Navajat Shisuma Dekhine Skin Problems | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

नवजात शिशुमा देखिने छाला सम्बन्धी समस्या




Dr. Vikash Paudel - Feb 23 2024

नवजात शिशुको छाला बच्चा र वयस्क भन्दा फरक हुन्छ । यिनीहरूको छालामा सामान्य रुपमा (physiologic), क्षणिक (transient) परिवर्तन लगायत आनुवंशिक (genetic) वा विकासात्मक (developmental) समस्या देखिन सक्छन् ।

आज हामी नवजात शिशुको त्वचा/छालामा हुने सामान्य परिवर्तनको चर्चा गर्दैछौं:

1. मिलिया (Milia): मिलिया केराटिन र चिल्लो चिजले बन्ने सेतो दाना हो । यिनीहरू प्रायः नाक र गालाहरूमा हु्न्छन् र पहिलो केही महिनामा नै हराउछन् ।

2. मिलियारिया (Miliaria): यो समस्या नवजात शिशुहरूमा पसिनाको नलिको अवरोधको कारणले हुन्छ । गर्मीमा र बढि तापक्रममा बच्चा राख्दा यस्ता परिवर्तन देखिन्छन् । सघन उपचार कक्षमा भएका शिशुमा यो समम्या झन् देखिन्छ ।

3. एरिथेमा टोक्सिकम निओनाटोरम (Erythema Toxicum Neonatorum): यो नवजात शिशु जन्मेको ७२ घन्टामा देखापर्ने सामान्य परिवर्तन हो । कसैकसैमा सानो रातो दाना अथवा ससाना पिप जस्ता फोका आउछन् तर यिनीहरू एक हप्तामै हराउछन् ।

4. नवजात सिफालिक पस्टुलोसिस (Neonatal cephalic pustulosis): जन्मेको तीन हप्तामा सुरु भएर आउने यो परिवर्तन शिशुहरूको टाउको र घाँटीमा ससाना पिपका फोका जस्ता देखा पर्छन् ।

5. भेर्निक्स केसियोसा (Vernix caseosa): यो शिशु जन्मदा शरीर भरि हुने सेतो चिल्लो पदार्थ हो जसले सुरक्षा र कोमलता प्रदान गर्छ । नरम कपडाले पुछ्दा यो सजिलै हराउछ ।

6. लानुगो कपाल (Lanugo Hair): नवजात शिशुको शरीरभरि हुनसक्ने मसिना तथा लुला कपालहरू जन्मेको केही हप्तामै झर्छन् ।

7. जन्मदागहरू: नवजात शिशु जन्मदा उसको शरीरमा विभिन्न प्रकारका विभिन्न रंगका जन्मदागहरू हुन सक्छन् । यस्ता दागहरू कुनै आफैं हराउने हुन्छन् भने कुनैलाई चर्मरोग कै चिकित्सकसँग परामर्श लिनु पर्छ ।

8. पानीफोका आउने वा छालाको पत्र निस्कने: कुनै नवजात शिशुहरूको हात र खुट्टाको छाला पत्र पत्र गरेर उक्किने हुनसक्छ। यसको कारणमा शिशुहरूको पाठेघर भित्र र बाहिरको वातावरणमा समायोजन नभएर हो ।

9. नवजात जन्डिस: नवजात शिशुहरूमा जन्डिस देखिदैमा डराईहाल्नु पर्दैन । सामान्य कारण स्तनपान देखी रगत, कलेजो औषधिको प्रयोग वा अन्य रोगले गर्दा पनि जन्डिस हुन सक्छ । जन्डिसमा छाला र आँखा पहेँलो हुन्छ ।

यी छाला परिवर्तनहरू सामान्यतया सौम्य हुन्छन् र उपचार बिना आफैं पनि समाधान हुन सक्छन् । यदि आफ्नो बच्चाको छाला सम्बन्धि सल्लाहको लागि नजिकको चिकित्सक (छालारोग विषेशज्ञ) संग परामर्श गर्नुहोस् वा हजुरहरूले हाम्रो पात्रो हेल्थबाट अनलाइन परामर्श पनि लिन सक्नुहुन्छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.