Paryapta Nindra Kina Aawashyak Chha | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

पर्याप्त निन्द्रा किन आवश्यक छ ?





उसको कार्यक्षेत्रमा एक बैंकरको कार्यक्षमता लगातार न्यून हुँदै जान्छ। उ लगातार थकित र तनाब महसुस गर्छ र उसका हाकिमहरूबाट गाली खाइरहन्छ। उ सुत्न जान्छ तर भोलिको दिन र भोलिको पर्खाइको बेचैनीले गर्दा उ निदाउन सक्दैन र अबेर सम्म जागा रहन्छ। दैनिक चक्र यसरी नै चलिरहन्छ।

निद्रा:
निद्राले मेटाबोलिजमको स्थितीलाई सामान्य स्थितीमा फर्काउने, स्मरणको प्रसोधन र सिकाईमा सहायता गर्छ। हाम्रो उमेर जति बढ्दै जान्छ उति नै हाम्रो निद्राको आवश्यकता घट्दै जान्छ।

हामीलाई कति निद्राको आवश्यकता पर्छ?

उमेर (निद्राको आवश्यकता)*
नवजात शिशु (०–३ महिना)
१४ देखि १७ घन्टा
शिशुहरू (४ - ११ महिना)
१२ देखि १५ घन्टा
तोतेबोली बच्चाहरू (१-२ वर्ष)
११ देखि १४ घन्टा
पूर्वविद्यालयीय बच्चाहरू (३-४ वर्ष)
१० देखि १३ घन्टा
विद्यालयीय उमेरका बच्चाहरू (५-१२ वर्ष)
९ देखि ११ घन्टा
किशोरकिशोरीहरू (१३-१७ वर्ष)
८ देखि १० घन्टा
वयस्क (१८-६४ वर्ष)
७ देखि ९ घन्टा
वृद्धहरू (६५ वर्ष र माथिका)
६ देखि ८ घन्टा

निद्रा अपुग हुँदा के के हुन्छ?

छोटो समयमा : चिडचिडापन आउने, निर्णय क्षमतामा कमी, स्मरण क्षमतामा कमी, ढिलो प्रत्युत्तर समय, थकान र आलस्य हुन्छन्।

लामो समयमा: निद्राका विकारहरूको बढी जोखिमहरू हुन्छन्, मोटोपन, मुटुका रोगहरू र मधुमेह आदि।

निद्राको ऋण (Sleep Debt) के हो?
व्यक्ति जति धेरै जागा रहन्छ उसलाई उत्तिकै निद्राको आवश्यकता भएको महसुस हुन्छ जसलाई चिकित्सकीय रूपमा निद्राको ऋण (Sleep Debt) भनिन्छ। त्यो चुक्ता / पूरा नभएसम्म शारीरिक असहजता कायम रहन्छ।

मैले निद्राका समस्याहरू कसरी समाधान गर्न सक्छु?
प्राय निद्राका विकारहरू मनोपरामर्शदाताहरूद्वारा रिल्याक्सेसन थेरापी, तनाव न्यूनिकरण अभ्यासहरू र अन्य विधिहरू प्रयोग गरेर निराकरण गर्न सकिन्छ। केही बिरामीहरूलाई भने चिकित्सकीय उपचारको खाँचो हुनसक्छ।

यदि निद्राको समस्या छन् भने कोसँग कुरा गर्ने?
तपाईँले मनोचिकित्सकसँग कुरा गर्नुपर्छ। प्राय निद्राका विकारहरूको उद्गम मनोविज्ञान या जीवनशैलीसँग सम्बद्ध हुन्छन्। केही न्यून अवस्थामा मात्र निद्राका विकारहरू स्वजनिक/जैविक हुनकसक्छन् र बिरामीहरूले उनीहरूको निद्राको विकारको बारेमा निदानको लागि केही परीक्षणहरू गराउनुपर्ने हुनसक्छ।

डा. असिम भट्टराई 




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.