लुतोका घरेलु उपचारहरु | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

लुतोका घरेलु उपचारहरु




   Suyog Dhakal - Aug 03 2017

बर्खायाममा पानीमा भिज्ने अनि फेरि त्यसै कपडामा सुक्ने साथै घाममा मज्जाले कपडा सुक्न नपाई ओश लाग्ने, शेप रहने अनि ढुंडी लाग्ने समस्या हुन्छ । यसरी घामको कमी अनि पानीको ओश धेरै हुँदा बिभिन्न चर्मरोगहरु बिशेषतः लुतो लाग्न सक्ने संभावना हुन्छ । अत्यन्त सरुवा यस चर्म संक्रमण अरुहरुको कपडा लगाएमा, ओढ्ने ओछ्याउने प्रयोग गरेमा पनि सर्न सक्दछ ।

यो पनि हेर्नुहोस् : यी कुरामा ध्यान दिए रोक्न सकिन्छ मिर्गौला फेल

सार्कोटोप्स स्काबेई नामक सुष्म जीवाणुवाट लुतो सर्दछ, हाम्रो छालामा खनेंर आफ्ना अण्डाहरु पार्ने यस जीवाणुको संक्रमण पीडादायी हुन्छ । बर्खामासमा लुतो बास्तवमै एउटा त्रास हो, आउनुहोस् आज केही लुतोका घरेलु उपचारका बारेमा चर्चा गरौं ।

१ नीम

तितोपनाकालागि दुईवटा बनस्पतीहरु नेपाली जीवनशैलीमा प्रख्यात छन् । तितेपाती र नीम, आउनुहोस् लुतो हटाउन आज नीमको परिचर्चा गरौं । नीमको तेल, स्याम्पु, साबुन अनि लेपहरु लुतो फाल्नकालागि अत्यन्त महत्वपूर्ण मानिन्छन् । प्रयोगशालामा समेत नीमका अवयवहरुले लुतोका जीवाणुहरु मार्ने सिद्ध भएको छ । नीमका स्याम्पु, साबुन आदि बिभिन्न उत्पादनहरु प्रयोग गर्नाले कुनै साइडएफेक्ट बीनानै लुतो निको पार्न सकिन्छ । नीमका बिरुवाहरु सहजै गाँउघरमा पाइन्छ, सामान्य पातहरुमात्रै पनि पिसेर लेप शरीरमा लगाउनाले लुतो कम हुने छ । नीमका साथै शुद्ध हर्दि या बेसार पनि लेपमा प्रयोग गर्न सकिन्छ ।

२ एलोबेरा (घ्यूकुमारी) 


घ्यूकुमारीको बिशीष्ट स्वास्थ गुणहरुवाट हामी अनभिज्ञ छैनौं नि रु पोलेको र डाबरहरु आएको छालामा यसको बिशेष असर हुन्छ, बास्तवमै मस्याइलो र चिसो अनुभव गराउने घ्यूकुमारीको प्रयोग छालामा गर्नाले लुतो लगायत अन्य चर्मरोगहरु पनि कम हुने प्रमाणीत भएको छ । लुतोको उपचारकालागि दिइने ओखती बेन्जेल बेन्जेएटोको सम्पूर्ण तत्वहरु घ्यूकुमारीमा रहने गर्दछ र यसको लेप छालामा लगाउनाले लुतोका जीवाणुहरु क्रमश मर्दै जाने र छालामा शितलता आँउदै जाने तथ्य छ ।

स्मरण रहोस्, एलोबेराका उत्पादनहरु र लेपहरु खरिद गर्दा सकेसम्म थोरै अन्य तत्वहरु र मिसावट भएका उत्पादनहरु प्रयोग गर्नुहोला, नत्र एलोबेराका पातहरु आँफैले पनि पिसेर या लेदो बनाएर प्रयोग गर्न सकिन्छ ।

३ सरसफाई

लुतो आंफैमा सरसफाईको कमीले हुने संक्रमण हो । स्मरण रहोस् लुतोका जीवाणुहरु मानव शरीर बाहीरका सतहहरुमा केवल ३ ४ दिनसम्म मात्र बाँच्न सक्दछन् तसर्थ घर, कपडा, ओछ्यान, सोफा आदिहरुमा बिशेष सरसफाई गर्न जरुरी हुन्छ । सम्पूर्ण कपडाहरुलाई कम्तिमा ५० डिग्री सेल्सियसमा उमाल्ने गर्नुपर्दछ र यसो गर्नाले लुतोका जीवाणुहरु र तिनका अण्डाहरु मर्दछन् । धुन नमिल्ने कुराहरुलाई प्लाष्टीकमा हावा नछिर्ने गरि बाँधेर कम्तिमा ५ दिन राख्नुपर्दछ, यसो गर्नाले जीवाणुहरु मर्दछन् ।

४ डाक्टरलाई भेट्ने 

ओखतीको प्रयोग गर्नासाथ लुतोबाट मुक्त हुने आश नराख्नुहोला, छालाका राता डाबरहरु र चिलाउने क्रम कम नहुन्जेल यो संक्रमण निको हुँदैन । माथि उल्लेखित सम्पूर्ण कुराहरु गरिसक्दापनि कम नभएमा डाक्टरको सल्लाह लिनुहोस् । छालाको जाँच गरेरमात्र डाक्टरले लुतो हो भनि निक्र्योल गर्दछन् । त्यसपछि परामर्श अनुरुपको लेप या मल्हम लगाउन जरुरी हुन्छ ।

संक्रमण अझै पुरानो र गहिरो भए ओखतीका रुपमा खाने चक्की पनि दिन सकिन्छ । लुतोको संक्रमण भएकाले आफ्नो मार्फत अरुलाई पनि नसरोस भन्ने कुरामा चनाखो हुन जरुरी छ, केही नियमीत कसरत र स्वस्थ खाना खानाले उपचार प्रक्रियालाई सहज र छिटो बनाँउदछ ।

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.