स्वास्थमा नराम्रो असर गर्ने केही फार्मेसी ओखतीहरु
हामीलाई नाम नबताउने शर्तमा एकजना कन्सल्टेन्ट डाक्टरले नेपालमा अन्य देशको तुलनामा यस ओखती सबैभन्दा धेरै वयस्कहरुले प्रयोग गर्ने बताए । यस ओखतीले छोटो समयमै मुटु रोगि बनाउने र मुटुलाई पून जागृत नै हुन नसक्ने गरि हानी गर्ने बताइन्छ । सीओकीउ १० नामक पदार्थ क मगर्ने यस ओखतीले गर्दा शरीरमा सीओकीउ १० को कमी हुने र बिभिन्न मांशपेशी अनि मुटु समबन्धीत दिर्घरोग लाग्ने बताइन्छ।
यो प्रदुशण र मिसावटको संसारमा धेरैवटा किटाणुहरुले हामीलाई रोगी बनाउने संभावना रहन्छ । यस्तो अवस्थामा चाँही हामी नैरोग्यताका लागि ओखती अनि फार्मेसी कम्पनीहरुको शरणमा पर्दछौं ।
अध्ययनकर्ताहरु अहोरात्र बिभिन्न नयाँ ओखतीहरु अनि तिनको प्रभावकारिताका लागि कार्यरत छन्, जसले हामीलाई स्वस्थ राख्दछन् । सामान्यतया हामी नैरोग्यताका लागि ओषधी खाने गर्दछौं तथापि केही यसता ओखतीहरु पनि हामीलाई दिइन्छ जसले हामीलाई फाईदाका साटो उल्टै हानी गर्दछन् । बिश्वमा सबैभन्दा धेरै शक्तिशाली कम्पनीहरुमा फार्मेसी कम्पनीहरु पर्दछन र बास्तवमा भन्ने हो भने यिनले किन र कस्ता औषधी बेचिरहेका छने बिकसीत मुलुकमै पनि पैरवी गर्न गाह्रो रहेछ । एलोपेथिक ओखतीले जरामा गएर उपचार गर्नु भन्दा बढि लक्षणलाई क मगर्दै तुरुन्तै अफ्ठेरो हटाउने कार्य गर्दछ । यसै कारणले पनि बिरामीहरु तुरुन्तै एलोपेथिक ओखतीको लतमा पर्न जान्छन्, छाडेको खण्डमा रोग या समस्या पून देखापरिहाल्छ । ओखतीको साइड एफेक्ट अनि अन्य नकारात्मक प्रभावलाई हामी सामान्य नेपालीहरुले आँक्न सक्न त गाह्रै छ नि, आउनुहोस् यस्ता ५ वटा एन्टीबायोटीकका कुरा गरौं जसको प्रयोग अत्यन्त हानीकारक छ । सबेसम्म यी ओखतीहरुप्रयोग नगर्नुहोला भनी बिभिन्न अध्ययन अनि अनुसन्धानले भनेको छ ।
१ प्रोटोन पम्प ईनहिबिटरस
छोटकरीमा पीपीआई भनिन्छ, पेटको आमाशयमा ग्रन्थी उत्पादन हसन नदिएर यस ओखतीले एसिड फर्मेशन बाट रोक्दछ । अल्सरको कारक तत्व नै एसिड फर्मेशन हो भन्ने त हामीमध्य धेरैलाई थाहै छ । बिभिन्न अध्ययन र अनुसन्धानले पीपीआई लै डिमेन्सीया (बिर्सने रोग), मृगौलाको रोग लगायत अन्य मुटु रोगहरु बढाउने देखिएको छ । यदि डाक्टरले कसैलाई यो ओखती दिएको देखेमा यस बारेमा कृपया सोधपुछ गर्नुहोला, एउटा समस्या समाधानका लागि जिवन नै जोखिममा त पार्न हुन्न नि ?
२ पे्रडनिसोन
शरीरमा पोल्ने या सुन्नीने तत्वहरुलाई क मगर्न यस ओखतीको प्रयोग गरिन्छ । यो एउटा स्टेरोइड पनि हो । लुपुस अथवा बाथ रोगीहरुमा यस ओखती बढि प्रयोग गरिन्छ । यो ओखतीको प्रयोगले शरीरको प्रतिरोधात्मक प्रणालीलाई दुर्बल बनाउने हुन्छ जसले गर्दा शरीर अन्य संक्रमण तर्फ जोखिमपूर्ण हुन जान्छ । यसको धेरै प्रयोगले निन्द्रा नलाग्ने, झनक्क रिसाउने, अल्छि लाग्ने आदि बिभिन्न मानसिक समस्या हुन सक्ने अध्ययनले देखाएको छ । यो ओखतीको सुझाव दिएको देख्नुभएमा यस बाहेक अन्य कुनै ओखती या तवरहरुका बारेमा डाक्टर संग कृपया सल्लाह लिनुहोला है ।
३ स्टाटीन्स
कोलेस्टेरोल नियन्त्रणका लागि स्टाटीन्सलाई अति उपयोगी र बहुप्रचलीत मानिन्छ, हामीलाई नाम नबताउने शर्तमा एकजना कन्सल्टेन्ट डाक्टरले नेपालमा अन्य देशको तुलनामा यस ओखती सबैभन्दा धेरै वयस्कहरुले प्रयोग गर्ने बताए । यस ओखतीले छोटो समयमै मुटु रोगि बनाउने र मुटुलाई पून जागृत नै हुन नसक्ने गरि हानी गर्ने बताइन्छ । सीओकीउ १० नामक पदार्थ क मगर्ने यस ओखतीले गर्दा शरीरमा सीओकीउ १० को कमी हुने र बिभिन्न मांशपेशी अनि मुटु समबन्धीत दिर्घरोग लाग्ने बताइन्छ।
४ एन्टी डिप्रेसेन्डट्स
डिप्रेशन बिरुद्धमा दिइने ओखतीहरु नै एन्टी डिप्रेसेन्डट्स हो । प्रश्स्त मिय, बेरोजगारी, अस्वस्थ प्रतिस्पर्धा, जिवनको स्तरमा कमी लगायतका बिभिन्न समस्याले गाँजेको नेपालमा डिप्रेशनको दरमा बृद्धि भइनैरहेको छ । प्रोज्याक लगायतका एन्टी डिप्रेसेन्डट्सले शरीरमा सेरोटोनिन नामका हार्मोन बढाँउदछन्, यसो गर्दा सेरोटोनिनलाई नियन्त्रण गर्ने तत्वहरु रोकिन जान्छन् । यसो हुँदा दिमागले आफसेआफ ओखतीले सेरोटोनिन बढाउने कारणले आफैले स्वभावत थोरै सेरोटोनिन उत्पादन गर्दछ । मान्छे खुशी हुन सेरोटोनिन नामक हार्मोन अत्यन्त जरुरी हुन्छ, ओखतीको प्रयोग नगरेमा मान्छेमा झनै मानसिक समस्या र डिप्रेश हुने गरिएको पाइयो । यो रवैया प्राय सम्पूर्ण एन्टी डिप्रेसेन्डट्समा एकै हो । लिभरपूल यूनीभर्सिटी मेडिकल बिभागमा गरिएको एक सर्भेक्षणमा १८०० एन्टी डिप्रेसेन्डट्स सेवन गर्ने रोगीलाई अध्ययन गर्दा यो तथ्य फेला परेको हो ।
नाम नबताउने शर्तमा एक जना नेपाली डाक्टरले हामीलाई यो जानकारी उपलब्ध गराउनुभएको हो । ओखतीको उचित र सही प्रयोग हाम्रो स्वास्थका लागि बरदान हो नत्र अभिशाप । यो जानकारी शेयर गरेर कृपया धेरै भन्दा धेरैलाई जोखिमबाट बचाउनुहोला ।
हाम्रो पात्रो