यी लक्षणहरुले शरीरमा पानी कम भएको बताँउदछनः ग्रीष्मकाल स्वास्थ | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

यी लक्षणहरुले शरीरमा पानी कम भएको बताँउदछनः ग्रीष्मकाल स्वास्थ




   Suyog Dhakal - Jun 20 2017

पानी नै जीन्दगानी हो, पानी प्रशस्त पिउनुपर्दछ भन्ने हामीसबैलाई थाहा त छ तर पानी पिउनाले हुने स्वास्थ लाई फाईदा गर्ने कुराहरु हामीहरुलाई थाहा नहुन पनि सक्दछ । हाम्रो शरीरको हरेक भागहरुलाई राम्ररी कार्यगर्न र अन्य भागहरुसँग समन्वय गर्न पानी चाहिन्छ । मांशपेशीहरुमा शक्ति प्रदान गर्न, तापक्रम सन्तुलन गर्न, छालालाई सफा राख्न, पाचन प्रणाली सहज रुपमा चलाउन पनि पानी चाहिन्छ है ।

यो पनि हेर्नुहोस् : कसरी बच्ने सर्पको डसाइबाट?

पानीको कमी भएको खण्डमा स्वास्थकालागि अत्यन्त हानिकारक र भयावह अवस्था सम्म हुन सक्दछ है ।
आउनुहोस् १० वटा लक्षणहरुका वारेमा यहाँ चर्चा गरौ जसले तपाईको शरीरमा पानीको मात्रा कमि भएको जनाँउदछन्, यसता लक्षण देखिएमा सफा पानी पिउने गरौ है ।

१ः मुख सुक्ने गरेमा
ग्रिष्मकाल होस् या हिँउद नै किन नहोस पानी प्रश्स्त सेवन नगरेमा मुख सुक्ने समस्या देखिन्छ । मुख सुक्नु हामीलाई सामान्य लाग्दछ तथापी हामीले मुख सुक्ननै नदिने र सुकेमा तत्कालै पानी पिउने गर्न जरुरी छ । बजारमा हिँड्दा या यात्रा गर्दा मुख सुकेमा सहजै पाउने गुलिया र चिसा पेय पदार्थहरु हामी खाने गर्दछौ जुन स्वस्थवर्धक हुदैन । यसता गुलिया या नुनिला पेयहरु क्षणिक समाधान त होलान तर दिर्घकालिन फाईदा र स्वस्थ रहनकालागि मानव शरीरमा पानीको मुकाविला अन्य कुनै पेयले गर्न सक्दैन् ।

२ः छाला सुक्ने गरेमा
स्मरण रहोस मानव शरीरको सबैभन्दा ठुलो अगं छाला नै हो । पानीको कमी भएमा छालाक फोहोर सफा गर्ने क्षमतामा कमी आउने हुन्छ । पसिनाको निष्काशनमा कमी हुन आँउदछ । पानी प्रशस्त नपिउनाले छालाका रोगहरु जस्तै पिलो आउने, खटिरा आउने पनि धेरै हुनसक्दछ है ।

३ः जोर्निहरुमा दुखाईको अनुभव हुनु
कतै तपाईको जोर्निको दुखाई शरीरमा पानी कम भएर त हैन रु हुन त अन्य विभिन्न कारणले पनि यसतो हुन्छ तथापी पानीको कमी भएमा पनि जोर्निहरुमा पिडा हुन्छ है ।
हड्डी र जोर्निहरु को कार्य कुशलताकालागि पानी अत्यन्त जरुरी हुन्छ, पानीले जोर्नि र हाडहरुमा पोषक तत्व पूर्याउने अनि फोहोर कुराहरु बगाउने कार्य गर्दछ, पानी नभएमा या कम भएमा जोर्निहरु सुख्खा हुने र पिडा हुने हुन्छ ।

४ः माशंपेशी फर्किने या असाधारण रुपमा दुख्ने गरेमा
स्मरण रहोस् कि हाम्रो मांशपेशी सम्पूर्णरुपमा पानीले बनेका हुन्छन् । कुनै कार्य या व्यायाम गर्नु अगावै तसर्थ पानी पिउन र व्यायाम पछिपनि पानी पिउन जरुरी हुन्छ ।
पानीको पर्याप्त सेवनले माशंपेशीलाई बलियो बनाई माशंपेशी फर्कन दिदैन । फेरि माशंपेशीलाई सम्पूर्ण रुपमा नशा अर्थात स्नायूले नियन्त्रण गर्दछन र पानीको पर्याप्त सेवनले स्नायूलाई पनि स्वस्थ बनाँउदछ ।
पानी पिउनाले माशंपेशीलाई पर्याप्त फैलिन र खुम्चन पनि दिनेगर्दछ जसले गर्दा व्यायाम या कसरत गर्दा पनि शरीर दुख्दैन ।

५ः पर्याप्त भोजन गरिसकेपछि पनि भोको रहेको अनुभव हुनु

पानीको कमी भएमा शरीरलाई भोक को जागरण प्रति कमजोर बनाउदछ । कहिलेकाँही पानी को तिर्सना लागेका बेला भोक लागेको भनि ठानेर हामी खाना खानेगर्दछौ तथापी केवल प्यास र पानीको महत्व बुझ्न र सेवन गर्न जान्दैनौ । भोक र प्यास विचको फरक पहिचान गर्न एकदमै जरुरी छ र समय समयमा पानी पिउनु जरुरी छ ।

अरबको मरुभुमी देखि प्रशान्त महासागर छेउ सम्म
या हिमालको काख देखि मृत सागरको छेउसम्म
जहाँ बसेर यो पढ्दै हुनुहुन्छ ?
पानीको पर्याप्त सेवन हाम्रो स्वस्थको आधार हो ।

सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.