शाारीरीक र मानसिक दुबै प्रकारका तनावले मधुमेह अर्थात चिनीरोग बढाउन सक्दछ । रगतमा चिनीको मात्रामा तनावले व्यापक घटबढ गराउन सक्दछ, आउनुहोस् यसै बिषयमा आज कुरा गरौं, जानकारीहरु बिश्वप्रसिद्ध स्वस्थ अध्ययन र शोध केन्द्रहरुका ताजा र परिस्थितीपरक शोध र अध्धयनबाट साभार गरिएका हुन् । यदि तपाँईमा चिनीरोग पहिले नै देखिएको छ भने तनावबाट परै बस्नुहोस् है ।
यो पनि हेर्नुहोस् : विश्व मधूमेह दिवस
हाम्रो समाज आजभोली बढ्दो बिकास अनि प्रबिधीका साथमा अत्यन्त तीब्र गतीमा दौडिरहेको छ । काम, व्यबसाय, परिवार, पढाई, समाज, राष्ट्र अनि आफ्ना लागि पनि एकै समयमा ध्यान पूर्याउन सजिलो छैन अनि त्यसमाथी बढ्दा चाहना, उत्तेजना, अभिलाषा अनि महत्वाकांक्षाहरुलाई सन्तुलन गर्न त पक्कै गाह्रो छ ।
तनावका कारणले धुम्रपान या मध्यपान गरिदिने, समयमा खाना नखाने, समयमा नसुत्ने आदि गर्नाले मधुमेहको संभाव्यता बढाउने अनि मधुमेह भएकाहरुलाई झनै जोखिममा लैजाने गर्दछ । यस तीब्र बिश्वमा मधुमेहबाट जोगीन छ भने पक्कै पनि तनाव व्यबस्थापन गर्न जान्नै पर्दछ । जिवन चुनौती अनि अप्रीयताले भरिपूर्ण छ, आउनुहोस् जोखिमबाट जोगिने र तनाव व्यबस्थापनका सिपहरु बाड्न चाहन्छौं, केवल हाम्रो प्रिय नेपाली मोबाईल एप हाम्रो पात्रोमा ।
विश्व प्रसिद्ध माउन्ट सिनाई अस्पताल सिकागो अमेरिकाका ईन्डोक्राईनोलोजी बिभागका मुख्य डाक्टर पाउला बटलरले आफ्नो भनाईमा डाइबेटिज भएका बिरामीहरुले आँफै पनि तनाव लिएपछि आफ्नो रगतमा चिनीको मात्रा बढेको असहज अनुभव गर्दछन्, व्यस्त जिवनशैलीमा सबै कुराहरुमा हाम्रो नियन्त्रण रहदैन भनेर केही कुराहरुलाई स्वीकार्न पनि जान्न पर्दछ भनेका छन् ।
अब त प्राय बिदेशी अस्पतालहरु अनि चिकित्सकहरुले पनि तनाव व्यबस्थापनका लागि दैनिक योगअभ्यासलाई प्राथमिकता दिन थालेका छन् । मुख्य कुरा भने व्यस्त मान्छेले आफ्ना मनका कुराहरु खोल्न अनि भावना आदान प्रदानका लागि प्रत्यक्ष भेटेर दैनिक कुरा गर्न साथी बनाउने सल्लाह पनि दिइन थालेको छ । ईन्टरनेटको यो भर्चुअल संसारले पनि मान्छेलाई भीडमा एक्लो बनाइरहेको भन्दै तनाव व्यबस्थापन गर्न नचाहिँदा कुरामा ईन्टरनेट र फोन प्रयोग नगर्दै प्रकृतीसंग निकट रहेर जिवन गुजार्न पनि सल्लाह दिइन्छ ।
त्यसैगरि क्याफिन अर्थात कफीजन्य पदार्थको बढ्दो प्रयोगलाई ग्राहयता नदिन पनि डाक्टर बटलरले सुझाव दिएका छन् । अध्ययनहरुले क्याफिनले तनाव बढाउने पुष्टि गरेका छन्। स्मरण रहोस् नेपाली समाजमा सहजै पाइने तुलसीको बिरुवाको प्रयोगले भने तनाव कम गर्ने पुष्टि भएको छ, तुलसीको दैनिक सेवन र तुलसी चियाको सेवन गर्ने गरेमा पनि तनाव र मधुमेह दुबै कम हुने पुष्टि भएको छ ।
दैनिक व्यायाम गर्ने र खेल खेल्ने गर्न पनि जरुरी मानिएको छ । पसिना निकाल्ने गरि व्यायाम गर्ने र खेल खेल्ने गर्नाले तनाव कम हुने गर्दछ । तनावले हाम्रो शरीरमा भएको फ्याट सेल्सलाई क्रियाशील गराँउदछ, तनावको कारणले पेटमा बोसो जम्नेसम्म अध्ययनहरुले देखाएको छ । यसरी फ्याट सेल्स क्रियाशील भएपछि खाना खान अत्यन्तै रुची बढ्ने अनि आहारा बढ्ने पनि हुन्छ ।
तनाव बढ्ने गरेमा प्रत्यक्ष रुपमा रक्तचाप पनि तलमाथी हुने गर्दछ । चिनीरोग भएकाहरुले तनाव लिने गरेमा रक्तचाप बढ्ने गर्दछ । यो अवस्थालाई हाइपरटेन्सन भनिन्छ, हाइपरटेन्सन र चिनीरोगको प्रत्यक्ष समबन्ध हुन्छ । अब यस बर्षदेखि घरमै व्लडप्रेशर नाप्ने मेशिन अनि रक्त जाँच गर्ने सुगर जाच्ने सानो मेशिन राख्ने पनि हो कि ? बेलाबेलामा जचाएकै राम्रो हो नि, हैन र ?
हुन त तनाव लिनु अत्यन्त सामान्य कुरा हो, जिवनमा असामान्य अनि अप्रिय घटना, परिघटना अनि अवस्थासंग सामना गर्दा मानव तनावग्रस्त हुन्छ हैन त ? तर यसै तनावले स्वास्थलाई नै हानी गर्दछ भने तनाव लिएको भन्दा नलिएकै जाती हुन्छ नि । चिनीरोगले जिवनको बागडोर ढलमलमा नपारोस्, सुस्वास्थको कामना ।
सुयोग ढकाल
Liked by: