा, नाक, मुखका म्यूकस झिल्लि वा स्वासप्रस्वासमार्फत संकुमित तन्तु वा जीवाणु सोझै आफ्नो शरीरमा प्रवेश गर्न सक्ने जोखिम रहन्छ । दन्त चिकित्सकहरुले उपचार गर्दा पर्याप्त सावधानी अबलम्बन गरी रोगी र आफ्नो सुरक्षा गर्नु पर्ने हुन्छ ।
निदान र उपचारः
विगत २० बर्षमा करिब १ कुरोड ६० लाख कुष्ठ रोगीहरु उपचार गरेर निको भएका छन् । उपचार नगरेको खण्डमा भने हात गोडा, छाला, स्नायू, अनुहार कुुहिएर झर्ने र अङ्गभङ्ग हुन सक्दछ । सन् १९४० मा ड्याप्सन नामकु औषधि पत्ता लगाएपछि कुष्ठ रोगको उपचारमा ठुलो फड्को मारिएको हो । सन् १९६० मा रोगले ड्याप्सन औषधि पचाएपनि रिफाम्पिसिन र क्लोफाजिमिन औषधि पत्ता लागेपछि उपचार पुनः सहज भएको हो । बि.सी.जी. (Bacillus' Calmette-Guerin) खोपले कुष्ठ रोग लाग्नबाट ५० प्रतिशत सुरक्षा गर्दछ ।
चुनौती र सुझावः
विशेषज्ञ चिकित्सक, गुणस्तरीय चिकित्सा सेवा, साधन, श्रोत र सचेतनाको कमी जस्ता बिषयहरुले कुष्ठ रोगको निगरानी, निदान, नियन्त्रण, उपचार र उन्मूलनमा व्यवधान खडा गरेका छन् । राज्यका सबै तहबाट प्रतिबद्धताका साथ निरन्तर निगरानी तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने र रोगको निदान तथा उपचारको गुणस्तरीय चिकित्सा सेवा सुलभ गराउन सकेमा निर्धारित समयमै कुष्ठ रोग नियन्त्रण तथा उन्मूलन गर्ने लक्ष पुरा हुने अपेक्षा गर्न सकिन्छ । कुष्ठ रोगको समयमै निदान र उपचार गर्न सकेमा निको र नियन्त्रण हुने भएकाले यस रोगको बारेमा सचेतना जगाउन अति आवश्यकछ ।
दन्त चिकित्साको अभ्यास गर्दा चस्मा, फेससिल्ड, ग्लोब्स लगायतका व्यक्तिगत सुरक्षा कवच (personnel protective equipment, PPE) को प्रयोग गर्नु पर्दछ । साथै रोग नसरोस् भन्नाकालागि पर्याप्त सावधानी अपनाउनु पर्दछ ।
समय समयमा मुख स्वास्थ्यको जाँच गराउनाले कुष्ठ रोग लागे नलागेको समय मै थाहा पाउन सकिन्छ । रोगबाट थप क्षति हुनु अगावै निदान र उपचार गरेमा यो रोग पुरै निको हुन्छ । हाम्रो जस्तो कुष्ठ रोगको व्यापक प्रकोप हुने गरेको स्थानमा नदुख्ने तर निको नहुने छालाका फुस्रा दाग वा मुखका राता वा फुस्रा दाग र स्नायू सम्बन्धी समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी कुष्ठ रोगको परीक्षण गराउनु बुद्धिमानी हुन्छ ।
सचेतना र विश्व कुष्ठ रोग दिवसः
कुष्ठ रोगको बारेमा सचेतना जगाउने अभिप्रायले विश्व स्वास्थ्य संघको आव्हानमा हरेकु बर्ष जनवरी महिनाको अन्तिम आइतबारलाई विश्व कुष्ठ रोग दिवसको रुपमा मनाउने गरिन्छ । नेपालमा पनि कुष्ठ रोगीलाइ हेर्ने भेदभावपूर्ण सोंचमा परिवर्तन ल्याएर कुष्ठ रोगको बारेमा सचेतना जागृत गराउँदै यो रोग उन्मूलन गर्न “कुष्ठ रोग अन्तका लागि आजैबाट पहल गरौँ” भन्ने नाराका साथ आज ७०औं विश्व कुष्ठ रोग दिवस मनाइँदैछ ।
कुष्ठ रोगको बारेमा सचेत भएर सावधानी अपनाएमा रोगको सहजै रोकथाम र्गन सकिन्छ । नियमित स्वास्थ्य जाँच र कम्तिमा पनि मुख तथा दाँतको नियमित जाँच गराउनाले कुष्ठ रोगको समयमै निदान र उपचार गरी निको पार्न सकिन्छ । हामी पनि कुष्ठ रोगको बारेमा आफु पनि सचेत बनौं र अरुलाई पनि जानकारी गराउँदै यस रोगबाट प्रभावितहरुलाई कुुनै पनि किसिमको भेदभाव रहित तबरले समाजमा स्थापित हुन र सहज जीवन यापन गर्न प्रेरित गर्दै सहज वातावरण बनाउन आआफ्नो क्षेत्रबाट सबै सरोकारवालासंग समन्वयात्मक रुपमा आजैदेखि पहल गरौं ।
डा. सिमा घिमिरे, डा. प्रतिक्षा घिमिरे, डा. आदर्श खनाल र डा. नारायण घिमिरे
सुमेन डेण्टल होम, बसुन्धरा
Liked by: