स्वास्थ्य परामर्शकालागि "Ncell Call to डाक्टर सेवा" - हरेक दिन बिहान १० देखि साँझ ६ बजेसम्म | Hamro Patro

ब्लग - साहित्य / कोरोना जनचेतना - सुस्वास्थ्य

स्वास्थ्य परामर्शकालागि "Ncell Call to डाक्टर सेवा" - हरेक दिन बिहान १० देखि साँझ ६ बजेसम्म





काठमाडौं- सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल चिकित्सक संघ, हाम्रो पात्रो र Ncell सँगको प्राविधिक सहयोगमा घरमै बसी कोरोनाभाइरस (कोभिड-१९) को लक्षणसँग मेल खाने देखिएमा स्वास्थ्य सल्लाह तथा परामर्शका लागि ‘एनसेल कल टु डाक्टर’ सेवाको प्रयोग गरी निःशुल्क स्वास्थ्य परामर्श सेवाको लाभ लिन अनुरोध गरिन्छ ।

यो सेवा प्रयोग गर्नका लागि हाम्रो पात्रोमा गएर अथवा हाम्रो वेबसाइटमा उपलब्ध 'Ncell Call to Doctor' (https://bit.ly/2y2MPcdलिंकलाई क्लिक गरी बिहान १० बजे देखि साँझ ६ बजेसम्म अनलाइनमा उपलब्ध स्वयंसेवक डाक्टरहरुसँग सजिलै भिडियो कल गरेर स्वास्थ्य परामर्श लिन सकिनेछ ।

यो सेवाका लागि फोन नम्बर चाँहिदैन

बिहान १० बजेदेखि साँझ ६ बजेसम्म अनलाइन हुनुभएको 'डाक्टरलाई कल गर्नुहोस्' बटन थिचेर भिडियो कल मार्फत परामर्शका लागि आफ्ना समस्या तथा शंकालाई डाक्टरसमक्ष प्रत्यक्ष भेटमा जस्तै यहाँहरुले राख्न सक्नुहुनेछ ।

यो सेवा हाम्रो पात्रोले नेपाल चिकित्सक संघको अनुरोधमा, केवल कोरोना (कोभिड-१९) को संक्रमणको लक्षणसँग मिल्दो समस्या देखिएका नागरिकको लागि Ncell सँगको प्राविधिक सहकार्यमा तयार गरेको हो ।

अन्य स्वास्थ्य समस्यासँग सम्बन्धित समस्या भएमा समेत अनलाइनमा उपलब्ध डाक्टरहरुसँग परामर्श लिन सक्नुहुनेछ । देशका कैंयन स्थानमा लकडाउन सकिएसँगै सामूदायिक स्तरमैं संक्रमण फैलिएको तथा संक्रमितको संख्या दिनानुदिन बढेका कारण कुनैपनि लापरवाही नअपनाइ यस स्वास्थ्य संकटबाट बच्नुहोस् ।

यस स्वास्थ्य संकटको एकमात्र सहारा डाक्टरहरुको अमूल्य समय र सम्भावित संक्रमितहरुलाई उचित स्वास्थ्य परामर्शका लागि अनलाइनमा उपलब्ध डाक्टरहरुले उचित सल्लाह र सावधानीका तौर तरिकाहरुका बारे समेत परामर्श दिनुहुनेछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.