मधुमेहसँग सम्बन्धित अति आवश्यक जानकारी (अडियो प्रस्तुति) | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

मधुमेहसँग सम्बन्धित अति आवश्यक जानकारी (अडियो प्रस्तुति)




कथा अडियोमा सुन्नुहोस्

जीवनशैली र वंशानुगत कारणले वर्षेनी विश्वभर लाखौँ मानिसहरु मधुमेहको शिकार बनिरहेका छन् । यस बारेमा सबैलाई सचेत गराउँदै यहाँहरुमाझ यो कथा प्रस्तुत गर्दछौं। यहाँहरुले यो कथा अडियोमा पनि सुन्न सक्नुहुनेछ।

हरि काका नाकमा चस्मा अड्याउँदै हेर्छन् र बर्बराउँछन्।

हरि काका: “वि..श्..व मधुमेह दिवस पो भन्छ त हँ! नजँचाको नि कति भो था छैन..एसो बुझ्न पो पर्यो”

काका नोटिफिकेसन थिच्छन र हाम्रो पात्रोको "म्यासेज" सुविधा प्रयोग गरेर भिडियो कलमा गएर विश्वास भतिजोलाई भिडियो कल लगाउँछन्।

विश्वास डाक्टर हुन् र विदेशमा कार्यरत छन्। 

फोन उठेपछि....

विश्वास: “काका, दर्शन गरेँ!”
काका: “भाग्यमानी बाबु, के छ तेरो खबर?”
विश्वास: “ठिक ठाकै छु काका। अहिले घरमै छु सुत्ने तरखरमा।”
काका: “ए त्यसोभए छिटो एउटा कुरा गरिहाल्छु है। फेरि तेरो भोली नि सबेरै हस्पिटल ड्यूटी जानु पर्ने होला।”
विश्वास: “हैन केहि छैन काका, भन्नुस न।”
काका: “यो मधुमेह भनेको तेरा हजुरबालाई भएको डाईबिटिज हैन?”
विश्वास: “हो त काका, चिनिरोग पनि भन्छन् नि कसै कसैले।”
काका: “बा त तेसैले गर्दा बितिहाल्नुभो, ऐले पनि तेस्को नाम देख्दा झसँग पार्छ। भर्खरै नि फोनमा तेसैको कुरा लेख्या थ्यो। मलाई नि मधुमेह छ कि भन्ने डर लागिरान्छ। कसरि पत्तो लाउने?
विश्वास: “यो रोगमा रगतमा चिनिको मात्रा बढ्छ, त्यसले तिर्खा लगाईराख्ने, पिसाब लगाईराख्ने, भोक लागिराख्ने तर तौल घटिराख्ने जस्तो लक्षण गराउन सक्छ। कसैकसैलाई मोतिबिन्दु बढाएर आँखा कमजोर गराउँछ त कसैलाई मृगौला फेल समेत गराउन सक्छ नि। तर धेरैमा यो रोगको सुरु सुरु मा कुनै समस्या नदेखिन पनि सक्छ।”
काका (ठूला ठूला आँखा पार्दै): “ओहो! कस्तो बहुरुपी जस्तो हुनेरैछ।”
विश्वास: “हो त नि काका, सानै थिएँ मलाई अलि अलि मात्र याद छ हजुरबा को त निको नहुने घाउ नै थियो नि खुट्टामा। अहिले डाक्टर भएपछि थाहा पाएँ त्यो पनि मधुमेहले नै गराउने रैछ।”
काका: “ओहो! अनि कसलाई हुन्छ त यो रोग? मलाई पनि पो भाको छ कि?”
विश्वास: “बा आमालाई मधुमेह भएकोलाई जोखिम त हुन्छ, तर अरु पनि कुराहरु छन् जस्तै पेट लागेको मोटो मान्छेलाई, उमेर ४५-५० माथिका लाई, बसिबसि काम गर्नेलाई अलि जोखिम बढि हुन्छ। तर जाँच नगरी पक्का चैं हुन्न है।”
काका: “अनि मलाई त गुलियो धेरै मनपर्छ, दसैं तिहारमा नि धेरै मिठाई खाईयो। चिनिरोग हुने पो हो कि?”
विश्वास: “चिनि खाएर चिनिरोग हुने हैन नि काका। तर पेट नै लाग्नेगरी चै खान भएन।”
काका: “अनि मधुमेहबाट बच्न चैं के गर्ने?”
विश्वास: “मोटोपना बढ्न नदिने, हिँड-डुल गरिराख्ने, दैनिक कसरत- व्यायाम- योग ध्यान गर्ने, बेला बेलामा रगत जाँच्ने त हो नि काका।”
काका: “अनि रोग लाग्यो भने चैँ? आलु- तरुल जमिन मुनिको क्यै नखाने, अरु के के गर्ने?”
विश्वास (हल्का मुस्कान/ हाँसो दिँदै): “जमिन मुनिको क्यै नखाने हैन काका। कार्बोहाईड्रेट कम खाने। तरुल- आलुमा हुन्छ त्यो। हुन त भातमा पनि हुन्छ। तर भातमा पनि त्यै अनि तरकारिमा पनि आलु नै खाएपछि कार्बोहाईड्रेट कम भयो त?”
(काका मुन्टो हल्लाउँछन्)
विश्वास: “जमिन मुनिको मुला- गाँजर अनि काँक्रा राम्ररी सफा गरेर खाना अधि खाने गर्नाले पनि मधुमेह लागेकालाई फाईदा गर्छ नि काका। अरु उपायहरु चैं कसरत गर्ने तौल बढ्न नदिने, गोडा- पाईतालाको हेरचाह गरिराख्ने, बेला बेला मा मृगौलाको, मुटुको र आँखाको समेत जाँच गराईराख्ने। मधुमेहले यि अँगहरुमा पनि असर गर्न सक्छ। अनि आवश्यकता अनुसार औषधि पनि डाक्टर को सल्लाह अनुसार नबिराई खाने।”
काका: “ओहो धेरै नयाँ कुरा सिकाईस् बाबु। अब भोलिनै गएर रगत जाँच गराउँछु अनि रिपोर्ट तँलाई हेर्न पठाउँला।”
विश्वास: “हुन्छ नि काका।”
काका: “मलाई पो सजिलो छ, तँ छस जे नि सोध्न जतिखेर नि। अरुलाई रिपोर्ट हेर्ने- सल्लाह दिने कस्ले?”
विश्वास: “त्यो हाम्रोपात्रो भित्रैबाट डाक्टर परामर्श लिन मिल्छ नि आजभोलि। सवैकुरा हात हातमै छ नि काका।”
काका: “ए, अनि राति समस्या पर्यो भने नि? डाक्टर नि सुत्लान्!”
विश्वास: “त्यहाँ त कोहि नेपालमा रहेका, कोहि विदेशमा रहेका डाक्टर छन्। नेपालको राति नि कसैकोमा त दिनै हुन्छ नि काका। मेरा यतै बस्ने साथिहरु नि त्यहाँ भेटिन्छन्।”
काका: “ए तँ सुत्न लाग्या भन्दै थिस्, रात धेरै पर्यो होला त्याँ। ल म त्यो रिपोर्ट चैं देखाउँछु है पछि।”
विश्वास: “हुन्छ काका।”
काका: “बुहारीलाई नि भाग्गेमानी हुनु भन्देस्।

सवैलाई हरि काकाको जस्तो परामर्श सुविधा नहोला, तर हाम्रो पात्रोले जुनैपनि समय डाक्टरको सल्लाह लिन हाम्रोपात्रो हेल्थ सेवा सुचारू गरिसकेको छ। यस्तै भिडियो परामर्श वा आफ्ना रोगहरुको बारे कुराकानी गर्न हाम्रोपात्रोमा रहेको “हेल्थ” बटन थिच्नुहोला। मधुमेहबाट आफूपनि बचौं अरुलाई पनि बचाऔँ। हाम्रोपात्रो हेल्थ।

लेखक : डा. बिदुर अधिकारी



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.