एक अधबैँसे पुरूषलाई घर छोड्न डर लाग्छ, एक्लै हिँड्न डर लाग्छ र भिडमा हुँदा भयको महसुस हुन्छ। उक्त अवस्थामा हुँदा हृदयको गति बढ्ने र सुन्निने जस्ता एङ्जाइटीका चिन्हहरू उहाँमा विकास हुन्छ। कार्यालयमा जाँदा आउँदा उहाँ प्राय सार्वजनिक यातायातबाट टाढा रहनुहुन्छ।
एङ्जाएटी:
एङ्जाएटी कुनै पनि क्रियाकलाप प्रतिको एक कन्डिसनिङको कारणले हुने प्रतिक्रिया हो जुन सुरुमा कुनै डरसँग जोडिएको हुन्छ। एङ्जाएटी डिसअर्डरका लक्षणहरू के के हुन्?
प्राय एङ्जाएटी डिसअर्डरका बिरामीहरूमा निम्न मध्ये एक वा बढी लक्षणहरू हुनसक्छन्: कुनै पनि नियन्त्रण गर्न गाह्रो हुने चिन्ताहरू, बेचैनी, एकाग्रतामा कमी या निद्रामा गडबडी आदि पर्दछन्।
के एङ्जाएटी डिसअर्डरका प्रकारहरू छन्?
कम्तिमा पनि तीन प्रकारका एङ्जाएटी डिसअर्डरहरू छन्।
१. फोबिया: उनीहरूको त्राश सामान्य नलागे पनि सबै स्थितीमा उनीहरूलाई चिन्तित (anxious) पार्ने अवस्थाहरूबाट उनीहरू टाढा रहन खोज्छन्।
२. अत्यास लाग्ने (प्यानिक डिसअर्डर): कुनै पनि भयजनक स्थितीसँगको सम्पर्क या त्यसको सोचमात्रले पनि बिरामीहरूमा हृदयगति बढ्ने, तिब्र स्वासप्रश्वास हुने, पसिना छुट्ने या काँप्ने जस्ता लक्षणहरू देखिन्छन्।
३. अब्सेसिभ कम्पल्सिभ डिसअर्डर: बिरामीमा पुनरावृत्त मनका ग्रस्तता (अब्सेसनहरू) र उत्पन्न हुन्छन् र तिनलाई घटाउन उनीहरू बाध्यकारी (कम्पल्सिभ) क्रियाकलापहरू गर्छन्। जस्तै किटाणुहरूको डरले पटक पटक हात धुने क्रियाकलाप।
के बिरामीहरूलाई उनीहरूलाई एङ्जाएटी हुँदा सो चाल पाउँछन्?
हो, उनीहरूले चाल पाउँछन्। प्राय सबै एङ्जाएटी डिसअर्डर भएका बिरामीहरूले उनीहरूको डर सामान्य नरहेको चाल पाउँछन् तर नियन्त्रण गर्न सक्दैनन्।
एङ्जाएटीको लागि चिकित्सकीय उपचार आवश्यक छ त?
प्राय बिरामीहरू उनीहरूको व्यवहारजन्य थेरापी, कन्डिसनिङ र परामर्शद्वारा एङ्जाएटी डिसअर्डर माथि विजय प्राप्त गर्न सक्छन्। तर केही बिरामीहरूमा कडा लक्षणहरू भएको खण्डमा मनोचिकित्सकको सिफारिसमा औषधि सेवन गर्नुपर्छ।
के एङ्जाएटीको उपचार हुन्छ?
हो परामर्श र उपचारले एङ्जाएटीको पूर्ण उपचार हुनसक्छ।
-डा असिम भट्टराई
Liked by: