यसको प्रयोगकै लागि भनेर छुट्टै समय छुटाउन पर्दैन । दुई चम्चा भुटेको ज्वानो एक कप पानीमा एक रात ढडाएर राख्ने, बिहान यसलाई उमालेर, ज्वानो छानेर, सेलाएर वा नउमालीकन छानेर मात्र पनि खाली पेटमा पिउन सकिन्छ ।
आपूm वा वरपर कसैलाई खाना अपच हुने, खाना अपच भएर छातीसम्म पोले जस्तो हुने, वाकवाकी लाग्ने र पेट फुल्नेजस्ता समस्याहरुले सताउने गरेको छ ? यस्तो समस्याबाट गुज्रिरहनुभएको छ भने यो सायद खाना राम्रोसँग नपच्नाको कारणले पनि हुन सक्छ है । हाम्रो खानामा जंक फुडको बढ्दो प्रयोग, पोषणयुक्त खानाको कमी र तनावपूर्ण जिन्दगीले गर्दा पनि हामी यस्तो समस्याहरुको शिकार बनेका छौँ वा बन्दै गइरहेका छौँ । यस्ता समस्याको दिर्घकालिन समस्याबाट पार पाउनका लागि हाम्रो भान्सामै पाइने जडिबुटि ज्वानोको दैनिक सेवनले फाइदा पुग्छ भनेर आपूm पनि जानौँ र आफ्नालाई पनि भनौँ ।
जाउलो, ज्वानोको झोलजस्ता खानेकुराहरुमा ज्वानो हालेर आमाले हामीलाई खुवाउनुहुँदा केलाएर छेउ लगाउने गर्छौँ होला वा यस्ता खानेकुरा हाम्रो भान्सामा पाक्नै छाडिसके होला । पेटको समस्याबाट पार पाउनका लागि यो त हाम्रो खानामा दैनिक प्रयोगमा ल्याउनै पर्ने देखिन्छ । मुखमा राख्दा नै चर्रर गर्ने यो मसलाले फाइदा भने गजबकै गर्दछ । यसले शरीरभित्रको फोहोर निकाल्न, किटाणुविरुद्ध लड्न, घाउहरुबाट जोगाउन, भाइरसँग लड्न, दुखाई कम गर्न, पेटभित्रको हावाबाट मुक्ति दिनजस्ता अनेक फाइदाहरु प्रदान गर्न सक्छ । देख्दा मसिना दाना र गन्ध नमिठो लाग्ने भएपनि यसको शक्तिलाई कम भने नआकौँ ।
यसका विभिन्न फाइदाहरु छन् । यसले पेटलाई बलियो राख्न सहयोग गर्छ, पेटमा हुने कुनै पनि असहजता जस्तैः अपच, पेट दुखाई, पेट पोल्ने, हावा भर्ने, वाकवाकी लाग्ने, आदि जस्ता समस्याबाट राहत प्रदान गर्छ । ग्यास्ट्रिकले छातीसम्म पोलेको जस्तो अनुभूति हुँदा एक चम्चा जिरा, एक चम्चा ज्वानो, आधा चम्चा अदुवाको धुलोलाई पानीमा मिलाएर दुखाई कम नभएसम्म खाँदा निको हुन्छ ।
यसमा रासायनिक थाइमोल ज्यादा हुने भएकाले यसले खाना पचाउन चाहिने जुस प्रशस्त मात्रामा उत्पादन गर्दछ र खानेकुरा सोस्न मद्दत गर्छ । खानेकुरा पेटमा गएपछि हामीले खाएको खानेकुरा पेटमा पिसिन्छ, यसमा भएको रसायनले पिस्नकालागि पेटलाई सजिलो बनाइदिने काम पनि ज्वानोले गर्छ र कबजियत हुन दिनबाट रोक्छ । साना बच्चाहरुलाई कबजियत हुँदा, खाना नपच्दा, चिसो वा खोकी लाग्दा पनि ज्वानो खुवाउने गरिन्छ ।
बच्चालाई मात्र होइन चिसो लाग्दा ज्वानोले ठूलाहरुका लागि पनि औषधिको काम गर्छ । १५ देखि २० दिनसम्म हरेक दिन भुटेको ज्वानो दुई ग्राम खाए चिसोबाट बच्न सकिन्छ । अथवा, ज्वानोको चिया बनाएर पनि खान सकिन्छ । पानीमा चियापत्ति वा ग्रीन टी, ज्वानो, अदुवा र अलैँची राखेर उमाल्ने । यसमा दूध हालेर कम्तिमा तीन मिनेटसम्म उमालेर यसरी चिया पिउँदा पनि चिसो लागेको हराउँछ ।
वैद्यहरुका अनुसार पातलो कपडामा ज्वानो धुलो राखेर बेलाबेलामा सुँघ्ने गर्दा बन्द भएको नाक, दमका बिरामी, ब्रोन्काइटिस तथा माइग्रेनका कारण टाउको दुख्नेहरुलाई पनि यसले आराम दिन्छ । ज्वानो पोलेको धुवाँले मात्र पनि हाम्रो सासप्रश्वासलाई सहज बनाइदिने र ज्वानोको दैनिक सेवनले रोगसँग लड्ने क्षमता पनि बढाउँछ । यति मात्र होइन । तौल घटाउन खोज्नेहरुको लागि पनि यो फाइदाजनक छ । ज्यादा तौल बढ्न नदिनका लागि हामीले खाएका खानेकुराहरु राम्रोसँग पच्न र हाम्रो पाचन प्रक्रिया राम्रो हुन अति जरुरी छ । पाचनमा सहयोग गर्ने हुनाले ज्वानोले तौल बढ्न नदिन सहयोगी भूमिका खेल्दछ । यसको प्रयोगकै लागि भनेर छुट्टै समय छुटाउन पर्दैन । दुई चम्चा भुटेको ज्वानो एक कप पानीमा एक रात ढडाएर राख्ने, बिहान यसलाई उमालेर, ज्वानो छानेर, सेलाएर वा नउमालीकन छानेर मात्र पनि खाली पेटमा पिउन सकिन्छ । हाम्रो भान्सामा सजिलै पाइने यस्तो औषधिको प्रयोग गरेर, स्वस्थ बन्न सकिन्छ भने, किन नगर्ने ? यो जडिबुटिलाई आजैबाट महत्व दिन सिकौँ र सिकाऔँ ।
हाम्रो पात्रो
Liked by: